• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?


किन मुख्य सत्ता शर्त बन्दैछन् रेशम चौधरी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्ता गठबन्धन गर्न जनता समाजवादी पार्टीले रेशम चौधरीको रिहाइलाई मुख्य सर्त बनाएपछि उनी राष्ट्रिय राजनीतिमा फेरि चर्चामा छन् ।

आखिर को हुन् रेशम चौधरी ? किन जसपाले उनको रिहाइलाई मुख्य शर्त बनायो ? उनको रिहाइ सोचेजति सजिलो छ ? हामीले यी प्रसंगहरु केलाएका छौं ।

दुई बर्ष अगाडिको कुरा हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले समर्थन फिर्ता लिने र आन्दोलनमा उत्रने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार पुगेर सांसदको सपथ लिने अवसर जुटाइदिए ।

१९ पुस २०७५ मा रेशमको सपथ गराउँदा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदमा झण्डै दुई तिहाई बहुमत थियो ।

कैलाली जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उच्च अदालतले सदर गरिसकेको छ । त्यसैले सरकारलाई साँच्चिकै अप्ठ्यारो परेको अवस्थामा बाहेक माग सम्बोधन हुने सम्भावना कानुनी दृष्टिले पनि न्यून छ ।

एमाले र माओवादी केन्द्र कित्तामा विभाजित भएपछि अहिले प्रधानमन्त्री ओली नेतृत्वको सरकार संकटमा छ र कुनै पनि बेला माओवादी केन्द्रको पहलमा अर्को गठबन्धन बन्न सक्छ । त्यसैले उनी आफ्नो नेतृत्वको सरकार बचाउन एक मात्र अस्त्रको रुपमा जनता समाजवादी पार्टी (जसपा) लाई रिझाउन खोजिरहेका छन् । त्यसको केन्द्रमा छन्, जन्मकैदको सजाय भोगिरहेका सांसद रेशम चौधरी ।

जसपा नेताहरुले उधारो आश्वासनले मात्रै हुन्न, पहिला रेशमलाई रिहा गर, अनि सरकारलाई समर्थन दिने सम्बन्धमा सोच्न सकिन्छ भनिरहेका छन् । अहिले रेशमको रिहाइलाई किन मुख्य शर्त बनाउँदैछ जसपा ?

जसपा नेताहरुका अनुसार तीनवर्षअघि सरकारलाई समर्थन गर्दा पनि प्रधानमन्त्री ओलीले रेशम लगायतका आन्दोलनकारीहरुको रिहाईसहितका माग पूरा गर्ने आश्वासन दिएका थिए । तर, मुद्दाको फैसला नभएको अवस्थामा पनि सांसद पदको सपथ दिलाउन चौधरीको पार्टी तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन छाड्ने चेतावनी दिनुपरेको थियो ।

अहिले त कैलाली जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उच्च अदालतले सदर गरिसकेको छ । त्यसैले सरकारलाई साँच्चिकै अप्ठ्यारो परेको अवस्थामा बाहेक माग सम्बोधन हुने सम्भावना कानुनी दृष्टिले पनि न्यून छ ।

त्यहीकारण सरकारलाई समर्थन गर्न प्रधानमन्त्रीले गरेको आग्रहमा रेशमको रिहाइ पूर्वसर्त बनेको जसपा नेताहरु बताउँछन् । वरिष्ठ नेता राजेन्द्र महतो भन्छन्, ‘जबसम्म शासकहरुको स्वार्थमा धक्का लाग्दैन, तबसम्म हामीलाई सुन्दैनन् । यो पटक स्वार्थमा धक्का लाग्ने अवस्था छ ।’

के हो टीकापुर घटना ?

प्रदेश विभाजनको विरोधमा थरुहट आन्दोलन चर्किएको बेला ७ भदौ २०७२ मा टीकापुरमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेको थियो । सो घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । यसको भोलिपल्ट टीकापुर क्षेत्रमा थुप्रै थारु समुदायका व्यक्तिका घर जलाइएको थियो र सम्पति नष्ट गरिएको थियो ।

प्रहरी प्रशासनले हत्या घटनाका मुख्य योजनाकार रेशम चौधरी, लक्ष्मण थारुलगायतका नेताहरुलाई मान्यो । टीकापुरमा रेडियो र रिसोर्ट चलाइरहेका रेशम तत्कालीन सद्भावना पार्टीमा आवद्ध थिए ।

घटनापछि फरार भएका रेशम २०७४ को आम चुनावमा राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने र ३४ हजार ३४१ मतसहित निर्वाचित भए । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिने प्रयास असफल भएपछि उनले १४ फागुन २०७४ मा जिल्ला अदालतमा आत्मसमर्पण गरे ।

पुर्पक्षका लागि थुनामा रहेका बेला सांसद पदको सपथ लिएका उनीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले २२ फागुन २०७५ मा जन्मकैदको सजाय सुनायो । उच्च अदालत, दिपायलले ३ पुस २०७७ मा केहीको सजाय उल्टी गरेपनि रेशमको जन्मकैदलाई सदर गर्‍यो । यसविरुद्ध परेको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

कति सहज छ रेशमको रिहाई ?

