• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?


प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?

 काठमाडौं । अघिल्लो साता प्रभु बैंकको सञ्चालक समितिमा दुई नयाँ अनुहार देखिए । बैंकको साधारण सभाबाट प्रमोद घिमिरे र रामेश्वर सापकोटा सञ्चालकमा चुनिए । यसअघि सञ्चालक रहेका ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः दोहोरिए ।

तर बैंकका अध्यक्ष रहेको देवीप्रकाश भट्टचन भने प्रभु बैंकबाट बाहिरिएका छन् । बैंकको अध्यक्ष बन्न पहिले सञ्चालक बन्नुपर्ने हुन्छ । सञ्चालकमा निर्वाचित भएपछि  सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष चुनिने हुन् ।

भट्टचनले भने अध्यक्षका लागि उम्मेद्वारी नै दिएनन् । भट्टचन अध्यक्षबाट बाहिरिएपछि अनेक अड्कलबाजीहरु हुन थालेका छन् । प्रभु बैंकलाई अहिलेको स्थानमा पुर्‍याउने नै उनै भट्टचन हुन् ।

प्रभु बैंक कुनै बेला एउटा फाइनान्स कम्पनी थियो । पछि विकास बैंक भयो । अहिले यहाँसम्म आइपुग्नका लागि प्रभु बैंकले २ वटा वाणिज्य बैंक गाभेको थियो । तत्कालीन ग्राण्ड र किष्ट बैंक भट्टचनकै नेतृत्वमा प्रभुमा विलय भएका थिए ।

‘छाड्नु पर्ने खास कारण केही छैन’

निकै समस्यामा परेका बैंकलाई गाभेर अहिले अब्बल वाणिज्य बैंक प्रभु बन्नुमा पनि भट्टचनकै सक्रियताको प्रतिफल हो । ग्राण्डमात्रै होइन, किष्ट बैंक पनि निकै समस्यामा रहेका बेला प्रभुले लिएको थियो । प्रभुमा गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, वैभब फाइनान्स जस्ता संस्थाहरु पनि विलय भएका छन् ।

त्यसबेला किष्ट बैंकको व्यवस्थापन प्रभु समूहले लिएपछि ३० भदौ २०७१ मा एकीकृत कारोबार सुरु भएको थियो । प्रभुको प्रवेशसँगै नाममात्रै फेरिएन, एक किसिमले बैंकको कायापलट नै भयो । अहिले प्रभु बैंक निकै बलियो बनेको छ ।

सेयरधनीलाई पनि बैंकले राम्रै प्रतिफल दिन शुरु गरिसकेको छ । गत आर्थिक वर्षको मूनाफाबाट प्रभुले बोनसमात्रै १० प्रतिशत दिएको छ ।

मेहनत गरेर बैंकलाई अहिलेको स्थानमा ल्याइपुर्‍याएका भट्टचनले आखिर किन बैंक छाडे त ? यो प्रश्न अहिले बैंकिङ क्षेत्रमा चल्तीको प्रश्न हो । यस विषयमा भट्टचनले भने खास कुनै कारण नरहेको बताए । अनलाइनखबरसँगको जिज्ञासामा उनले छाटो प्रतिक्रिया दिँदै भने, ‘सल्लाहले नै हो, खास केही कारण छैन ।’

प्रभु लाइफलाई अव्वल बनाउने योजना

भट्टचनले तत्कालीन प्रभु फाइनान्स तथा प्रभु विकास बैंकको समेत अध्यक्षको रुपमा सफल नेतृत्व गरे । संस्था अपग्रेड हुँदै गयो, तर भट्टचन नेतृत्वमा रहिरहे । उनकै नेतृत्वमा समस्यामा फस्न लागिसकेको किष्ट बैंक गाभियो ।

त्यसपछि अर्को वाणिज्य बैंक ग्राण्ड पनि भट्टचनकै नेतृत्वमा प्रभुमा गाभिएको थियो । प्रभु बैंक बनिसकेपछि पनि उनी २ कार्यकाल अध्यक्ष बने । अब भने उनको चाहाना प्रभु लाइफ लाइफ इन्स्योरेन्सलाई अब्बल बनाउने छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार अब प्रभु लाइफको अध्यक्षको रुपमा भट्टचन हुनेछन् ।

प्रभु लाइफको सञ्चालक समिति सदस्य रहेका रामेश्वर सापकोटाले राजीनामा दिएर प्रभु बैंकको सञ्चालक चयन भएका छन् । प्रभु लाइफले भर्खरै सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको छ । अर्थात् हालसम्म सर्वसाधारणको प्रतिनिधित्व प्रभु लाइफमा छैन ।

संस्थापक समूहतर्फबाट नै अहिले ५ जना कम्पनीको सञ्चालक रहेका छन् । एक जना स्वतन्त्र सञ्चालक सहित दुई सञ्चालक पद प्रभु लाइफमा रिक्त छ । प्रभु लाइफको अध्यक्ष अहिले डा. आत्मराम घिमिरे रहेका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत भने राष्ट्र बैंकको सेवा निवृत कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल रहेका छन् । प्रभु लाइफलाई अन्य कम्पनीसँग प्रतिष्पर्धा गर्न सहज होस भनेर नै कार्यकारी नेतृत्वको जिम्बेवारी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पौडेललाई दिइएको थियो ।

संस्था अहिले पनि राम्रै छ, यसलाई अझै राम्रो बनाउनका लागि पनि भट्टचनले नेतृत्व गर्न चाहेको बुझिएको छ । हाल अध्यक्ष रहेका घिमिरेले पनि आफू नेतृत्व सुम्पन तयार रहेको बताएका छन् । संस्थाको आईपीओ निष्कासन पश्चात नेतृत्व छाड्ने तयारीमै आफू रहेको र अब समय पनि भइसकेको उनले सुनाए । तर भट्टचनकै आग्रहमा आफू अध्यक्ष बसेको उनको प्रतिक्रिया छ ।

‘मैले त अब छाड्छु भनिसकेको छु, मैले चाहेको नै यही हो’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष घिमिरेले भने, ‘अहिले नछाड्नु उहाँहरुले नै भन्नु भएको हो, भट्टचन सर आउनु भयो भने खुसीकै कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • श्रीलंकाको बैंकसँग नबिल बैंकका सञ्चालकहरूको सम्बन्धबारे अध्ययन हुने
  • २०७७ माघ ३, शनिबार १४:२९
  • In "BannerNews"
  • ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !
  • २०७७ माघ ३, शनिबार १४:२९
  • In "समाचार"
  • प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
  • २०७७ माघ ३, शनिबार १४:२९
  • In "BannerNews"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक होऔँ : रामचन्द्र पौडेल

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version