• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?


प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्‍न : लिदीका स्थानीयलाई सुरक्षित स्थानमा किन सारिएन ?

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार बालुवाटारमा भएको छलफलमा संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेको जनाइएको छ ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसँगको भेटमा लिदीका स्थानीयले दस दिन अघिदेखि नै गुहार गर्दा पनि किन सुरक्षित स्थानमा नसारिएको भनेर देउवाले प्रश्न गरेका थिए । देउवाको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँबासीले दस दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’ देउवाले मुलुकका विभिन्न भागमा पनि बाढी पहिरोले क्षति पुर्याए पनि सरकारको भूमिका सन्तोषजनक नरहेको उल्लेख गर्दै व्यवस्थित र प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप लगाएका छन् । आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ गरेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पुर्‍याउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गरेका छन् । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएका समस्या समाधानका लागि तत्काल संवाद थाल्न पनि देउवाले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । भेटमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसमेत सहभागी थिए । ekantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्ड र ओलीसँग छलफल गर्न बालुवाटार पुगे देउवा
  • २०७७ भाद्र १, सोमबार १६:४८
  • In "समाचार"
  • प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता
  • २०७७ भाद्र १, सोमबार १६:४८
  • In "BannerNews"
  • कांग्रेस सांसदहरुको एकैस्वर : देउवा नै संसदीय दलको नेता, उहाँकै नेतृत्वमा सरकार बन्छ
  • २०७७ भाद्र १, सोमबार १६:४८
  • In "BannerNews"
Tags: #कोरोना

Netramani Singh

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो

कोरोनाबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या १०७ जना पुग्यो

एसईईको परीक्षाफल केहीबेरमैं आउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version