• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

न्यायको आशमा पर्खेकी दिदी बहिनी ज्यान जोगाउन भौंतारिदैं


न्यायको आशमा पर्खेकी दिदी बहिनी ज्यान जोगाउन भौंतारिदैं

सर्लाही : सम्पति विवादका कारण अदालतसम्म पुगेकी सर्लाही जिल्लाकी दुई दिदी बहिनी आफ्नै घर परिवारको सदस्य प्रताडनाबाट बेघर भएकी छिन ।

जिल्लाको हरिपुर्वा नगरपालिका २ की २८ वर्षिय सबिता कुमारी यादव र २२ वर्षिय आशा कुमारी यादवलाई सम्पति विवादका कारण आमालाई पनि गुमाउनु परेको र आफ्नै सौता आमाबाट घर हुँदा हुँदै बेघर भएकी छिन ।

यी दुई दिदी बहिनी अहिले आफ्नो आमाको हत्यारालाई कानूनी कटघरामा ल्याइयोस र ज्याउन जोगाउन भन्दै न्यायका लागि भौतारिदै छिन् । जनकपुरधाममै रहेको बखत आमा कौशिला देवीको अपहरण गरि हत्या गरिएको ती दिदी बहिनीको भनाई छ ।

आमाको हत्या पछि अहिले उनीहरु अनाथ झैँ जनकपुरधाममा जीवन बिताई रहेकी छिन् । कौशिलालाई माइतीबाट १ विघा २५ धुर जग्गा दिइएको थियो । सोही जग्गाका लागि आमाको हत्या गरिएको दिदी बहिनीहरुको भनाई छ । आमाको हत्यापछि सविताले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समेत जाहेरी दिई सकेकी छन् ।

यसरी बेघर भइन दिदी बहिनी ?

आमा कौशिला देवी र बुवा नागो राय खुशी खुशी जीवन बिताई रहेका थिए । कौशिलाबाट दुई छोरी मात्रै भएपछि छोराको आशमा नागोले दोश्रो विवाह गरियो र ती कान्छी श्रीमतिबाट दुई छोरा र दुई छोरी पायो ।

कान्छी आमाबाट छोरा भएपछि हाम्रो दुखको दिन शुरु भएको सबिताले भनिन् । उनले भने हामीलाई पढने इच्छा भएपनि बुवाले पढाउन चाहेन । बुवा नागो हाम्रो पढाई लेखाईका लागि खर्च दिन तयार नभएपछि आमाले छोरीहरुलाई पढाउनु पर्छ भन्दै आमा सबिताले आफ्नो अंशवण्डाका लागि जिल्ला अदालत सर्लाहीमा मुद्दा दियो र हामीलाई जनकपुरमै राखेर पढाउन थालिन ।

बुवाको ७ बिघा जग्गामा पनि अंश हुन्छ भन्दै मुद्दा चलिरहेको बखत आमाले अंश त पाइनन् बरु घरबाटै बहिष्कृत हुनु पर्यो आशाले बताइन् । उनले भनिन् बुवाबाट घर निकालिएपछि हामी आमासँगै दिदी बहिनी जनकपुरमा बस्न थाले ।

सबिताले भने जनकपुरमा केही वर्ष बसेपछि बुवालाई फोक्सोको क्यान्सर भएपछि अन्तिम समयमा गत वर्ष हामीलाई घरमै बस्न आग्रह गरेपछि आमा सबिता संगै घरमा गएर बस्ने थाले ७ महिनापछि बुवाको निधन भयो । बुवाको निधनपछि कान्छी आमाले हामीलाई प्रताडना दिन थाल्यो ।

हामीलाई पढन जनकपुरमै राखेर आमा कौशिला देवी सर्लाही हरिपूर्वास्थित घरमै बस्दै आएकी थिइन । हामी जनकपुर बसेपनि आमाको हालचाल सधैं फोन मार्फत सोध्ने गथ्र्यौ तर केही महिना अगाडि गत फागुन २९ गतेका दिन आमाको मोबाइलमा फोन गर्दा मोबाइल उठेन, हामीलाई शंका लागेपछि हरिपुर्वा पुग्यौं तर आमालाई पाएनौ नभन्दै त्यसको दुई दिनपछि आमाको शव भारत बिहार राज्यको मलाहीमा शव फेला परेको थाहा पायौं सबिताले रुदैं भनिन् ।

त्यसपछि आमाको जस्तै तीमीहरुको पनि हत्या गरिदिन्छौ धम्की आउन थालेपछि आफ्नै घरबाट बिस्थापित भएर बेघरको जीवन व्यतित गरिरहेको ती दिदी बहिनीहरुको भनाई छ । उता ७ वर्षपछि मुद्दाको फैसला आउन छिनोफानो भइरहेको क्रममा लकडाउन नै शुरु भयो फैसला रोकिन गएको आशाले भनिन् ।

बुवाको ७ विग्घा बाहेक आमाको माइतीबाट भेटेको जग्गा पनि कान्छी आमा र तिनका छोराहरु हतियाउने प्रयासमा हाम्रो आमा सबिताको हत्या गरेको र आफूहरुलाई मारिदिने धम्की आइरहेको छ दोषीलाई कारवाहीसँगै ज्यान जोगाउन प्रहरी प्रशासनसँग गुहार लगाउदा थाकि सके तर कुनै चासो नलिएको दिदी बिहनीहरुको आरोप ।

गैर जिम्मेवार प्रशासन

सम्पतिका लागि मेरो आमाको हत्या कान्छी आमा लगायत गाउँकै काकाहरु मिलेर गरेको सविताको आरोप छ । उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कान्छी आमा मनपुरणी देवी सहित केही व्यक्ति बिरुद्ध जाहेरी दर्ता गराएपनि प्रहरीले निसक्रियताले अपराधीहरु खुलेआम घुमिरहेको छ र हामी दिदी बिहनीलाई ज्यान मार्ने धम्की दिनहुँ आइरहेको सबिताले भनिन् ।

प्रहरी प्रशासन पनि हाम्रो सुरक्षा तथा दोषीलाई पक्राउ गर्न तदारुकता देखाउन नसकेपछि ज्यान जोगाउनकै लागि हामी अहिले जनकपुरधाममा बस्न बाध्य भएको सबिताले संचारकर्मीसँग भनिन् ।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई जिज्ञासा राख्दा उनले गैर जिम्मेबारपूर्ण जवाफ दिए । उनले भने ‘हामी दुई दिनमा दोषीलाई समातौँ वा २० वर्ष पछि यो हाम्रो अनुसन्धानको विषय हो,’ अगाडी भने ‘कसैले भनेकै आधारमा हामीले कसैलाई समात्न सक्दैनौं प्रहरीले जाहेरी दर्ता गरि सकेको छ हामी अनुसन्धान गर्दैछौँ । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आमाको हत्या आरोपमा एक पक्राउ
  • २०७७ भाद्र ३, बुधबार १६:०७
  • In "मधेश प्रदेश"
  • सिरहामा भाईले गरे खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या !
  • २०७७ भाद्र ३, बुधबार १६:०७
  • In "BannerNews"
  • धनुषा दुर्घटना अपडेट : मृतक पाँचैजनाको परिचय खुल्यो
  • २०७७ भाद्र ३, बुधबार १६:०७
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

संघीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

सिरहामा स्थानीयको कुटाइबाट घाइते महिलाको मृत्यु, ४ जना पक्राउ

प्रदेश २ का अर्थमन्त्रीको घरवाटै अर्थ चोरी मोबाइल पनि चोरियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version