• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पशुपतिमा क्षमापूजाका लागि भारतबाट बोलाइए २५ ब्राह्मण


पशुपतिमा क्षमापूजाका लागि भारतबाट बोलाइए २५ ब्राह्मण

काठमाडौँ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुग्नुभएका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।

महाशिवरात्रिको तयारी   

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पनि सुरु गरिएको छ । विगत वर्षमा एक वर्षअघि नै भारतका विभिन्न अखडाबाट साधुसन्त पशुपति क्षेत्रमा आउने गरेकामा यस वर्ष अहिलेसम्म नआएको कोषले जनाएको छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।

कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रिमा विगत वर्षमा जस्तो भीड नहुने अनुमान गरिएको सदस्य सचिव डा ढकालले बताए । यद्यपि मन्दिरमा आउने जति भक्तजनलाई भने दर्शन गराउने गरी कोषले तयारी सुरु गरेको छ । भारत र नेपालका विभिन्न अखडाबाट महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको सूची विगत वर्षदेखि नै पहिले नै कोषमा आउने गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर यस वर्ष पुस १ गतेदेखि बिहान ६ देखि अपराह्न २ बजेसम्म खुला गरिएको छ । भक्तजनले दिनभर मन्दिर खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको भाउ
  • २०७७ फाल्गुन ९, आईतवार १८:४०
  • In "देश"
  • सुनको भाउ पुन बढेको छ |
  • २०७७ फाल्गुन ९, आईतवार १८:४०
  • In "मध्य पूर्व"
  • सुनको भाउ आठ महिनायताकै सस्तो
  • २०७७ फाल्गुन ९, आईतवार १८:४०
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

आगामी वैशाखसम्म मेलम्चीको पानी उपभोक्तको धारामा

नेकपा आधिकारिकता विवाद : निर्वाचन आयोगको भूमिकामाथि १० प्रश्न

फैसला आउने दिन नजिकिएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version