No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको सरकारको कठिन परीक्षा सुरु हुने निश्चित भएको छ।

चुनाबअघि सार्वजनिक गरिएको वाचापत्रमा ‘न्यायाधीश नियुक्ति प्रक्रियामा दलगत प्रभाव, आन्तरिक प्रतिस्पर्धाको अभाव तथा भागबन्डा आधारित सिफारिस जस्ता प्रवृत्तिको अन्त्य गर्ने’ भनेको रास्वपाले सरकारमा जानेबित्तिकै ‘दलको दलदल’ पार गर्नुपर्नेछ।

आगामी चैत १८ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाउँदैछन्। उनीपछिको प्रधानन्यायाधीश नियुक्त गर्ने जिम्मेवारी बालेन सरकारको हुनेछ।

प्रधानन्यायाधीश नियुक्त गर्ने निकाय संवैधानिक परिषदको अध्यक्षको रुपमा यो उनको परीक्षाको घडी हुनेछ। किनकि प्रधानन्यायाधीशको प्रमुख दावेदार नै दलीय आधारमा नियुक्त भएकी न्यायाधीश छिन्।

प्रधानन्यायाधीश राउतको अवकाशसँगै स्वतः कायम मुकायम प्रधानन्यायाधीशको रुपमा सर्वोच्च अदालतको नेतृत्व सपना प्रधान मल्लको हातमा जानेछ।

विगतका अभ्यास हेर्दा प्रधानन्यायाधीशले अवकाश पाएपछि उनीभन्दा पछिका बरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीश भएका छन्। यही परम्परा पच्छ्याउने हो भने बालेन सरकारले पनि मल्ललाई नै नियुक्त गर्नुपर्नेछ।

तर, बरिष्ठतम न्यायाधीश मल्ल नेकपा एमालेको कोटाबाट सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी हुन्। २०६४ सालको निर्वाचनपछि गठित संविधानसभामा एमालेको तर्फबाट सभासद भइसकेकी व्यक्ति हुन्। एमालेको तर्फबाट उम्मेदवार नै रहेकी मल्लको राजनैतिक आबद्धताबारे कुनै अस्पष्टता छैन।

उनीपछिको बरियतामा रहेका कुमार रेग्मी पनि विवादरहित छैनन्। उनी ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका व्यक्ति हुन्। हिनामिना गरिएको जग्गा उनले पनि आफ्नो नाममा पारेका थिए।

पछि सो जग्गा फिर्ता गर्ने मात्रै शर्तमा उनीविरुद्ध मुद्दा चलाइएन। गैरकानुनी रुपमा हत्याको जग्गा फिर्ता गर्नेगरी मुद्दा चल्नबाट उम्किने उनी र एमाले नेता विष्णु पौडेलका छोरा नवीन पौडेल थिए।

रेग्मीपछिका हरिप्रसाद फुयाल त एमाले अध्यक्ष केपी ओलीको सरकारमा महान्यायाधीवक्ता भइसकेका व्यक्ति हुन्। प्रधानमन्त्रीले आफू र आफ्नो दलनिकट कानुन व्यवसायीलाई महान्ययाधीवक्ता नियुक्त गर्ने परम्परा हुन्छ। यहीअनुसार ओलीले महान्यायाधीवक्ता बनाएका फुयाल एमालेनिकट छन्।

फुयालभन्दा पछि पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिज मनोजकुमार शर्मा छन्। शर्मालाई भनसुन र पहुँचको आधारमा सर्वोच्चमा नियुक्त गरिएको आरोप छ। आफू प्रधानन्यायाधीश छँदा दामोदरले चोलेन्द्रसमशेर जबरालाई सर्वोच्च अदालतको न्यायाधीश बनाएका थिए। पछि यसैको गुन तिर्न चोलेन्द्रले आफू प्रधानन्यायाधीश छँदा मनोजलाई सर्वोच्च ल्याएको आरोप छ।

नहकुल सुवेदी एमालेको कोटाबाट नियुक्त भएका हुन्। उनलाई सर्वोच्च अदालतमा पहिले हुँदै नभएको मुख्य रजिष्ट्रार पद सिर्जना गरेर नियुक्ति दिइएको थियो। उनलाई सर्वोच्चमा नियुक्ति दिने बेला उनको योग्यता नै नपुगेको भन्दै उजुरी समेत परेको थियो। पछि उनी न्याय सेवामा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा काम गरेको अवधि जोडेर उनको योग्यता पुग्ने मानिएको थियो।

सिफारिस गरिएकामध्ये छैटौं र अन्तिममा रहेका तिलप्रसाद श्रेष्ठ तुलनात्मक रुपमा कम विवादित छन्। डिठ्ठाको रुपमा न्याय सेवामा प्रवेश गरेर क्याडरबाटै बढुवा हुँदै सर्वोच्चसम्म पुगेका उनको दलीय आबद्धता स्पष्ट छैन। तर, उनको कार्यकाल धेरै बाँकी छैन। उनी आउँदो भदौ १४ मा ६५ वर्ष पूरा हुँदैछन् र उमेरहदका कारण स्वतः अवकाशमा जानेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

Next Post
पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .