• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा कछुवा गतिमा बजेट खर्च, सबैभन्दा कम खर्च कृषिमा


प्रदेश २ मा कछुवा गतिमा बजेट खर्च, सबैभन्दा कम खर्च कृषिमा

जनकपुरधाम । प्रदेश २ सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्ममा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठ मसान्तसम्ममा चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगत तर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले जानकारी दिए ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ । चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ अर्थात् ३४.९ प्रतिशत खर्च गर्न सकेको जनाइएको छ ।

त्यसैगरी पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले ५ अर्ब ६८ करोड ६५ लाख अर्थात २९.२३ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको जनाइएको छ । यस मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ । चालुतर्फ ३५ करोड ६० लाख ८१ हजार रुपैयाँ र पुँजीगत तर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा कम अर्थात १३.८ प्रतिशत बजेट खर्च गर्न  सकेको छ । चालु आर्थिक वर्षको ११ महिनामा यस मन्त्रालयले चालुतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगत तर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयले चालुतर्फ ७ करोड ६ लाख ८६ हजार रुपैयाँ र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार रुपैयाँ बजेट खर्च गरेको जनाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ । चालुतर्फ ६६ करोड ४३ लाख ४८ हजार रुपैयाँ र पुँजीगत तर्फ ४० करोड ५४ लाख ६० हजार रुपैयाँ गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले साउन देखि जेठसम्ममा चालु आर्थिक वर्ष तर्फ १ अर्ब ५२ करोड २१ लाख रुपैयाँ र पुँजीगत तर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामले जनाएको छ ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २४.२४ प्रतिशत बजेट खर्चेको छ । चालुतर्फ २० करोड रुपैयाँ र पुँजीगत तर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ । यस मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोज कुमार झाले बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख ५३ हजार  रुपैयाँ र पुँजीगत तर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्चेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश सरकारको साढे १९ अर्ब बजेट फ्रिज
  • २०७८ असार ९, बुधबार १८:३३
  • In "BannerNews"
  • सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि
  • २०७८ असार ९, बुधबार १८:३३
  • In "आर्थिक"
  • मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)
  • २०७८ असार ९, बुधबार १८:३३
  • In "BannerNews"
Tags: #राजनीति

Mithlesh Sah

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

ओलीले बनाएका जसपाका ११ सहित २० जना मन्त्री पदमुक्त

सिडिओ कार्यालय सप्तरीमा आलोपालो सेवा सुचारु हुँदै, कसको पालो कहिले ?

सडक मर्मतको माग गर्दै स्थानीयले गरे सडकमै धान रोपाइँ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version