• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत


सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत

काठमाडौं । भारत र पाकिस्तान द्वन्द्वका कारण पाँच वर्षदेखि हुन नसकेको सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत देखिएको छ ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रिदै गएको छ र सार्कलगायत अन्य विभिन्न अन्य संयन्त्रका बैठकमा दुवै मुलुक सहभागी हुन थालेका छन् । एकले अर्काेलाई वहिष्कार गर्ने तहको सम्बन्ध केही हदसम्म सुध्रिएको छ ।

त्यसैगरी दुवै मुलुकले सम्बन्ध सुधारका लागि विभिन्न कदमहरु समेत चालेका छन् । भारत र पाकिस्तानको विचमा विहीबारमात्रै सीमा क्षेत्रमा युद्धविराम गर्ने सहमति भएको छ ।

पछिल्लो समयमा दुवै देशका उच्च अधिकारीहरुले शान्ति वार्ता शुरु गर्नका लागि आन्तरिक रुपमा वार्ता गरिरहेका छन् । विगत तीन महिनायता दुई देशका उच्च अधिकारीहरुबीच वार्ता भएको थियो ।

दुवै मुलुक सीमा क्षेत्रमा शान्ति कायम गर्न यस अगाडि भएको समझदारी, सम्झौता र युद्धविराम कार्यान्वयन गर्न सहमत भएका छन् । यदि सो सहमति कार्यान्वयन भएमा सार्कको शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण अनुकूल बन्ने छ ।

सार्क सम्मेलन हुने वा नहुने भन्नेचाँहि भारतमा नै निर्भर हुनेछ । यदि सार्कप्रति भारतको धारणा बदलिएको छैन र उसले यो अगाडि बढाउन चाहेको हो भने अब वातावरण अनुकूल भएको छ

सन् २०१६ को नोभेम्बर ९–१० मा पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सार्कको १९ औं सम्मेलन भारत र पाकिस्तानबीच बढेको तनावका कारण अनिनिश्चितकालका लागि स्थगित भएको थियो ।

सम्मेलनका लागि क्षेत्रीय परिस्थिति प्रतिकूल रहेको भारतले बताउँदै आएको छ । अहिले भएको युद्धविराम सम्झौता कार्यान्वयन भएमा इस्लामावादमा नै १९ शिखर सम्मेलन हुनसक्छ ।

सार्कलाई अगाडि बढाउने सम्बन्धमा विगत एक वर्षमा विभिन्न सकारात्मक सन्देश देखिएका छन् । पछिल्लोपटक फेब्रुअरी १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क र अन्य दुई मुलुकका उच्च स्वास्थ्य अधिकारीहरुको एक कार्यक्रमलाई सम्बोधन गरे । सो कार्यक्रममा पाकिस्तानलाई पनि आमन्त्रण गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस क्षेत्रका स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजना, क्षेत्रीय एयर एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका अन्य निरन्तर सहकार्य र केही दीर्घकालीन सहकार्यको प्रस्ताव राखे । यसले भारत क्षेत्रीय सहकार्यका लागि उत्सुक छ भन्ने देखाएको छ । यी प्रस्तावलाई सार्कले मात्र अगाडि बढाउन सक्छ ।

कोरोनाको महामारीकै समयमा सार्कका विदेशमन्त्री, स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीहरुको संयुक्त बैठक पनि भयो । यति मात्र होइन सार्कका अन्य विभिन्न संयन्त्रहरुको बैठक पनि बसिरहेको छ । गत वर्ष मार्च महिनामा भारतीय प्रधानमन्त्री मोदीले सार्कका सरकार र राज्य प्रमुखसँग भिडियो वार्ता गरेका थिए । सो बैठकमा कोरोना लक्षित सार्क आपत्कालीन कोष घोषणा गरिएको थियो ।

सार्क सम्मेलन हुने वा नहुने भन्नेचाँहि भारतमा नै निर्भर हुनेछ । पछिल्लो समयमा भारतले सार्कको विकल्पमा विमस्टेक वा अर्काे निकाय अगाडि बढाउन चाहेको हो कि भन्ने आशंका छ । यदि सार्कप्रति भारतको धारणा बदलिएको छैन र उसले यो अगाडि बढाउन चाहेको हो भने अब वातावरण अनुकूल भएको छ ।

दुई देशबीचको सम्बन्धमा सुधार आएमा भारतीय प्रधानमन्त्री मोदी सार्कको सम्मेलनमा भाग लिन इस्लामावाद जाने छन् किनकी सार्क सम्मेलन गराउने जिम्मेवारी पाकिस्तानको हो । भारत तयार भएमा यही वर्षको अन्त्यतिर इस्लामावादमा शिखर सम्मेलन हुने सम्भावना छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने सम्मेलन पाँच वर्षयता भएको छैन । त्यहाँका उच्च अधिकारीहरुलाई उल्लेख गदै भारतीय सञ्चारमाध्यमले सार्क सम्मेलनका लागि मोदी इस्लामावाद जाने वातावरण बन्दै गएको उल्लेख गरेका छन ।

सन् २०१६ पछि भारतले पाकिस्तानलाई कूटनीतिक रुपमा एक्लो पार्ने नीति लिएकोमा पछिल्लो एक वर्षमा सम्बन्ध सुधारको एप्रोच लिएको छ ।

यस  अगाडिझैँ भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा अकस्मात अर्काे कुनै ठूलो घटना भएन भने सम्बन्ध सुधारको दिशामा जाने देखिन्छ जसले सार्क सम्मेलनका लागि अनुकूल वातावरण बनाउन थप सहयोग गर्ने छ । नेपाल लगायत सार्कका अन्य सदस्य मुलुकले सार्क सम्मेलन सकेसम्म छिटो आयोजना गर्न आग्रह गरिरहेका छन् ।

यसै हप्ता पाकिस्तान र श्रीलंकको विचमा सार्कलाई सुदृढ पार्ने र शिखर सम्मेलन छिटो गर्ने विषयमा छलफल भएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको श्रीलंका भ्रमणको समयमा सार्क प्रक्रियालाई सुदृढ गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनिश्‍चयका बीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस
  • २०७७ फाल्गुन १४, शुक्रबार ११:११
  • In "अन्तराष्ट्रिय"
  • चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत
  • २०७७ फाल्गुन १४, शुक्रबार ११:११
  • In "BannerNews"
  • नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति
  • २०७७ फाल्गुन १४, शुक्रबार ११:११
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

अमेरिकाले साउदी पत्रकार खशोग्जी हत्याको रिपोर्ट सार्वजनिक गर्ने

पुटिनका विरोधी नाभाल्नीलाई ‘अज्ञात’ स्थानमा लगियो

धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थाले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version