• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन


आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन

काठमाडौं । ‘निफ्राको आईपीओ २७ बराबर १४२०’ लेखेर शेयर बजार विचार हजार लेखेको ग्रुपमा माघ १६ गते एक व्यक्तिले स्टाटस पोष्ट गरे । ‘हामीलाई पनि यति कित्ता आईपीओ पर्यो’ भन्नेेको त्यो स्टाटसमा कमेन्ट गर्नेहरुको ओइरो लागेको थियो ।

२७ जनाको नामबाट आवेदन दिदा नेपाल इन्फ्रा स्ट्रक्चर बैंक (निफ्रा)को १ हजार ४२० कित्ता आईपीओ परेको भन्ने आशयको उक्त स्टाटस केहिबेरमै डिलिट भयो । आईपीओ बाँडफाँट भएपछि सामाजिक सञ्जालमा यस्ता स्टाटस प्रसस्तै देखिने गरेका छन् । सेयर बजारसम्बन्धी फेसबुक ग्रुपहरुमा यस्ता पोष्ट धेरै देखिन्छन् ।

निफ्राले आईपीओ जारी गरेपछि सेयर बजारतर्फ सर्वसाधारणको एक किसिमको लहर छ । २ महिना अघिभन्दा अहिले डिम्याट प्रयोगकर्ता दोब्बर बढेका छन् ।

सेयर कारोबारको लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट प्रयोगकर्ता ३० लाख ४१ लाख ६९८ पुगेका छन् । यतिधेरै डिम्याट प्रयोगकर्ता हुँदा दैनिक चार लाखले पनि कारोबार नगर्नुलाई भने सेयर बजारका जानकारहरु शंङ्कास्पद मान्छन् ।

सेयर विश्लेषक प्रकाश तिवारी एकै व्यक्तिले हजार आईपीओ आवेदन दिने गरेको बताउँछन् । उनका अनुसार, एकै व्यक्तिले धेरैको नागरिकताको फोटोकपी लिएर धेरैवटा बैंक खाता र डिम्याट खाता खोलेर आईपीओ भर्ने गरिएको छ ।

‘११ सयजनाको नाममा भर्ने मान्छे त मैले नै भेटेको छु । ५०, सय, २ सयजनाको नाममा भर्ने त कति छन् कति’, तिवारी भन्छन्, ‘यसरी खोलिएका सबै खातामा एकै व्यक्तिको हस्ताक्षर हुन्छ ।’

नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा सम्बन्धीत व्यक्तिको स्वीकृतिमै सक्कली नागरिकता ल्याएर कतिपय खाता खोलिने गरेको बताउँछन् ।

‘कसैले नजिकका आफन्तको त कसैले ज्येष्ठ नागरिकहरुको पनि नागरिकता ल्याएर बैंकमा खाता खोलेका होलान्’, उनी भन्छन्, ‘यसलाई कसैले हतोत्साहित गरेजस्तो मलाई लाग्दैन । धेरै डिम्याट खुल्दा ठूलो फाइला नहुने भएकाले मर्चेन्ट बैंकहरुले यस्तो कामलाई प्रोत्साहन गदैन ।’

अर्काको नामबाट आईपीओ

आईपीओ भर्नका लागि सबभन्दा पहिला बैंक खाता आवश्यक पर्छ । जुनसुकै बैंकमा खाता भएपछि सेयर राख्ने डिम्याट खाता खोलिन्छ ।

डिम्याट खाता खोल्ने फारम लिएर सम्पूर्ण विवरण भरेर बैंकमा बुझाउँन पर्छ । डिम्याट खाता खोल्ने क्रममा बैंक खाता खोल्दाजस्तै नागरिकताको प्रतिलिपि र फोटो चाहिन्छ । अहिले दुवै खाता खोल्दा अर्काको नागरिकता र फोटो प्रयोग भइरहेको शेयर विश्लेषक तिवारी बताउँछन् ।

सेयर बिक्री गरिएको रकम बैंक खातामा आउँछ । अरु व्यक्तिको नामको बैंक खाता भए पनि त्यो खोल्नेले ‘एक्सेस’ राखेर रकम निकाल्छन् । एकाघर परिवारकै सदस्यहरुको भए यसलाई स्वभाविक मान्नु पर्ने तिवारी बताउँछन् ।

‘घरबाटै सेयर भर्न सकिने भएकाले परिवारका सदस्यहरुले एकअर्काको नामबाट आईपीओ भर्नु स्वभाविकै हो’, उनी भन्छन्, ‘तर, गाउँभरका मान्छेको नाममा भर्नु त गैर कानुनी हुन्छ ।’

मृतकको नामबाट पनि आवेदन

हुँदा हुँदा मृतकको नामबाट समेत सेयर कारोबार गरिएको पाइएको छ । केहि दिन अघि सेयर नामसारी गर्न आएका एक व्यक्तिको विवरण हेर्दा मृतकले समेत आईपीओ आवेदन दिएको पाइएको नेपाल धितोपत्र बोर्डका एक अधिकारी बताउँछन् ।

