• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

योगसूत्र : कसरी निरोगी रहने ?


योगसूत्र : कसरी निरोगी रहने ?

योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो ।

यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो ।

योगले प्राकृतिक तरिकाले जीवन व्यतीत गर्न सहयोग गर्छ । आज संसारभर लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि अनेक रूपमा हिन्दू, बौद्ध एवं जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो– जोड्नु ।

योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्नसक्छ । शारीरिक एवं मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदि अनेकौं पक्षसँग यसको सम्बन्ध हुन्छ । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगका रूपमा बुझिन्छ । वास्तवमा योगको उद्देश्य भनौं वा अर्थ जीवात्मालाई परमात्मासँग जोड्नसक्ने बनाउनु हो । यसरी जीवात्मा र परमात्मालाई जोड्ने क्रिया नै वास्तविक अर्थमा योग हो ।

यौगिक क्रियाको सर्वप्रथम वैज्ञानिक व्याख्या गर्ने व्यक्ति पतञ्जलि हुन् । उनको ग्रन्थ ‘योगसूत्र’ अहिले संसारका सबैजसो भाषामा अनुवाद भइसकेको छ । यस ग्रन्थकोे पहिलो व्याख्या व्यास र वाचस्पति मिश्रबाट भयो भने पछि धेरैले यसको व्याख्या गरे ।

योगसूत्रलाई योग र ध्यानको आधार मानिन्छ । विश्वका प्रथम योगी शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्ति पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यद्यपि योगशास्त्र भने भगवान् कृष्णको योगदान हो र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योगसूत्रमा बताइएका अधिकांश कुरा गीतामा पनि छन् । पतञ्जलि योगसूत्र

पतञ्जलिले योगसूत्रमा १ सय ९५ सूत्र दिएका छन् । जसलाई उनले चार खण्डमा विभाजित गरेका छन्– १. समाधि पाद (५१ सूत्र) २. साधन पाद (५५ सूत्र) ३. विभूति पाद (५५सूत्र) ४. कैवल्यपाद (३४ सूत्र)  । पतञ्जलि योगसूत्रमा योगका आठ चरणलाई अष्टांग योगका रूपमा बताइएको छ । जसअन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा,  ध्यान र समाधि पर्दछन् । यिनलाई एकपछि अर्को गरेर साध्दै जाँदा जीवात्मा परमात्मासम्म पुग्छ भन्ने विश्वास पतञ्जलिको छ ।

–यम भनेको अठोट हो । यसका लागि व्यक्तिले अहिंसा, अस्तेय, सत्य, ब्रह्मचर्य र अपरिग्रह जस्ता आचरण पालन गर्नुपर्छ ।

–नियम दोस्रो खुड्किलो हो । यसभित्र शुद्धता, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधानजस्ता पाँचवटा कुराको पालना गर्नुपर्छ ।

–आसन तेस्रो चरण हो । यम र नियम पालन गरिसकेपछि साधकले आसन साध्नुपर्छ । यसका लागि  स्थिर र सुखासनमा बसेर ध्यान गर्नुपर्छ । यस चरणको ध्यानका लागि ओंकार सहायक हुन्छ ।

–प्राणायाम चौथो खुड्किलो हो । प्राणायामभित्र श्वासप्रश्वासलाई साधिन्छ । यसका अनेकौं आयाम छन् ।

–प्रत्याहार विधिमा इन्द्रियलाई इन्द्रियार्थ गराउनु पर्छ । भोगले इन्द्रिय नभोगून् बरु इन्द्रियले भोगलाई भोगून् भन्ने आशय यसमा पाइन्छ । प्रति आहार अर्थात् हाम्रो आहारको गति विपरीत हुन जाओस् भन्ने यसको आशय हुन्छ ।

–प्रत्याहारपछि योगी अन्तर्मुखी हुन थाल्छ । अनि सूक्ष्मबाट अति सूक्ष्मभित्रको शून्यमा ध्यान केन्द्रित गर्दै गर्न थाल्नुपर्छ । जसलाई धारणा भनिन्छ ।

–माथिका सबै प्रक्रिया पार गरिसकेपछि ध्यानमा पुगिन्छ । अन्तर्यामी ब्रह्ममा मन र चित्तलाई एकाग्रचित्त गराउनु नै ध्यान हो । यो क्रिया नभएर अक्रिया हो । यसअघिको प्रत्येक चरण क्रिया हुन् तर ध्यानमा पुगेपछि त्यही क्रिया अब अक्रिया हुन्छ ।

