• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतमा तस्करीको स्याउ बरामद, नेपालमा प्रहरीमाथि अनुसन्धान


भारतमा तस्करीको स्याउ बरामद, नेपालमा प्रहरीमाथि अनुसन्धान

तस्कर भन्छन् – प्रहरी मिलाउन ७ लाख भारु बुझाएको छु

विराटनगर । सुनसरीको सीमा क्षेत्रबाट पार भएको तीन ट्रक स्याउ भारतीय प्रहरीले बरामद गरेपछि त्यसबारे नेपालमा पनि छानविन सुरु भएको छ ।

निषेधाज्ञाका वेला प्रहरीकै मिलेमतोमा स्याउ तस्करी भएको आशंकामा नेपाल प्रहरीले छानविन थालेको हो । प्रदेश नं. १ का प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति बनाएर छानविन भइरहेको बताए ।

यही विषयमा छानविन गर्न सशस्त्र प्रहरी बलले पनि एसएसपी प्रकाश थापाको नेतृत्वमा समिति बनाएको छ । गत आइतबार भारतीय प्रहरीले सीमावर्ती क्षेत्र बिरपुरको इटा उद्योगमा अनलोड भइरहेको अवस्थामा तीनवटा नेपाली ट्रकमा एक हजार ३५० कार्टुन चिनियाँ स्याउ बरामद गरेको थियो ।

सीमामा कार्यरत प्रहरी निलम्बित

निषेधाज्ञाको समयमा तस्करीको स्याउ कसरी भारत गयो भन्ने विषय खुलिसकेको छैन । तर प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले चाहिँ छानविन अगावै भाण्टाबारी प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) गंगा थापालाई निलम्बन गरेको छ ।

थापासँगै उनको मातहतको अस्थायी प्रहरी चौकी कोशी कटानका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) आशनारायण माझी र श्रीपुर प्रहरी चौकीका इञ्चार्ज असई टेकबहादुर कार्की पनि निलम्बनमा परेका छन् ।

‘निलम्बन गर्नु नै दोषी भन्ने होइन, छानविनका लागि तत्काललाई त्यहाँबाट हटाइएको हो’ डीआईजी कार्की भन्छन्, ‘वीरपुरबाट सिधा रहेकाले निलम्बन गरिएको हो, निर्दोष देखिए काममा फर्कन्छन्, दोषी देखिए कारबाही हुन्छ ।’

तर प्रदेश प्रहरी कार्यालय, बिराटनगरमै कार्यरत अन्य प्रहरी अधिकृतहरुले चाहिँ तल्ला तहका प्रहरीको मिलेमतोमा मात्रै सामान तस्करी हुनसक्ने बताउँदै यसमा उच्च अधिकृतहरुमो पनि मिलेमतो हुनसक्ने आशंका गरेका छन् ।

तस्करको बयान: सात लाख भारु बुझाएको छु

तस्करीको स्याउ बरामद भएपछि एक जना व्यापारीले भिडियो सन्देश जारी गर्दै प्रहरीले धोका दिएको बताएका छन् ।

व्यापारी पवनकुमारले प्रहरी मिलाउन दुर्गा यादव नाम गरेको व्यक्तिलाई सात लाख भारु दिएको बताएका हुन् । ‘… प्रहरीबाट छलेर गाडी ल्याएको रहेछ,’ उनले भनेका छन्, ‘दुर्गा यादव सुनसरीमा बस्छन्, मसँग सात लाख भारु लगेका छन् ।’

यादव प्रहरीसँग सेटिङ मिलाउने विचौलिया भएको तर उनले पैसा नबुझाएकाले समस्या भएको उनले भनेका छन् ।

छानविन समितिका एसएसपी चौधरीका अनुसार भारतमा बरामद भएका तीन ट्रक स्याउमध्ये दुई ट्रक जनकपुरबाट विराटनगर र एक ट्रक विराटनगरबाट पर्साका लागि जाने भन्दै छुटेका थिए । घटनामा प्रहरी संलग्नताबारे छानविन भइरहेको उनले बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–७, श्रीपुरको लाही नाकाबाट तीनवटा ट्रक भारततर्फ गएको छानविन समिति बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश प्रहरी कार्यालयले नुन देखि सुन सम्म तस्करी संलग्नता भएको पुष्टि
  • २०७८ असार ११, शुक्रबार १९:११
  • In "कोशी प्रदेश"
  • सप्तरीबाट २४ क्विन्टल गाँजा बरामद
  • २०७८ असार ११, शुक्रबार १९:११
  • In "BannerNews"
  • धनुषा प्रहरीको हिरासतबाट ९ थुनुवा फरार घटना छानबिन गर्न दुईवटा समिति गठन
  • २०७८ असार ११, शुक्रबार १९:११
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने

सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सुचारु हुँदै

आन्दोलनमा उत्रिएका सब इन्जिनियरहरु पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version