• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव


पाल्पाको रानीमहलमै होटेल चलाएर ‘हनिमुन गन्तब्य’ बनाउन प्रस्ताव

काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो ।

तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान)  आफैं पनि यो प्रस्तावको पक्षमा छैन ।

पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरवार हो । यसको निर्माण विसं १९५४ सालमा भएको थियो। यो महल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरवार बनाउन लगाएका थिए ।

सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । रानीमहलमा आकर्षक चार तले भवन रहेको छ । महलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू छन् ।

पर्यटन बोर्ड भने एतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ ।

‘हामी पर्यटनमा विविधीकरण खोज्छौं,’ बोर्डका प्रमुख कायर्कारी अधिकृत सीईओ डा. धनन्जय रेग्मीले भने, ‘त्यसका लागि फरक खालका उत्पादनमा लाग्नुपर्छ, त्यसमध्ये एउटा उत्पादन हो रानीमहल ।’ रानीमहललाई ‘हनिमुन गन्तब्य’ बनाउन सकिने बोर्डको अवधारणा छ । ‘रानीमहल प्रेमसँग जोडिएको गन्तब्य हो, उनी भन्छन्, ‘हामी यसलाई नवजोडीसँग किन नजोड्ने ?’

रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणा छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ ।

ऐतिहासिक सम्पदामा व्यापारीकरणको प्रश्न 

पुराना दरवारलाई होटेलमा परिणत गर्ने काम २००७ सालबाटै शुरु भएको हो । पूर्वअर्थमन्त्री मधुकरशमशेर राणाका बुबा महेश्वर शमशेरले २००७ सालमा खोेलेका नेपाल होटेल दरबारमै खुलेको थियो । त्यसपछि शंकर होटेलसहितका थुप्रै दरबारमा होटेल खुलेका उदाहरण छन् । चन्द्र समशेरको लाल दरबारमा अहिले याक एन्ड यति होटल सञ्चालनमा छ ।

तर, ती सबै दरबार राणाकालीन व्यक्तिगत सम्पत्ति थिए । रानीमहल भने ऐतिहासिक सार्वजनिक सम्पत्ति हो ।

यस्तो संरचनालाई बचाएर आसपासमा व्यापारिक प्रयोजनका संरचना बनाएर पर्यटक आकषिर्त गर्न सकिने होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘दरबारमा होटेल बनेका छन्, तर व्यक्तिगत सम्पत्तिमा’, उनले भने ‘यो त सार्वजनिक सम्पत्ति हो, भारतको ताजमहलको अवधारणामा बनेको रानीमहल आफैंमा होटेल बनाउन मिल्दैन ।’

रानीमहल पश्चिम नेपालको इतिहास भएको भन्दै उनले पर्यटकलाई रानीमहलसम्म पुग्ने वातावरण बनाउन आसपासमा ठूला होटेल र पर्यटकीय संरचना बनाउन सकिने सुझाव दिए ।

‘ताजमहललाई होटेल बनायो भने कति पर्यटक जालान ? तर भारतले त्यसो गर्दैन, उनी भन्छन्, ‘सम्पदाभित्र होटेल बनाउने होइन, ‘सम्पदा देखाएर आसपासमा होटेल चल्ने वातावरण बनाउनु पर्‍यो ।’

के छ प्रस्ताव  ?

रानीमहल अहिले अपनत्व लिने निकायको अभावमा जीर्ण बन्दै गएको छ । एकातर्फ नदीको कटानबाट बचाउने गरी संरचना बनाउन सकिएको छैन । अर्कोतर्फ दरवारका संरचनाहरुसमेत जीर्ण बनेका छन् । यसअवस्थामा रानीमहलको बाहिरी र भित्री ऐतिहासिक स्वरुपलाई नबिगारी मर्मत गर्न सकिने बोर्डको प्रस्ताव छ ।

त्यसक्रममा दरवारभित्र रहेका कोठालाई मौलिक शैलीका कोठामा डिजाइन गर्न सकिने सीइओ रेग्मीले बताए । ‘संरचना नबिगारी भित्र होटेलको स्वरुप दिन सकिन्छ,’ उनले भने । ती होटेलका कोठालाई सामान्य होटेलको तुलनामा महंगो दरमा बिक्रि गर्न सकिने बोर्डको अवधारणा छ ।

