काठमाडौं । अख्तियारका कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजीनामा दिने भएका छन् ।
आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष जोशीले राजीनामा दिन लाग्नुभएको हो । उहाँले आज नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजीनामा बुझाउने तयारी गर्नुभएको छ ।
आयोगको प्रमुख आयुक्तमा आफूभन्दा जुनियर प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राजीनामा दिन लाग्नुभएको हो । विगतमा राईले जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गर्नुभएको थियो ।
जोशी र आयोगकी आयुक्त डा सावित्री थापा गुरुङ बुधबार कार्यालय जानुभएको छैन ।
नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तहरु जयबहादुर चन्द र किशोर कुमार सिलवालको बुधबार दिउँसो साढे १२ बजे आयोगमा पदभार ग्रहण गर्ने तयारी छ ।