–समाधि गरेर हुने नभई माथिका सबै चरण पार गरेपछि घटित हुने कुरा हो । यो योगको लक्ष्य नै हो भने पनि हुन्छ । समाधि अवस्थामा आनन्दमय, ज्ञानमय, ज्योतिर्मय एवं शान्तिमय जुन स्वरूपमा पुगिन्छ त्यसपछि पूर्ण तृप्ति वा परमआनन्द प्राप्ति हुन्छ । यो अवस्थामा पुगिसकेपछि मानव जीवनमा केही पनि गर्न बाँकी रहँदैन । यस्तो अवस्थामा पुगेको योगी त्रिगुणातीत अर्थात् सत्व, रज र तम गुणबाट पर पुग्छ । उसका लागि केही पनि प्राप्त गर्न बाँकी रहंदैन । यस अवस्थामा पुगेका योगीहरू

कैयौं दिन खानपिन छोडेर त्यत्तिकै बस्न सक्छन् । जब ध्यान भंग हुन्छ उनीहरू पुनः जाग्रत हुन्छन् ।

योगशास्त्र के हो ?

योगशास्त्र धार्मिक ग्रन्थ मानिन्छ तर कुनै सम्प्रदायसंग यसको सम्बन्ध छैन । यो शारीरिक योग मुद्राको शास्त्र पनि होइन । यो आत्मा र परमात्माको योगको विषय मात्र हो । तर यसमा बताइएको समाधि प्राप्तिको अधिकार आस्तिक तथा नास्तिक दुवैलाई छ ।

पातञ्जली योगसूत्रकै आधारमा वर्तमान समयका अनेक सन्त महापुरुष र आध्यात्मिक गुरुहरूले समयसापेक्ष हुने गरी ध्यानका विभिन्न विधिहरूको विकास गरेका छन् । स्वामी रामकृष्ण, स्वामी विवेकानन्द, महर्षि अरविन्द, रमण महर्षि, महर्षि महेश योगी, सत्य साई, ओशो रजनीश, पाइलटबाबा, र श्रीश्री रविशंकर, ब्रह्म बाबा आदिले ध्यानका विधिमाथि प्रयोग गरेका छन् । उनीहरूबाट विपश्यना ध्यान, कुण्डिलीनी ध्यान, राजयोग ध्यान, भावातीत ध्यान, सक्रिय ध्यान, ज्योतिध्र्यान, सहजध्यान, सुदर्शन क्रिया आदि अनेकौं तरिका विकास भएका छन् ।

योग र ध्यानको फाइदा

आज विश्वले योगको महत्व बुझ्न थालेको छ । योगलाई शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । आज यो योगाको नामले विश्वभर फैलिएको छ र थुप्रैले यसबाट लाभ लिइरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरा आधुनिक चिकित्सापद्धतिले समेत स्वीकार गरेको छ–

–शारीरिक एवं मानसिक स्वास्थ्यलाभ

–कार्यक्षमता वृद्धि

–चिन्ताबाट छुटकारा

–रोग प्रतिरोधी क्षमतामा वृद्धि

–तन, मन र आत्मा बीचको लयात्मकता

–अनावश्यक विचारबाट मुक्ति

–सकारात्मक सोचको विकास

–ऊर्जाको केन्द्रीकरणबाट आन्तरिक शक्ति सञ्चार

–आत्मज्ञान प्राप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • योगको उचित विधी र स्वास्थ्य-लाभ
  • २०७८ जेष्ठ ७, शुक्रबार १७:३१
  • In "जीवनशैली"
  • योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा
  • २०७८ जेष्ठ ७, शुक्रबार १७:३१
  • In "BannerNews"
  • सिरहामा पंतजली आयुर्वेदद्वारा सांसदहरूलाई सम्मान
  • २०७८ जेष्ठ ७, शुक्रबार १७:३१
  • In "मधेश प्रदेश"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

विद्युत् व्यापारमा घुस्ने निजी क्षेत्रको कोसिस, प्रस्ताव नै विवादमा

बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?

यौन जीवनका १० संकेत, जसले साथीको स्वार्थ पत्ता लगाउन सक्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version