• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल


पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

काठमाडौं । जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग गरेपनि नतिजा भने हात लागेन ।

पश्चिम सेतीमा लगानी गर्न इच्छुक रहेका पाँच वटा कम्पनीलाई सरकारले  एकीकृत भएर परियोजना बनाउने आग्रह गरेको थियो । त्यसअनुसार लगानी बोर्डर्ले उनीहरुलाई आपसमा सहमति गरेर परियोजनाको लगानी तथा निर्माण मोडालिटी टुंग्याएर एकीकृत प्रसस्ताव ल्याउन भनेको थियो ।

यो परियोजनामा लगानी गर्न म्याट्रिक्स इन्टरप्राइजेज (नेपाल), जनरल इलेक्ट्रिक इनर्जी (अमेरिका), फुजी इलेक्ट्रिक कम्पनी (जापान), नेब्रास पावर (कतार) र स्मेक (अस्ट्रेलिया)ले इच्छा देखाएका थिए । उनीहरुलाई विभिन्न शर्तसहित एकीकृत रुपमा परियोजना विकासको प्रस्ताव ल्याउन भनिए पनि सरकारले सोचेअनुसार भएन ।

लगानी बोर्डका अनुसार पाँच कम्पनीले एक आपसमा सहमति गरेर प्रस्ताव ल्याउन चाहेनन् । उनीहरुले दिएको प्रारम्भिक प्रस्ताव मूल्यांकन गरेर बोर्डले सबै कम्पनी सहभागी गराएर परियोजना अघि बढाउने योजना बनाएपनि असफल भएको छ ।

बोर्ड स्रोतका अनुसार म्याट्रिक्स इन्टरप्राइजेजले अर्को एक विदेशी कम्पनीसँग मिलेर परियोजना बनाउने भन्दै नयाँ प्रस्ताव राखेको छ । तर, बोर्डले यसको मूल्यांकन गरिसकेको छैन ।

लगानी बोर्ड नेपालले पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर-६’ एउटै लगानीकर्तालाई दिने प्रस्ताव अघि सारेको थियो । यसो हुँदा आयोजना आकर्षक हुने बोर्डको अनुमान थियो ।  पश्चिम सेतीलाई लगानीका लागि सम्भाब्य बनाउन एसआर-६ परियोजना पनि सँगै जोडेर लगानी सम्मेलनमा ‘सो-केस’मा राखिएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिृकत सुशील भट्ट पश्चिम सेती परियोजनामा लगानी भित्र्याउन ५ कम्पनीको प्रस्तावको विषय पुरानो भइसेकको बताउँछन् । परियोजनाको विकासबारे बोर्डले  काम गरिरहेको उनको भनाइ छ ।

एसआर-६ पनि दिएन निकास

पश्चिम सेतीभन्दा केही कम क्षमता अर्थात ४५० मेगावाटका जलाशययुक्त आयोजना हो । पश्चिमसेतीमा बुढीगंगा मिसिने स्थानभन्दा केही तल एसआर-६ आयोजना बनाउन प्रस्ताव गरिएको थियो । यो परियोजना डोडी र अछाम जिल्लामा पर्छ । दिपायल-गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ ।

जापानी सहयोग नियोग (जाइका)ले गरेको अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्नसक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ । यसलाई आधा घटाउने हो भने २२८ मेगावाट विजुली उत्पादन हुनसक्छ ।

साथै पश्चिम सेती र एसआर ६ परियोजना एकै विकासकर्ताले बनाउँदा पानी थुन्ने, विद्युत निकाल्ने र पानी छाड्ने समयको व्यवस्थापन गर्दा ४५० मेगावाटमा र पश्चिम सेतीलाई ७५० मेगावाटमै बनाउन सकिने बोर्डको दावी छ । एसआर-६मा १.५ मिटर हेडरेस सुरुङमार्ग बनाएर बिजुली उत्पादन गर्न सकिन्छ । खुलास्थानमा पावरहाउस बनाउन सकिने लगानी बोर्डले जनाएको छ ।

यो परियोजना पनि पाएमा पश्चिम बनाउन वातावरण तयार हुने बोर्डको अनुमानअनुसार लगानीकर्ताले भने चासो दिएका छैनन् ।

चर्चामा मात्रै पश्चिम सेती

चिनियाँ कम्पनी थ्री गर्जेजले २०७५ भदौ १३ मा भएको अन्तिम वार्तामा क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।

तर बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरएको थियो । पुनर्वास लगायतका धेरै विषयका कारण परियोजना वित्तीय रुपमा सम्भाव्य नरहेको उसले बताएको थियो । चिनियाँ कम्पनीले करिब ७ वर्ष परियोजना होल्ड गरेको थियो ।

२४ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई हात परेको थियो ।

तर, थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाब्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो, जसले एसआर-६ परियोजना पनि दिने हो पश्चिमसेती बन्ने निश्कर्ष निकालेको थियो ।

त्यसैका आधारमा अहिले बोर्डले दुबै परियोजनालाई एउटै प्याकेजमा राखेर विकासकर्ता खोज्दा पनि  सफलता हात लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अलपत्र
  • २०७७ फाल्गुन २७, बिहीबार १९:२६
  • In "थप"
  • सांसदको प्रश्न-कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय कानुनसम्मत छ ?
  • २०७७ फाल्गुन २७, बिहीबार १९:२६
  • In "देश"
  • पश्चिम सेती र एसआर ६ आयोजना भारतीय कम्पनीले पायो
  • २०७७ फाल्गुन २७, बिहीबार १९:२६
  • In "BannerNews"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

Next Post

‘विप्लव’लाई प्रचण्डको चुनौती : शास्त्रार्थ गरौं, तपाईंहरुले जिते पछि लाग्न तयार छु

नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त

४३ विमानस्थल घाटामा, दर्जनभन्दा बढी गौचरण बने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version