• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले के निर्देशन दिएको थियो ?


शरण खोज्दै भारत आएका प्रहरीलाई म्यानमारको सेनाले के निर्देशन दिएको थियो ?

 काठमाडौं । फेब्रुअरी १ मा म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लियो । त्यसविरुद्ध जारी आन्दोलनमा अहिलेसम्म ६० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा धेरै मानिस पक्राउ परेका छन् ।

आन्दोलन चर्किरहेको अवस्थामा केही प्रहरी अधिकारी परिवारसहित शरण खोज्दै भारत आए । उनीहरु अहिले भारतको मिजोरममा शरण लिएर बसेका छन् । म्यानमारको सेनाले भने उनीहरु आफ्नो निर्देशन नमानेर भागेको भन्दै फिर्ता पठाउन भारतसँग पत्र लेखेको छ । यद्यपि भारतले उनीहरुको विषयमा कुनै कदम चालेको छैन ।

भारतमा शरण लिन आइपुग्ने म्यानमारका प्रहरी अधिकारीमध्ये एक हुन् था पेङ । उनले शरण लिन आएको विषयमा मुख खोलेका छन् । उनकाअनुसार २७ फेब्रुअरीमा खाम्पाट सहरमा निस्किएको प्रदर्शनमा सहभागीहरुमाथि गोली चलाउने आदेश दिइएको थियो । तर उनले उक्त आदेश मानेनन् । ‘अर्को दिन एक अधिकारीले मलाई गोली हान्ने आदेश दिएका थिए,’ उनले भने । २७ वर्षीय पेङले अधिकारीको आदेश पुनः अस्वीकार गरे र प्रहरीबाट राजीनामा दिए ।

मार्च १ मा उनले खाम्पटमा रहेको आफ्नो घर छाडे र परिवार लिएर तीन दिनसम्म यात्रा गरे । कसैले नदेखोस् भन्नका लागि उनी रातको समयमा यात्रा गर्थे । मिजोरमको भारतीय सीमा पार नगर्दासम्म उनले लुकीलुकी यात्रा गरेका थिए ।

आफ्नो पहिचान गोप्य राख्न नामको केही अंशमात्र खुलाएको उनले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन्, ‘मसँग कुनै विकल्प थिएन ।’ रोयटर्सका अनुसार उनको प्रहरी परिचयपत्र र राष्ट्रिय परिचयपत्रबाट उनको नाम पुष्टि भएको हो ।

पेङसहित ६ जना प्रहरीले सेनाको आदेश उल्लंघन गरेका थिए । उनीहरुले मिजोरमको प्रहरीलाई बुझाएको संयुक्त विज्ञप्तिमा म्यानमारको अहिलेको अवस्थामा जनतामाथि आफूहरुले गोली चलाउन नसक्ने भएकाले शरण खोज्दै आएको उल्लेख छ ।

पेङजस्ता करिब सयजना म्यानमारबाट भागेर भारत प्रवेश गरेको भारतीय अधिकारीहरुले बताएका छन्, जसमा अधिकांश प्रहरी र उनीहरुका परिवार छन् । भारतमा शरण लिएकामध्ये केहीलाई मिजोरमको चाम्फाइ जिल्लामा राखिएको छ, जसमध्ये तीनजनासँग रोयटर्सका पत्रकारले अन्तर्वार्ता लिएका थिए । उनीहरुले आफूहरु प्रहरीमा काम गर्ने गरेको उल्लेख गरेका थिए ।

पछिल्लो ९ वर्षयता प्रहरीमा काम गर्दै आएका पेङले परिचयपत्रसँगै प्रहरी पोशाकमा खिचाएको फोटो पनि देखाएका थिए । उनका अनुसार म्यानमारको प्रहरीको नियममा प्रदर्शनकारीहरुलाई तितरबितर पार्न रबरको गोली प्रयोग गर्ने र अझै पनि प्रदर्शन नियन्त्रणमा नआए घुँडाभन्दामुनि गोली प्रहार गर्न पाइन्छ । तर अहिले नमर्दासम्म प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको उनले बताए ।

अर्का प्रहरी कन्स्टेबल एनगुन हेलेईले पनि आफूलाई सेनाले प्रदर्शकारीलाई गोली हान्ने आदेश दिएको बताए । उनी मन्डाले सहरमा काम गर्थे । २३ वर्षीय उनले पनि आफ्नो परिचयपत्र पनि साथमा ल्याएका थिए । उनलाई भारत आउन दुई लाख म्यानमारी क्याट अर्थात् १४३ डलर खर्च लागेको थियो । भारत–म्यानमार सीमाक्षेत्रमा केही माइलसम्म दुवैतर्फका नागरिक कुनै पनि भ्रमण अनुमति बिना आवतजावत गर्न सक्छन् । त्यसैले पनि उनीहरुलाई भारत आउन सहज भएको थियो ।

म्यानमारको फलम सहरकी २४ वर्षीया एक प्रहरी अधिकारीलाई महिला प्रदर्शनकारी पक्रिने जिम्मा दिइएको थियो । यो आदेश उनले अस्वीकार गरिन् । त्यसपछि प्रदर्शनकारीको सहयोग गरेको भन्दै पक्राउ पर्ने डरले उनले म्यानमार छाड्ने निर्णय गरिन् ।

पेङ भन्छन्, ‘प्रहरी चौकीभित्रका ९० प्रतिशतले प्रदर्शनको समर्थन गर्छन् तर उनीहरुलाई नेतृत्व गर्ने मान्छेको खाँचो छ ।’ पेङ आफ्नी पत्नी र दुई साना छोरीहरुसँगै भारत छिरेका थिए ।

मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले आफ्नो प्रशासनले अस्थायी रुपमा म्यानमारबाट आएका मानिसहरुलाई खाना र आवासको व्यवस्था गर्ने बताए । यद्यपि उनीहरुको विषयमा थप निर्णय भने केन्द्रको निर्देशनअनुसार गरिने उनको भनाइ छ ।

पेङले भने आफूले म्यानमारका रहेका आफ्ना परिवारका अन्य सदस्यसँग बिछोड भए पनि आफू पुनः म्यानमार फर्किन नचाहेको बताए ।
(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • म्यानमारमा भएको सैन्य ‘कू’को विश्वभर निन्दा
  • २०७७ फाल्गुन २७, बिहीबार १३:५९
  • In "अन्तराष्ट्रिय"
  • म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?
  • २०७७ फाल्गुन २७, बिहीबार १३:५९
  • In "अन्तराष्ट्रिय"
  • शेख हसिनाका विषयमा भारतसँग के विकल्प छ?
  • २०७७ फाल्गुन २७, बिहीबार १३:५९
  • In "BannerNews"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री

प्रहरीले भन्यो : दिनेश लोधको हत्या यौन सम्बन्धका कारण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version