No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

के हो जीवाणु (ब्याक्टेरिया) ?


के हो जीवाणु (ब्याक्टेरिया) ?

अठाह्रौं शताब्दीको पूर्वाद्र्धसम्ममा सूक्ष्म जीवाणुको बारेमा कुनै किसिमको जानकारी थिएन । तर हाल आएर यस्ता सूक्ष्म जीवाणुहरु पत्ता लगाइएका मात्र नभई यिनीहरुबाट हुने फलदायी र हानिकारक क्रियाकलापहरुबारे जनकारीका साथै विभिन्न किसिमका अनुसन्धान कार्य क्रमिकरुपमा अगाडि बढिरहेको छ । आज हामी एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि जीवाणुको नाम सुन्दा झसङ्ग हुनुपर्ने अवस्था बाँकी रहेको छ । तर सबै जीवाणुहरु हानिकारक हुन्छन् भन्न चाहिँ सकिँदैन । सर्वप्रथम रवर्ट कोक भन्ने वैज्ञानिकले सन् १८८० मा क्षयरोग लगाउने र एन्थ्राक्स लगाउने जीवाणु पत्ता लगाएका थिए । त्यसैले उनलाई जीवाणु विज्ञानका पिता पनि भनिन्छ । यहाँबाट जीवाणु पत्ता लगाउने क्रम जारी रहँदै जाँदा आज आएर जीवाणुहरु कति किसिमका छन् भनेर गन्न र भन्न पनि मुश्किल पर्ला जस्तो भईसकेको छ । जीवाणुहरु आँखाले देख्न नसकिने सूक्ष्म एककोषीय जीव हुन् ।  यिनीहरुको कोष एउटै र अति सरल हुने भएकोले शरीरले सम्पूर्ण प्रकृया जस्तै ः श्वासप्रश्वास वृद्धि, दहनक्रिया आदि एउटै कोषभित्र सम्पन्न हुन्छन् । यिनीहरुमा बनस्पति कोषमा पाइने क्लोरोफिल भन्ने खाना निर्माणको निम्ति चाहिने तत्व हुँदैन । त्यसैले यिनीहरु मृत जीवमा आश्रित हुने वा अन्य जीवमाथि निर्भर हुने हुन्छन् । मृत जीवमा आश्रित जीवाणुले मानव शरीरलाई फाइदा हुने कार्य गर्दछ । तर तिनीहरु मानिसको निम्ति हानिकारक हुँदैनन् । सजीवमा आश्रित जीवाणुहरु हानिकारक हुने गर्दछन् । तिनीहरुले प्राणीहरुमा विभिन्न रोग उत्पन्न गराई दुःख दिने गर्छन् । जीवाणुहरु प्रतिकूल वातावरणमा पनि बाँच्न सक्ने भएकोले प्रायःजसो तिनीहरु हावा, पानी, माटो तथा हाम्रो शरीरको छालाबाहिर पनि पाइन्छन् ।

जीवाणुहरु साह्रै सूक्ष्म हुने भएकाले यिनीहरुलाई माइक्रोमिटर इकाईमा नापिन्छ । प्रायःजसो मानिसलाई हानी गर्ने जीवाणुको नाप करिब ०.५ देखि ६ माइक्रोमिटरसम्म हुन्छ । यसरी हानिकारक जीवाणुहरुमा क्षयरोगको जीवाणु माइक्रोव्याक्टेरियम ट्यूवरकुलोसिस, धनुष्टंकारको जीवाणु– ल्याक्ट्रीडियम टिटानी, लहरेखोकीको जीवाणु– बोरडेटेला पर्ट्युसिस, टाइफाइडको जीवाणु– साल्मोनेला, हैजाको जीवाणु – भिब्रियो कलेरा, भ्यागुतेरोगको जीवाणु– कोर्नेब्याक्टेरियम डिप्थेरिया आदि पर्दछन् । तर सबै जीवाणुहरु हानिकारक हुँदैनन् । जस्तै ः दही बनाउन ल्याक्टोबेसिलस, केही जातका एण्टिवायोटिक बनाउन स्पेप्ट्रोमाइसिस र राइजोवियमले बिरुवाको लागि आवश्यक नाइट्रोजन बनाउने कार्य गर्दै हामीलाई सहयोग गर्छन् । त्यस्तै गरी कोही एउटै जीवाणु हाम्रो शरीरको विभिन्न ठाउँमा बस्दै विभिन्न किसिमको कार्यमा संलग्न हुन पुग्दछ । जस्तै ः इस्चेरिचिया कोली भन्ने जीवाणु हाम्रो आन्द्रामा बस्दा हाम्रो शरीरलाई नभई नहुने तत्व भिटामिन बी–१२, भिटामिन के आदि जस्ता तत्वको उत्पादन गरिदिन्छ । त्यही जीवाणु मूत्रनली वा यससँग सम्बन्धित अन्य अंगमा प्रवेश गर्दा त्यसले त्यससम्बन्धी प्रणालीलाई नै नकारात्मक असरको शिकार बनाईदिन्छ । त्यस्तैगरी त्यही जीवाणु हाम्रो पाचन–प्रणालीमा बस्दा यसका कुनै कुनै जातले रगतमासी परेको जस्तो दिशा निकाल्न पनि पछि पर्दैन । यस्ता जीवाणुहरु मानव शरीरमा विभिन्न किमिसका माध्यमहरुबाट सर्ने गर्दछन् ।

