• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने


वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उनले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताए।

उनले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताए।

“२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,” उनले भने। यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो।

उनले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताए।

संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताए। “२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,” उनले भने।

उनले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताए। “नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ,” उनले भने।

युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे। “साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता हामीमा छ,” उनले भने।

निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उहाँले जनतालाई एकजुट भएर देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न सक्रिय हुन आग्रह गरे।

सो अवसरमा बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई जोड्न आफूले विभिन्न योजना बनाउँदै गरेको उल्लेख गरे। उनले बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवा नेतालाई टिकट दिँदा आफूलाई गर्व महसुस भएको बताउँदै निर्वाचनमा मत दिएर जिताएर पठाए पार्टीले बागलुङ–२ का जनताको हितमा उहाँलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए।

उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पफ्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेललगायत नेताहरूले पनि सम्बोधन गरे। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल
  • २०८२ माघ २९, बिहीबार १६:२५
  • In "BannerNews"
  • रवि लामिछाने र बालेन्द्र शाह एउटै मञ्चमा देखिने
  • २०८२ माघ २९, बिहीबार १६:२५
  • In "BannerNews"
  • हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार
  • २०८२ माघ २९, बिहीबार १६:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

कोशीका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय

वालिङमा रवि लामिछानेको चुनौती: पाँच वर्ष अवसर दिनुस्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version