• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?


म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

China and Myanmar officials exchanging money, flag background, partnership

काठमाण्डौं  । म्यानमार सेनाले कू गरेपछिकै सबैभन्दा रक्तापातपूर्ण दिन रह्यो यो हप्ता । एकैदिन प्रहरी र सेनाले चलाएको गोली लागेर ५० जनाको मृत्यु भयो । सेनाले कू गरेपछि सुरु भएको प्रदर्शनका सुरक्षा बलको गोली लागेर मृत्यु हुनेहरको संख्या १२० भन्दा धेरै भइसकेको छ । यसअघि एकैदिन ३८ र १८ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनकारीहरुले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहितका नेताहरुलाई रिहाइको र प्रजातन्त्र पुनर्स्थापनाको माग गरेका छन् । यससँगै प्रदर्शनकारीहरु चीनप्रति पनि आक्रोशित देखिएका छन् । म्यामारमा प्रदर्शनकारीहरुले हालसम्म चिनियाँ लगानीमा रहेका ३२ भन्दा बढी उद्योगहरुमा तोडफोड र आगजनी गरेको चिनियाँ सञ्‍चारमाध्यम पिपुल्स डेली चाइनाले जनाएको छ ।

म्यानमारको वाणिज्यिक राजधानी योङ्‌गुनमा दुई चिनियाा कामदारहरु पनि म्यानमारका प्रदर्शनकारीको आक्रमणमा परेका छन् भने करिब ३७.८ मिलियन डलर बराबारको चिनियाँ लगानीमा क्षति पुगेको पिपुल्स डेली चाइनाको तथ्यांक छ ।

चिनियाँ सरकारी सञ्‍चारमाध्यम सीजीटीएनका अनुसार आक्रमणकारीहरुले फलामका रड, बञ्‍चरोले आक्रमण गर्ने गरेका छन् भने उद्योगहरुमा पेट्रोल छर्केर आगजनी गर्ने गरेका छन् । चिनियाँहरु चढ्‍ने सवारीसाधनमासमेत क्षति पुर्‍याइएको छ ।

म्यानमार चिनियाँ कलकारखाना र उद्योगहरुमा आक्रमण बढेपछि म्यानमारस्थिति चिनियाँ दूतावासले म्यानमारको सैन्य शासकलाई चिनियाँ लगानीका उद्योगमाथिको आक्रमण रोक्‍ने चेतावनी दिएको थियो । चिनियाँ दूतावासको चेतावनीपछि योङ्‌गुन, ह्लियाङथायालगायतका विभिन्‍न जिल्लाहरुमा मार्सल कानुन लागु गरिएको छ ।

आइतबार साँझ मार्सल कानुन लागु भएलगत्तै अर्को चिनियाँ उद्योगमा आगजनी गरिएको छ । मार्सल कानुन लागु भइसकेपछि प्रदर्शनमा उत्रिने र चिनियाँ उद्योगहरुमा आक्रमण गर्नमाथि सुरक्षाकर्मीले गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो । मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र ह्लियाङथायामा करिब एक सयभन्दा बढी चिनियाँ लगानीमा उद्योगहरु रहेका छन् ।

प्रदर्शनकारीहरुले म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य ‘कू’ मा चीनको समर्थन रहेको भन्दै आक्रमण गर्न थालेका हुन् । योङ्‌गुनस्थित चिनियाँ दूतावासबाहिर पनि व्यापक विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले म्यानमारको सैन्य कूको निन्दा गर्न चिनियाँ दूतावासलाई आग्रह गरेका थिए ।

तर, चिनियाँ अधिकारीहरुले भने म्यानमारमा कू भएको विषयमा आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए । त्यसैगरि आफूहरुले सैन्य जुन्तालाई समर्थन नगरेकोसमेत बताएका थिए । दूतावासका अधिकारीहरुको यस्तो प्रतिक्रियापछि प्रदर्शनकारीहरु थप आक्रोशित बनेका हुन् ।

चिनियाँहरुले आफ्नो उद्योगको सुरक्षाका लागि सुरक्षागार्डहरुको संख्या बढाएको बताएका छन् ।

तर, म्यानमारस्थित ताइवानमाको डि फ्याक्टो एम्बेसीले आफ्ना कम्पनीहरुमा ताइवानको झण्डा फहराउन र आफू ताइवानी भएको कुनै संकेत दिन सुझाएका छन् । ताइवानले आफू चीनभन्दा फरक रहेको जानकारी गराउन पनि सुझाएको छ ।

म्यानमारमा चार लाखभन्दा बढी चिनियाँहरु रहेका छन् । जसमा अधिकांश म्यानमारमा व्यापार गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए
  • २०७७ चैत्र ४, बुधबार २०:५९
  • In "अन्तराष्ट्रिय"
  • धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते
  • २०७७ चैत्र ४, बुधबार २०:५९
  • In "BannerNews"
  • म्यानमारमा सुकीमाथि चलाइयो नयाँ मुद्दा
  • २०७७ चैत्र ४, बुधबार २०:५९
  • In "अन्तराष्ट्रिय"
Tags: #world#अपराध#आर्थिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

कसले चोर्यो गोलबजार नगरपालिकाको कम्प्युटर ?

उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

संसदमा प्रधानमन्त्री ओलीको नैतिकताको खोजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version