• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री र विप्लवको राष्ट्रवादमा समानता छ : मन्त्री थापा


प्रधानमन्त्री र विप्लवको राष्ट्रवादमा समानता छ : मन्त्री थापा

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्वलमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्ट्रवादी सोच बनिरहेकोले उनीहरु दुवैको चिन्तन मिल्ने बताए ।

मन्त्री थापाले नेकपा क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यले अध्ययन गरेको पूर्वीय सभ्यता, संस्कृति पनि प्रधानमन्त्री ओलीको अध्ययन र विचारसँग मिल्ने दाबी गरे ।

यसबारे आफूले प्रधानमन्त्रीलाई पनि जानकारी गराएको उनको भनाइ छ । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मन्त्री थापाले भने, ‘तपाईंको र विप्लवको राष्ट्रवाद मिल्छ जस्तो लाग्छ । बैद्य र तपाईंको पूर्वीय सभ्यता, संस्कृति पनि मिल्छ ।’

नख्खु कारागारमा रहेका प्रतिबन्धित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई मंगलबार कारागारमै गएर भेटेपछि मन्त्री थापाको यस्तो भनाइ आएको हो ।

वलीसँगको भेटपछि विप्लव समूह पनि राजनीतिको मूल प्रतिष्पर्धामा आउन चाहेको र त्यसका लाग सरकार र विद्रोही दुवै पक्षले वार्ताको वातावरण बनाउनु पर्ने थापाको भनाइ छ ।

वलीसँगको भेटमा राष्ट्रिय राजनीतिक कुरा पनि भएको र वर्तमान सरकारले यदि वार्ता गर्न चाह्यो भने आफूहरु वार्ताका लागि तयार रहेको वलीले बताएको थापाले जानकारी दिए । तर वलीले आफू पार्टीको आधिकारिक लाइनबाट टाढा रहे पनि नेकपा विप्लव समूह वार्ता विरोधी नभएको प्रष्ट्याएका थिए ।

हेमन्त प्रकाश वली मन्त्री थापाका जनयुद्धकालिन साथी र रुम पार्टन पनि हुन् । वली पक्राउ पर्नु एक महिनाअघि पनि दुई नेताबीच भेटघाट भएको थियो ।

विप्लव समूहले अंगिकार गरेको अहिलेको आन्दोलन र जंगलको राजनीति अहिलेको आवश्यक नभएको मन्त्री थापाले बताए । उनीहरुका पनि केही सर्तहरु रहेको भन्दै थापाले वार्ताअघि युद्धविराम हुने बताए ।

विद्रोहीलाई सहि बाटोमा ल्याउनका लागि ट्रयाक वान, टु, थ्रिका पोलिसि हुने भन्दै सरकार त्यही बाटोमा रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पीएम कप क्रिकेटमा बेस्ट ११

नेकपा ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव

निर्वाचन आयोगले गर्ने कि सरकारले ? होला त वैशाखमा निर्वाचन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version