• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ स्वार्थ र जातीय एकतामा खलल पुर्‍याएको भन्दै चीनले बन्द गरिदियो बिबिसी !


चिनियाँ स्वार्थ र जातीय एकतामा खलल पुर्‍याएको भन्दै चीनले बन्द गरिदियो बिबिसी !

काठमाडौं : चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ।

केही हप्ताअघि चीन सरकारले कोभिड-१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए। बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए।

‘उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू-भागमा निरन्तरता दिन सकिन्न,’ चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ। उसले बिबिसीले अर्को वर्ष प्रसारण अनुमतिका लागि दिने निवेदन पनि स्वीकार नगर्ने बताएको छ।

यसअघि पनि बिबिसी चीनका केही होटल, व्यापारिक केन्द्र र विदेशीका आवासीय केन्द्रबाहेक बाहिर प्रसारण हुँदैनथ्यो।

बिबिसी चिनियाँ अधिकारीहरूको लिएको यस्तो निर्णयले दु:खित बनाएको उल्लेख गर्दै बिबिसीले कसैको डर र लोभमा नपरी संसारभरिबाट निष्पक्ष समाचार संकलन र प्रसारण गरिरहेको बताएको छ।

बिबिसीमाथिको यो प्रतिबन्धले चीन र बेलायतबीच पछिल्लो चिसिँदै गएको सम्बन्धलाई झन् खस्काएको छ।

गत वर्ष बेलायतको पूर्वउपनिवेश हङकङमा बेइजिङले राष्ट्रिय सुरक्षा कानुन लागु गरेर विपक्षीहरूमाथि दमन सुरू गरेसँगै ठूला व्यापार साझेदार यी मुलुकको सम्बन्धमा तनाव सुरू भएको थियो। त्यसपछि बेलायतले चिनियाँ लगानीमा थप प्रतिबन्ध लगाएको थियो।

बेलायती विदेश मन्त्री डोमिनिक राबले बिबिसीमाथिको प्रतिबन्धलाई मिडिया स्वतन्त्रतामाथिको अस्वीकार्य अंकुश भनेका छन्। यसले संसारको आँखामा चीन छविलाई धुमिलमात्र बनाउने उनको भनाइ छ।

चिनियाँ सरकारको यो निर्णय यही महिना बेलायतले गरेको सिजिटिएन टेलिभिजनको प्रसारण अनुमति फिर्ता लिने निर्णयको बदला पनि हो।

अंग्रेजी भाषाको टेलिभिजन सिजिटिएनलाई चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको भन्दै बेलायतले लाइसेन्स फिर्ता गर्ने निर्णय गरेको थियो।

सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उईगर मुस्लिमहरुलाई थुन्न २४० केन्द्र , जहाँ दिईन्छ चरम यातना र कम्युनिस्ट पाठ
  • २०७७ माघ ३०, शुक्रबार १३:१९
  • In "अन्तराष्ट्रिय"
  • IP टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्बोच्चमा रिट
  • २०७७ माघ ३०, शुक्रबार १३:१९
  • In "सूचना-प्रविधि"
  • धनुषामा सञ्चारगृहमा पसेर आतंकित पार्ने प्रहरीको काम, पत्रकारलाई ईलाकामा लगेर धम्की
  • २०७७ माघ ३०, शुक्रबार १३:१९
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मौद्रिक नीतिको समीक्षा आगामी साता, के-के परिवर्तन होला ?

पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्ली प्रस्थान

जसपाका केन्द्रीय सदस्य हवारी ओली समूहमा प्रवेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version