No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

पोखरा । कोरोनाकालमा सबै क्षेत्र ठप्प थिए । तर पृथ्वीचोकमा मोबाइल पसल गर्ने जीवन ढुंगानालाई भने लकडाउन अवधिभर फुर्सद नै भएन । लकडाउन भएको एकडेढ महिनादेखि स्मार्ट मोबाइल खोज्दै आउनेहरु बढेका थिए ।

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, थुप्रै मोबाइल व्यवसायीलाई लकडाउन अवधिमा गर्न भ्याइनभ्याइ थियो । त्यो दबाव डिलर तथा आयातकर्तासम्म पुग्यो ।

‘भएका स्मार्ट मोबाइलको स्टक सकियो । सबै नाका र ˆलाइट बन्द थियो, डिमाण्ड भने बढेको/बढ्यै छ,’ नेपालमा सामसुङ मोबाइल बिक्री गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा भन्छन्, ‘प्लेन चार्टर गरेर मोबाइल भित्रायौं र डिमान्डलाई पूरा गर्‍यौं ।’ मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष मलहोत्राले कोरोनाकालमा स्मार्ट फोन बिक्री उत्साहजनक रहेको बताउँछन् ।

शनिबार नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको अधिवेशनमा मल्होत्राले कोरोनाकालमा स्मार्ट फोन बढी बिक्री हुनुको मुख्य ३ कारण सुनाए । ‘बोर्डरहरु बन्द भए चोरी पैठारी कम भए । विद्यालयमा अललाइन क्लास सुरु भयो । मासिनसहरु लकडाउनका बेला स्मार्ट फोनमा रमाउन थाले,’ मल्होत्राले भने, ‘कोरोनाकालमा सामान्य फोनलाई स्मार्ट फोनले धेरै बिस्थापित गर्‍यो ।’

लकडाउनको कुनै महिना १० अर्ब रुपैयाँसम्मको मोबाइल बिक्री भएको मल्होत्राले सुनाए ।

सामान्य बेलामा २/३ अर्बको मोबाइल बिक्री हुने भन्दै भने, ‘लकडाउनमा मोबाइल फोनको डिमान्ड एक्कासी बढ्यो । अनलाइनमार्फत माग हुन थाले । हामीसँग भएको स्टक सबै बेचिसकेका थियौं । त्यसपछि चार्टर ˆलाइटमार्फत सामसुङ लगायत धेरै स्मार्ट फोन नेपालमा लकडाउनकै समयमाभित्र्याइयो ।’

गण्डकी प्रदेशमा मात्र कोरोनाकालमा पनि आधिकारिक रुपमा प्रतिमहिना १५ करोड बराबरको मोबाइलको कारोबार भएको मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष शिव पहारीले बताए ।

‘डिमाण्ड पूरा गर्न ठूलो चुनौति थियो । चीन, भियतनाम, हङकङबाट लगायतका देशबाट मोबाइल ल्याउँथ्यौं,’ अर्का मोबाइल आयातकर्ता सञ्जय मल्होत्राले भने, ‘कोरोनाकालमा व्यापार नगरेको भए अहिले किस्ता तिनै गाह्रो हुने थियो ।’

झण्डै ५० प्रतिशत अवैध मोबाइल

व्यवसायीहरुका अनुसार लकडाउनमा स्मार्ट फोन बिक्री भएको रेकर्ड देखिनुको मुख्य कारण वैध व्यापार हो । आयातकर्ता संघका अध्यक्ष मल्होत्रा भन्छन्, ‘नेपालमा झण्डै ५० प्रतिशत त चोरी-पैठारीका मोबाइल बिक्री भइरहेका छन् ।’

राज्यको विधि मिचेर, भन्सार छलेर ल्याइने मोबाइलले नेपाली बजार कब्जा गरिरहेको मल्होत्राको भनाइ छ । ‘सामसुङ, एमआई जस्ता स्मार्ट फोनहरु एक्टिभेट भएको बेलाको रेकर्ड हेर्दा कहाँबाट बिक्री भएको मोबाइल हो भन्ने देखिन्छ,’ उनले भने, ‘५० प्रतिशत फोन त विधि मिचेर, भन्सार छलेर आइरहेको छ ।’

उनका अनुसार त्यही कारण लकडाउनमा उकालो लागेको मोबाइलको ब्यापार अहिले ओरालो लागेको छ ।

दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्ने हो भने स्मार्ट फोन प्रयोगकर्ताको ग्राफ भने बढिरहेको उनी बताउँछन् । मल्होत्राले भने, ‘ मोबाइलको चोरी पैठारी रोकिन सकेको छैन । ग्राहकले पनि कुन चोरी हो, कुन होइन भन्ने बुझ्दैन ।’

मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष पहारीले पनि चोरीपैठारीका मोबाइल कारोबार गरेको देख्दापनि टुलुटुलु हेरे बस्नुपर्ने बताए । पहारीले भने, ‘पोखरामा पनि फलफूल र तरकारीको गाडीभित्र पनि बट्टामा पनि मोबाइल आउने रहेछ ।’

उपभोक्ताले पनि भ्याट बिल चाहिँदैन, सस्तो मोबाइल दिनुस् भन्ने गरेको उनले सुनाए ।

वडा प्रहरी कार्यालय बैदामकी डिएसपी चिनिमाया तामाङले चोरीका मोबाइल प्रहरीको पनि टाउको दुखाइ बनेको बताउँछिन् । ‘पोखरामा चोरी भएको मोबाइल काठमाडौंमा चल्छ, नेपालमा चोरी भएको मोबाइल भारतमा चलिरहेको हुन्छ । चोरी पैठारी प्रहरीकै टाउको दुखाइ बनेको छ,’ तामाङले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

ओलीले समृद्धिको सपना देखाएर संविधान नै धरापमा पारे : विष्ट

ओलीले समृद्धिको सपना देखाएर संविधान नै धरापमा पारे : विष्ट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .