No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निर्वाचन आयोगले गर्ने कि सरकारले ? होला त वैशाखमा निर्वाचन ?

निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ का लागि तोकेकै दिन निर्वाचन हुने हो भने अब ८६ दिन बाँकी छ । निर्वाचन अवधि सुरु हुन ९० दिन बाँकी नरहँदा पनि आयोगले दल दर्ताको आह्वानसमेत गर्न सकेको छैन ।

त्यसैले वैशाखका लागि तोकिएको निर्वाचनको सम्भावना न्यून हुँदै गएको छ । तर निर्वाचन सम्पन्न गराउन आवश्यक समय भने बाँकी रहेको पूर्व प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादव बताउनुहुन्छ । उहाँका अनुसार आयोगले बाँकी ८६ दिनमा पनि निर्वाचन सम्पन्न गराउन सक्छ । तर सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा र एउटै दल नेकपाको अधिकारिकताको विवाद मुख्य अप्ठ्यारोको रुपमा रहेका छन् ।

उहाँले सरकारबाट मिति घोषणा गरिसकेपछि निर्वाचन आयोगले तयारी थाल्न ढिलाइ गर्न नहुने बताउनुभयो । संवैधानिक इजलासमा जारी मुद्दा र सत्तारुढ दलको आधिकारिताको विवादले खास खास काम गर्न अप्ठ्यारो भए पनि बाँकी तयारी गर्न आयोगलाई केही कुराले नरोकेको उहाँले प्रष्ट पार्नुभयो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले विशेष परिस्थिति आयो भने मिति सार्न पनि सकिने धारणा राख्नुभयो । निर्वाचन देश र जनताका लागि भएकोले सहज र अनुकुल समयमा हुनपर्छ । त्यसैले निर्वाचन तयारीका लागि समय अपुग भएमा आयोगले समय बढाउन माग गर्न सकिन्छ ।

निर्वाचन सम्बन्धी ऐनमा हरेक पाँच वर्षमा आवधिक निर्वाचन हुने उल्लेख छ । त्यसैले सरकारले घोषणा गर्दैमा आयोगले पाँच वर्षमा हुने निर्वाचनको तयारी गर्न नहुने फरक मत पनि आइरहेका छन् । त्यस्तै निर्वाचन घोषणा आयोगले गर्ने कि सरकारले ? भन्ने प्रश्न पनि पेचिलो बनेको छ । यसबारेमा पूर्व प्रमुख आयुक्त यादवको भनाइ छ–निर्वाचन आयोग सम्बन्धी ऐनमा सरकारले आयोगको छलफलमा निर्वाचन घोषणा गर्न सक्ने उल्लेख छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपतिलाई गरेको सिफारिस बमोजिम राष्ट्रपतिबाट मध्यावधि निर्वाचनको आह्वान भएकोले अहिलेको अवस्था विशेष परिस्थिति हो । अर्को कुरा निर्वाचन घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने विषयमा २०६३ सालदेखि नै बहस हुँदै आएको छ । तर अझै सुनुवाइ भएको छैन ।

अहिले एकातिर छोटिदै गएको निर्वाचनको मितिसँगै सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ र नेकपाको आधिकारिताको विवाद कारण आयोग निर्वाचन कार्यक्रम द्रुतगतिमा अगाडि बढाउने नबढाउने भन्ने अल्मलमा छ । वैशाखमै निर्वाचन गर्ने भनेर सबै तयारी गरेर फेरि निर्वाचन मिति सर्यो भने तुलनात्मक रुपमा खर्चिलो हुने यादवको भनाइ छ । त्यसैले अहिले मिति सारेर विद्यमन राजनीतिक विवाद टुङ्गिन्छ भने सार्नु उपर्युक्त हुने उहाँको धारणा छ । किन भने निर्वाचनमा दलको भूमिका महत्वपूर्ण छ । त्यसमा पनि सत्तारुढ दलमै विवाद रहेको अवस्थामा एकोहोरो निर्वाचनमा जानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
अख्तियारका कार्यवाहक अध्यक्ष जोशीको राजीनामा

अख्तियारका कार्यवाहक अध्यक्ष जोशीको राजीनामा

जरुरी छ पशुपंक्षीसँग पनि सुमधुर सम्बन्ध

जरुरी छ पशुपंक्षीसँग पनि सुमधुर सम्बन्ध

सप्तरीमा ४१ किलो गाँजा बरामद

सप्तरीमा ४१ किलो गाँजा बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .