• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त


संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर बाहिरिएलगत्तै संसद्‌मा ठूलो विवाद र हंगामा भएको छ । लामो समयदेखिको मागपछि संसद्‌मा उपस्थित भएका प्रधानमन्त्री शाहले प्रत्येक राजनीतिक दलका एक–एक जना सांसदको जिज्ञासाको समाधान गरेर बैठकबाट बाहिरिएका थिए । तर, उनी निस्किएलगत्तै प्रतिपक्षी दलहरूले प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाउँदै हंगामा गरेका हुन् ।

बैठकको सुरुमै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री शाहलाई बोल्ने समय दिएका थिए । प्रधानमन्त्री रोष्ट्रममा उभिएर सांसदहरूका प्रश्नको सामना गर्न तयार भएसँगै सभामुखले दलगत रूपमा प्रश्न सोध्नका लागि प्रत्येक दललाई २–२ मिनेटको समय उपलब्ध गराएका थिए ।

सो क्रममा कांग्रेसका अर्जुननरसिंह केसीलगायत विभिन्न दलका सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सबै आयोगका प्रतिवेदनहरू एकमुष्ठ रूपमा अध्ययन गरेर सरकारले काम अघि बढाउने बताए । साथै, उपत्यकाको नदी किनारका सुकुमबासी व्यवस्थापनबारे टिप्पणी गर्दै उनले भने, “३५ वर्षमा हुन नसकेको सुकुमबासी व्यवस्थापन ३५ मिनेटमा नखोजौँ ।”

आफूलाई तोकिएका जिज्ञासाहरूको संक्षिप्त जवाफ दिएलगत्तै प्रधानमन्त्री शाह संसद् बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएलगत्तै संसद्‌मा नियमापत्ति र विरोधको शृङ्खला सुरु भयो । प्रतिपक्षी दल नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको आकस्मिक जवाफदेहिता र हलुका रूपमा लिइएको प्रश्नोत्तर प्रक्रियाप्रति आपत्ति जनाउँदै उठेर बोल्न समय मागेका थिए ।

विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष र विस्तृत प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्नेमा, त्यसलाई छलेर केवल औपचारिकता मात्रै पूरा गरिएको भन्दै संसद्‌मा नाराबाजी र विरोध गरे ।

विपक्षी दलका सांसदहरूले लगातार सिटबाट उठेर विरोध गरिरहेपछि र बैठक सञ्चालनमा अवरोध पुर्‍याएपछि सभामुख डोलप्रसाद अर्याल आसनबाटै झोक्किएका छन् ।

सभामुख अर्यालले संसद् सचिवालयको सुझाव र स्थापित कार्यविधिअनुसार नै प्रधानमन्त्रीलाई समय दिइएको र सबै दललाई समेटिएको स्पष्ट पार्दै सांसदहरूलाई शान्त हुन र आफ्नो स्थानमा बस्न कडा निर्देशन दिएका थिए । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले नियमापत्ति जारी राखेपछि संसद् बैठक केहीबेर निकै तनावपूर्ण र अन्योलग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ
  • २०८३ जेष्ठ १७, आईतवार १४:३६
  • In "BannerNews"
  • अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली
  • २०८३ जेष्ठ १७, आईतवार १४:३६
  • In "देश"
  • ओलिले उभिएर नै एमसीसी पास गराई दिए
  • २०८३ जेष्ठ १७, आईतवार १४:३६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version