सरकारले जसपाको समर्थन लिन जति सहज रुपमा रेमशलाई रिहा गर्ने आश्वासन दिइरहेको छ, त्यति सजिलो नरहेको कानूनका जानकारहरु बताउँछन् ।

फौजदारी कानुनका जानकार अधिवक्ता सुनील पोखरेलका अनुसार चौधरीलाई जेलबाट छुटाउन दुईवटा बाटा छन् ।

पहिलो, राष्ट्रपतिबाट कैद सजाय मिनाहा ।

यसका लागि मुद्दाको अन्तिम किनारा लागेको हुनुपर्छ । रेमशको हकमा सर्वोच्च अदालतमा परेको पुनरावेदन फिर्ता हुनुपर्छ वा अन्तिम फैसला आउनुपर्छ । त्यसपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेमशको बाँकी कैद सजाय मिनाहा गर्न सक्छिन् ।

माओवादी सशस्त्र द्वन्द्वकालमा भएको ओखलढुंगाका उज्जन श्रेष्ठ (भुवन) को हत्यामा दोषी ठहर भएका बालकृष्ण ढुंगेलले पनि यसरी नै कैद मिनाहा पाएका थिए । यदि रेशमको बाँकी कैद सजाय यसरी नै मिनाहा भयो भने उनी दोषी ठहर भएको अभियोग हट्दैन ।

त्यस्तो अवस्थामा सांसद भइरहन अयोग्य हुन सक्छन् । किनकी नेपालको संविधानको धारा ८७ मा सांसदको योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको’ हुनुपर्ने उल्लेख छ ।

दोस्रो, रेशममाथि लागेको अभियोग नै फिर्ता लिने ।

यो बाटो भने सहज नभएको अधिवक्ता पोखलेल बताउँछन् । यसका लागि सर्वोच्च अदालतले कुनै कारण देखाएर यो मुद्दा फेरि जिल्लामा पठाउनुपर्छ । र, सरकारले अदालतसँग अनुमाति लिएर मात्रै मुद्धा फिर्ता लिनसक्छ । यो प्रक्रिया लामो हुने भएकाले जसपा नेताहरुले चाहेजस्तो तत्काल रेशम छुट्न सम्भव हुन्न ।

सबै प्रक्रिया पुर्‍याएर अभियोग फिर्ता लिने हो भने घटनाका पीडित पक्षबाट मुद्दा पर्ने सम्भावना हुन्छ । र, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी एउटा मुद्दामा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेतृत्वको ५ सदस्यीय इजलासलले ३० पुस २०७२ मा गरेको फैसलामा लागू औषध, बलात्कार, जघन्य अपराधका मुद्दा फिर्ता हुन नसक्ने भनेर फैसला दिएको छ । रेशमको हकमा पनि यो नजीर आकर्षित हुनसक्छ ।

कुनै समय रेशमको मुद्दा हेरेका प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा भन्छन्, ‘रेशम चौधरीलाई सर्वोच्च अदालतले मात्र सफाइ दिनसक्छ । त्यसको ‘ग्राउण्ड’ पनि छ । जिल्ला र उच्च अदालतको राय बाझिएको छ र घटना भएको बेला उनी घटनास्थलमा नभएको प्रमाणहरु पनि छन् ।’

तर सरकारले के आधारमा उनलाई रिहा गर्छु भनेको छ भन्ने आफूले नबुझेको उनले बताए ।

राजपा वरिष्ठ नेता महतोले कुन प्रक्रिया पूरा गरेर रिहा गर्ने हो आफूहरुको विषय नभएको बताउँछन् । तर रेशमसहित जेलमा रहेका कैदीबन्दीहरुको रिहा, मुद्दा फिर्ता र संविधान संशोधन विधेयक दर्ता नभएसम्म सरकारलाई समर्थन नगर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीलाई समर्थनका विषयमा जसपाभित्र दुई धार
  • २०७७ फाल्गुन २७, बिहीबार २१:३५
  • In "देश"
  • मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’
  • २०७७ फाल्गुन २७, बिहीबार २१:३५
  • In "देश"
  • रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने
  • २०७७ फाल्गुन २७, बिहीबार २१:३५
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली

ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version