काठमाडौं : काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा लगु हुने भएको छ । ललितपुर काठमाडौं र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि लगु हुने गरि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । एकै दिन २०७ नयाँ सन्क्रमित बढे संगै जोखिम नुनिकारणको लागि निषेधाज्ञा जारी भएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई जिम्मेवारी दिएको थियो। निषेधाज्ञा जारी पछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द रहने छन ।