निधन भएका बुवाको नामको सेयर आफ्नोमा नामसारी गरिदिन भन्दै ती व्यक्ति एक मर्चेन्ट बैंक पुगेका थिए । ‘उनको बुबाले मृत्यु भएको एक महिनापछि पनि आईपीओ भरेको पाइयो’, बोर्डका अधिकारी भन्छन्, ‘मृतकले भरेको आईपीओको वैधानिकतामा प्रश्न उठेको छ ।’

संसारमै नभएको व्यक्तिको नाममा परेको आईपीओ के गर्ने भन्ने विषयमा बोर्डले निर्णय लिन सकेको छैन । कानुनी समस्याका कारण निर्णय लिन समय लाग्ने ती अधिकारी बताउँछन् ।

‘अपराधिक काम समेत हुनसक्छ’

गत वर्षको माघ मसान्तसम्म बैंक खाताको संख्या १ करोड ११ लाख १२ हजार १ सय ९४ वटा थियो । बीचमा लामो समय कोरोनाको असर पर्‍यो । तर त्यसयता बैंक खाता बढ्ने क्रम नरोकिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार गत माघ मसान्तसम्म २ करोड ४६ लाख ७१ हजार ९ सय ४९ बैंक खाता पुगेका छन् ।

बैंक खाता बढ्नु नराम्रो होइन, तर कुनै एक व्यक्तिले सेयर भर्नकै लागि धेरै व्यक्तिको खाता चलाउँछ भने गैर-कानुनी हुने उनले बताए । यो विषयमा सम्बन्धित बैंक आफैं धेरै चनाखो हुनुपर्ने बताउँदै डा. भट्ट भन्छन्, ‘कुनै व्यक्तिले अरुको नाममा बैंक खाता खोलेको छ भन्ने कुरा सुपरिवेक्षणको क्रममा भेट्टाइयो भने कारबाही हुन्छ ।’

उनका अनुसार, आईपीओ आवेदनका लागिमात्र बैंक खाता खोल्नु पनि गैरकानुनी हो । त्यस्तोमा अपराधिक क्रियाकलापसमेत हुन सक्ने, सोझो नागरिक फस्ने उनी बताउँछन् ।

‘अरुको नामको खातामा भ्रष्टाचार गरेको रकम, गैरकानुनी आर्जन राख्ने हुनसक्छ’ प्रवक्ता डा. भट्टले भने, ‘यस्ता क्रियाकलापमा वित्तीय साक्षरताको कमी भएका नागरिक फस्ने खतरा हुन्छ ।’

पुँजी बजार क्षेत्रको नियामनकारी निकाय नेपाल धितोपत्र बोर्ड यो विषयमा जानकार नै छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरी यसरी आईपीओ आवेदन दिनेहरु छैनन् भन्न नसकिने बताउँछन् ।

‘बैंक खातामा लिंक भएर आईपीओ आवेदन दिनु पर्ने भएकाले यस्ता डिम्याट खाता होलान्, तर त्यति धेरै छैनन्,’ उनी भन्छन्, ‘एकै व्यक्तिले धेरै जनाको डिम्याट खोलेर आईपीओ आवेदन दिनु चाही सरासर गलत हो ।’

कसरी गर्न सकिन्छ निरुत्साहन ?

अरुको नाममा बैंक र डिम्याट खाता खोलेर गैरकानुनीरुपमा आईपीओ भर्नेको संख्या करिब ५० प्रतिशत रहेको सेयर विश्लेषक प्रकाश तिवारीको दाबी छ । सम्बन्धित व्यक्ति वा निजको एकाघरका बाहेक अरुले भर्न नपाउने हो भने यो समस्या हट्ने उनी बताउँछन् ।

आईपीओ भर्नकै लागि खोलिने बैंक खाताहरु अरु बेला निष्कृय हुन्छन् । ती खाताबाट आईपीओ भर्दाखेरी पैसा रोक्का हुने र आईपीओ नपर्दा पैसा काटिने बाहेक अरु कारोबार हुँदैनन् ।

आईपीओ प्रयोजनका लागिमात्र सञ्चालन हुने खाताहरुको केवाईसी अपडेट गराए समस्या समाधान हुने तिवारी बताउँछन् । ‘सम्बन्धित व्यक्ति नै उपस्थित भएर केवाईसी भर्नुपर्ने नियम लगाए यस्ता खाता आधा घट्छन्,’ उनी भन्छन्, ‘राष्ट्र बैंक र बोर्ड मिलेर यो काम सजिलै गर्नसक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धौलागिरि लघुवित्तको आईपीओ खुल्यो
  • २०७७ फाल्गुन २२, शनिबार १५:१२
  • In "आर्थिक"
  • सामलिङ पावरको आईपीओ भोलिदेखि
  • २०७७ फाल्गुन २२, शनिबार १५:१२
  • In "देश"
  • कतारका नेपाली श्रमिक सेयर लगानीमा आकर्षित
  • २०७७ फाल्गुन २२, शनिबार १५:१२
  • In "अन्तराष्ट्रिय"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

धनगढीको फर्निचर उद्योगमा आगलागी

जबरजस्ती औद्योगिक क्षेत्रको शिलान्यास गरियो : खाँण

‘नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version