• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने माग गर्दै मेयर महतोविरुद्ध स्थानीयको प्रदर्शन


ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने माग गर्दै मेयर महतोविरुद्ध स्थानीयको प्रदर्शन

ढल्केवर। संघीय सरकारले निर्माण गर्ने ट्रमा सेन्टर धनुषाको ढल्केवरमै बन्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।सरकारले ढल्केवर तोकेर निर्माण गर्ने भनिएको ट्रमा सेन्टर यथास्थानमै बन्नुपर्ने माग गर्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका छन् ।

मंगलवार ट्रमा सेन्टर बचाउ संघर्ष समितिद्वारा आयोजित विरोध प्रदर्शनमा स्थानीयहरू मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोविरूद्ध चर्को नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरुले पूर्व निर्धारित स्थानमा ट्रमा सेन्टर निर्माण गर, ट्रमा सेन्टर अयन्त्र सार्न पाइँदैन, विकास विरोधी मेयर मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्डसहित स्थानीय सरकारविरूद्ध आन्दोलन थालिएको हो ।

ढल्केवरस्थित कृषि हाट बजारको परिसरबाट निस्किएको बिरोध जुलुस चौकको विभिन्न भागमा परिक्रमा गर्दै मिथिला नगरपालिकाको कार्यालय पुगेर नगर प्रमुख हरिनारायण महतोलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख महतोले नगर बोर्डबाट ढल्केवरको लागि निर्णय गरेर सिफारिस गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक बुधेश्वर महतोले जानकारी दिए । उनले प्रतिबद्धता अनुसार निर्णय नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

समितिका अर्का संयोजक चन्देश्वर महतोले नेपाल सरकारले ढल्केवरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट छुट्टयाएकोले यही ठाउँमा बन्नुपर्ने बताए । ट्रमा सेन्टरका लागि सशक्त आन्दोलन गर्न पनि तयार रहेको संयोजक महतोको भनाइ छ ।

नेपाल सरकारले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्ष २०७८/०७९ मा बजेट छुट्याएको छ । गएको जेष्ठ १५ गते नेपाल सरकारले ०७८/०७९ को लागि जारी गरेको प्रस्तुत बजेटमा ढल्केवरलाई किटान गरेर ट्रमा सेन्टर निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।

बजेट विनियोजनपछि यहाँका बासीमा बर्षौदेखिको सपना पुरा भएको भन्दै खुसियाली साटासाट गर्न नपाउँदै ट्रमा सेन्टर अयन्त्र सार्न लागेको खबर बाहिरिएपछि स्थानीयवासी मेयर महतोविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मा ट्रमा सेन्टर
  • २०७८ असार ९, बुधबार १८:२९
  • In "देश"
  • डा. केसी भन्छन्- ‘शिक्षण अस्पताल नलगेसम्म परीक्षण र उपचार गर्न दिन्‍न’
  • २०७८ असार ९, बुधबार १८:२९
  • In "समाचार"
  • धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने
  • २०७८ असार ९, बुधबार १८:२९
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

Next Post

प्रदेश २ मा कछुवा गतिमा बजेट खर्च, सबैभन्दा कम खर्च कृषिमा

ओलीले बनाएका जसपाका ११ सहित २० जना मन्त्री पदमुक्त

सिडिओ कार्यालय सप्तरीमा आलोपालो सेवा सुचारु हुँदै, कसको पालो कहिले ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version