• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खुवालुङ पुगेर नागरिक अभियन्ताले गरे प्रदर्शन


खुवालुङ पुगेर नागरिक अभियन्ताले गरे प्रदर्शन

काठमाडौं । तमोर, अरुण र दूधकोशीको संगमस्थलमा रहेको किरात समुदायको साँस्कृतिक स्थल खुवालुङ पुगेर नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका छन् ।

सप्तकोशीमा जहाज चलाउने भन्दै किरात समुदायको साँस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो । बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति लेखक संघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन् ।

किरात सभ्यता र मुन्धुमका मिथक जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किरात समुदायले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

८  फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोशीमा जहाज चलाइ छाड्ने उद्घोष गरेका थिए ।

यसैको विरोधमा सोमबार गरिएको प्रदर्शनमा बोल्दै साहित्यकार एवं आदिवासी जनजाति लेखक महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने हरेक शासकविरुद्ध जनता उभिने बताए ।

मुकारुङले भने, ‘किरातहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमा मात्रै नदेखोस् ।’

यस्तै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मन्दिरको नाममा आदिवासीमाथि दमन गरिएको छ ।’

यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगा फुटाउन लागेको बताइन् । उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा फुटाउन नमिल्ने पक्षमा छन् ।

विरोध कार्यक्रममा पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीको उपस्थिति थियो ।

स्थानीय इन्द्रहाङ खम्बुका अनुसार खुवालुङको शाब्दिक अर्थ पानीमा रहेको ढुगो भन्ने बुझिन्छ । किरातका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन
  • २०७७ फाल्गुन २४, सोमबार २०:२०
  • In "देश"
  • संसद विघटनविरुद्ध माइतीघरमा डम्फूसहित नागरिक समूहको प्रदर्शन
  • २०७७ फाल्गुन २४, सोमबार २०:२०
  • In "देश"
  • बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन
  • २०७७ फाल्गुन २४, सोमबार २०:२०
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

रुकुम पश्चिम् सोती नरसंहार लगायत जातिय हत्या एबंम विभेद विरुद्ध बृहत बिरोध सभा सम्पन्न!

कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version