यसको जिम्मा भने स्वयम् स्थानीय सरकार र पर्यटन व्यवसायीलाई दिइने छ । यसबाट आम्दानी र अपनत्व दुबै स्थानीय तहमा हुनेछ । होटेलबाट प्राप्त भएको आम्दानीको निश्चित अंश भने दरबारको संरक्षण र प्रवर्द्धनमा लगाउने गरी यो अवधारणा ल्याएको उनले जानकारी दिए ।

अहिले स्थानीय तहसँग बजेट नहुने र केन्द्रले वास्ता नगर्दा दरवार संरक्षणको अभावमा जीर्ण बनेको छ ।

वाटर एक्टिभिटी र बिच टूरिजमको योजना

बोर्डको अवधारणा अनुसार रानीमहलमा हेरिटेज होटेल रहने छ भने त्यसअगाडी र आसपास रहेको कालीगण्डकी नदीमा भने पानीमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने छ ।

जहाँ र्‍याफ्टिङदेखि स्वीमिङसम्मका गतिविधि हुनेछन् । फराकिलो नदी किनारलाई विकास गरी व्यवस्थित गरिनेछ । रानीमहलमा पर्यटक आकषिर्त गर्न सक्दा यसले पाल्पाका अन्य आकर्षक गन्तब्यलाई समेत पर्यटकीय उत्पादनसँग जोड्न सकिने बोर्डको अवधारणा छ ।

बोर्डका अनुसार हनिमुन टूरमा रानीमहल जाने पर्यटकले यस आसपासमा रहेका भैरव मन्दिर, तानसेन बजारसम्म घुमफिर गर्न सक्नेछन् ।

भारतीय पर्यटक यहाँ पुग्न लुम्बिनी हुँदै जानुपर्ने भएकाले लुम्बिनी र रानीमहललाई जोडेर समेत प्याकेज निर्माणको सम्भावना रहेको बोर्डले जनाएको छ ।

३० करोड लगानीको प्रस्ताव

बोर्डले पहिलो चरणमा हेरिटेज होटेल, वाटर एक्टिभिटी र नदी किनारमा संरचना बनाउने ३० करोड रुपैयाँ लगानीको प्रस्ताव समेत गरेको छ । यस्तो लगानी ३ वर्षको अवधिमा गर्न सकिने र यो क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने बोर्डको अवधारणा छ ।

दरवारको संरक्षण पनि नगर्ने र विकास तथा प्रवर्द्धन पनि नगर्ने हो भने त्यसको ऐतिहासिकता पनि हराउने भन्दै धेरै भन्दा धरै पर्यटकलाई देखाएरै यस्ता संरचनालाई लामो समय बचाउन सकिने सीईओ रेग्मी बताउँछन् ।

बोर्डको यस्तो प्रस्तावलाई सरकारले अनुमति दिएमा भने पर्यटन व्यवसायी लगानीका लागि तयार रहेको सीइओ डा. रेग्मी बताउँछन् ।

‘यो प्रस्तावमा स्थानीय सरकारदेखि व्यवसायीसम्म सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘यो ऐतिहासिक संरचनाको संरक्षण र विकासको मोडल हो ।’ यसमध्ये रानीमहलको अगाडी कालीनदी किनारामा पर्यटकीय संरचना बनाउने र पानीजन्ज गतिविधि संचालन गर्ने सम्बन्धमा भने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम नै अगाडी बढेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल
  • २०७७ फाल्गुन ९, आईतवार १६:५७
  • In "देश"
  • बंगलादेशी एक कम्पनीबाट ७०० कर्मचारी नेपाल घुम्न आए
  • २०७७ फाल्गुन ९, आईतवार १६:५७
  • In "BannerNews"
  • पश्चिम सेती र एसआर ६ आयोजना भारतीय कम्पनीले पायो
  • २०७७ फाल्गुन ९, आईतवार १६:५७
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती माग

प्रदेश प्रमुख झालाई ओली समर्थित युवा संघले लगाइदियो १०१ किलोको माला

महिला हिंसा र बलात्कारविरुद्ध प्रचण्ड-माधव समूहको महिलाको प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version