• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध


नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली समूहका नेता शंकर पोखरेल बनिरहेको पुल शिलान्यास गर्न रोल्पा आउन लागेको भन्दै प्रचण्ड–माधव समूहले विरोध गरेको छ ।

सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुल शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आउन लागेको प्रदेशसभा सदस्य एवम् नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले बताए । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएर पुल निर्माण कार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माण कार्य सुरु भएको थियो । उनका अनुसार २५ प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ ।

तीनवटा पुलको शिलान्यास गर्न मुख्यमन्त्री पोखरेल रोल्पा जान लागेको उनको सचिवालयले जनाएको छ ।

सामान्यतया कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ । तर, निर्माण कार्य सकिने चरणमा रहेको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

प्रचण्ड–माधव समूहका नेता पुनले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली गुटको भेला आयोजना गरिएको टिप्पणी गरे । ‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रम भन्दा कोही आउँदैनन्’, पुनले भने, ‘सरकारका साधनस्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तार गर्ने प्रयास भएको छ ।

निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए । उनले यसअघि मुख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रोल्पा र रुकुममा पनि चुनाव जित्छौं : पोखरेल
  • २०७७ माघ १७, शनिबार १२:००
  • In "गण्डकी प्रदेश"
  • गुल्मीको मालिकामा २ वटा पक्की पुल शिलान्यास
  • २०७७ माघ १७, शनिबार १२:००
  • In "थप"
  • प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै
  • २०७७ माघ १७, शनिबार १२:००
  • In "थप"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

चिनियाँसहित ४ कम्पनी सरकारको कालोसूचीमा

फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला, उल्टिए ४ निर्णय

भारतको ताकेता सफल : आकर्षक तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version