• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने


मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो पाँच वर्षे कार्यकालमा प्राप्त हुने सम्पूर्ण सरकारी सेवा सुविधा र पारिश्रमिक सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणालाई कार्यान्वयनमा ल्याएका छन्।

शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर हमालले कार्यकालभरि प्राप्त हुने करिब ३९ लाख रुपैयाँ पारिश्रमिकमा आफ्नो तर्फबाट थप ५ लाख रुपैयाँ मिसाएर कुल ४४ लाख रुपैयाँ विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षा र अन्य सामाजिक सेवामा खर्च गर्ने बताएका हुन्।

निर्वाचनका समयमा सरकारी सुविधा र सवारी साधन प्रयोग नगर्ने बाचा गरेका हमालले हालसम्मको आफ्नो कमाइ र भावी खर्चको पूर्ण विवरण सार्वजनिक गरेका छन्।

मेयर हमालले पाँच आर्थिक वर्षमा सेवा सुविधा बापत कुल ३८ लाख ८२ हजार ८७३ रुपैयाँ प्राप्त हुने र त्यसमा व्यक्तिगत ५ लाख १७ हजार १२६ रुपैयाँ थप गरी ४४ लाख पुर्‍याएर सेवामा खर्चिने लक्ष्य राखेका छन्।

उनले हालसम्म २३ लाख ९० हजार ८८७ रुपैयाँ सामाजिक काममा खर्च गरिसकेका छन् भने बाँकी रहेको १४ लाख ८५ हजार १९५ रुपैयाँ पनि चालु शैक्षिक सत्रभित्रै खर्च गरिसक्ने योजना बनाएका छन्।

उनले विशेष गरी सार्वजनिक शिक्षाको सुधार, गौ संरक्षण, मानव सेवा आश्रम र अपाङ्गता भएका बालबालिकाको सहयोगका लागि यो रकम वितरण गर्दै आएका छन्।

पछिल्ला आर्थिक वर्षहरूमा उनले दृष्टि फाउन्डेसन, आमाको माया छात्रावास, दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालय र पञ्चोदय माध्यमिक विद्यालय जस्ता संस्थाहरूलाई आर्थिक सहयोग पुर्‍याएका छन्।

आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा उनले सामुदायिक विद्यालयका हजारौँ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत र आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा रहेका बालबालिकाहरू आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताएका छन्। विद्यालयमा विद्यार्थीहरूको दयनीय अवस्था देखेपछि आफूले यो परोपकारी कार्यको सुरुवात गरेको उनले स्मरण गरे।

मेयर हमालले सामुदायिक विद्यालयका शिक्षकहरूको सुझावका आधारमा वास्तविक आवश्यकता भएका विद्यार्थीहरू पहिचान गरी सहयोग पुर्‍याउँदै आएका छन्।

चालु आर्थिक वर्षको असार मसान्तसम्ममा थप शैक्षिक सामग्री वितरणको काम सम्पन्न गर्ने र आफ्नो पारिश्रमिकको एक रुपैयाँ पनि व्यक्तिगत प्रयोजनमा नलगाउने उनले पुन: स्पष्ट पारेका छन्। जनप्रतिनिधिले राज्यको ढुकुटीबाट सुविधा लिने परिपाटीका बीच मेयर हमालले गरेको यो व्यक्तिगत त्याग र सेवाभावको धनगढीमा निकै प्रशंसा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेयर कल्याणकारी कोषबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग
  • २०८३ बैशाख २५, शुक्रबार १५:५१
  • In "देश"
  • शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च
  • २०८३ बैशाख २५, शुक्रबार १५:५१
  • In "देश"
  • सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म
  • २०८३ बैशाख २५, शुक्रबार १५:५१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

Next Post

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version