सोझै संक्रमण: यसमा कुनै किसिमको माध्यमको आवश्यकता पर्दैन, रोग सोझै सम्पर्कबाट सर्दछ । यस्तो क्रियालाई सोझै संक्रमण भनिन्छ । जस्तै ः भिरिङ्गी, गोनोरिया आदि जस्ता रोगहरु सोझै सम्पर्कबाट सर्ने गर्दछन् ।

अप्रत्यक्ष संक्रमणः यसमा जीवाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै पुग्दैनन् । खाना, पानी, माटो आदि माध्यमबाट जीवाणुहरु एक व्यक्तिबाट अर्कोमा सर्दै रोग लाग्ने हुन्छ । यसमा जीवाणुहरुबाट हुने रोगहरु टाइफाइड, हैजा, धनुष्टंकार आदि पर्दछन् ।

बाहकको माध्यममबाट संक्रमण: यसमा माध्यमको रुपमा जीवित वस्तुहरु पर्दछन् । जीवित वस्तुले जीवाणुहरु बोकेर एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्नुका साथै जीवाणुहरु परिपक्व हुन त्यसैमा केही प्रक्रियाहरु अगाडि बढेका हुन्छन् । त्यस्तो जीवाणुबाहक जीवित वस्तुको सम्पर्कमा आउँदा त्यो रोग मानवमा सर्न पुग्दछ । जस्तै ः प्लेग रोग मुसामा र मुसाबाट मान्छेमा उपिंयाँबाट सर्ने गर्दछ ।

यसरी जीवाणु जीवनोपयोगी तथा जीवन अनुपयोगी रुपमा खडा भएर बस्दा हाम्रो लागि जीवाणुले लिएका उपयोगमूलक योगदानलाई चटक्क बिर्सन सक्दैनौं । तैपनि अन्य जीवाणुबाट हामीले भोग्नुपरेको पीडालाई पनि हामी नकार्न सक्दैनौं । त्यसैले यस्ता जीवाणुहरुबाट आफ्नो  शरीरलाई बचाउनको लागि हामीले विभिन्न तरिकाहरु अबलम्बन गर्न पछि पर्नु हुँदैन । पानीलाई उमालेर, सागसब्जीलाई पकाएर, फलफूललाई शुद्ध पानीले पखालेर र हातलाई साबुन पानी आदिबाट सफा गराएर हामीले जीवाणुबाट हाम्रो शरीरलाई बचाउनुपर्छ । यसरी हाम्रो जीवनका सामान्य व्यवहारमा परिवर्तन गर्दै गएमा हाम्रो जीवन फलदायी बन्न सक्छ ।

–विष्णुराज तिवारी
साभार : विज्ञान लेखमाला, रोनास्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा

स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा

यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात प्रेममा बफादार हुन्छन्

यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात प्रेममा बफादार हुन्छन्

विशेष क्यामेरासहितका इन्फिनिक्स नोट ७ नेपाली बजारमाः यस्ता छन् विशेषताहरु

विशेष क्यामेरासहितका इन्फिनिक्स नोट ७ नेपाली बजारमाः यस्ता छन् विशेषताहरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .