• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा


श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा

बुटवल । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रुपन्देहीका केही स्थानीय तहले श्रमिक महिलालाई साइकल वितरण र एकल महिलालाई रातो पछ्यौरा ओढाएर सम्मान गरेका छन् ।

तिलोत्तमा नगरपालिकाले ५१ जना श्रमिक महिलालाई नारी दिवसको अवसर पारेर सोमबार साइकल प्रदान गरेको छ । श्रमिक महिलाहरुको सम्मानको साथै उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साइकल प्रदान गरिएको नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन् ।

श्रमिकको आर्थिक–सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले १७ वटा वडाका ५१ जनालाई साइकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साइकल हस्तान्तरण गरिन् ।

महिला दिवसकै अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार : समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत आयोजना गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम भइन् । कार्यक्रममा प्रदेश उपसभामुख कृष्णी थारुले सकारात्मक व्यवहारले मात्र लैङ्गिक विभेद हट्ने भन्दै परिवारबाटै समानता कायम हुनुपर्नेमा जोड दिइन् ।

यसैबीच रुपन्देहीको सियारी गाउँपालिकाले एकल महिलालाई रातो टिका र रातो पछ्यौरा ओढाएर सम्मान गरेको छ । नारी दिवसको अवसर पारेर गाउँपालिकाका ६५ जना एकल महिलालाई गाउँपालिकाले सम्मान गरेको हो । एकल महिला पनि अन्य महिला जस्तै समान रहेको र समाजमा रहेको रुढिवादी चिन्तनलाई हटाउन गाउँपालिकाले नारी सम्मान अभियान नै सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्गले बताइन् ।

गाउँपालिकाले नै सार्वजनिक समारोह गरेर एकल महिलालाई रातो टिका र रातो पछ्यौरा ओढाइदिएपछि २६ वर्षीया एकल महिला सीता बस्याल भट्टराईले खुसी व्यक्त गरिन् ।

‘२० वर्षको उमेरमै श्रीमानको मृत्युको पीडा एकातिर र अर्कोतिर समाजको रुढिवादी संस्कारका कारण हुने भेदभावले पीडामाथि पीडा थियो,’ बस्यालले भनिन्, ‘समाजको डरले रातो पहिरन लगाउन सकेकी थिइन, अब गाउँपालिकाले समाजलाई अगाडि राखेर रातो टिका र रातो पछ्यौरा दिएर सम्मान गरेपछि धेरै सहज महसुस भयो ।’

यस्तै गाउँपालिकाले व्यावसायिक क्षेत्रमा लागेर आर्थिक रुपमा सबल बनेका महिलालाई समेत सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नारी छन्, संसार टिकेको छ: नगर प्रमुख चौधरी लोटस युनिक स्कुलले भब्य मनाए नारी दिवस
  • २०७७ फाल्गुन २४, सोमबार २०:०९
  • In "BannerNews"
  • महिला श्रमिकका मुद्दामा छलफल, लैंगिक समानता नीतिको कार्यान्वयनमा सरोकारवालाहरूको जोड
  • २०७७ फाल्गुन २४, सोमबार २०:०९
  • In "BannerNews"
  • शीतलहर पीडितलाई लहानमा कम्बल वितरण
  • २०७७ फाल्गुन २४, सोमबार २०:०९
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

खुवालुङ पुगेर नागरिक अभियन्ताले गरे प्रदर्शन

रुकुम पश्चिम् सोती नरसंहार लगायत जातिय हत्या एबंम विभेद विरुद्ध बृहत बिरोध सभा सम्पन्न!

कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version