• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार


‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

गलकोट (बागलुङ)। सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका-८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादनमा वृद्धि गरिरहेका छन्।

गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाएका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैंचा एकमुष्ट बिक्री गरे। यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ।

खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गरे। आफूजस्ता एक सयभन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको बताए। अन्य किसानले पनि धेरैथोरै रकम भित्र्याउँदै आएका छन्।

सुन्तला उत्पादनको तथ्यांक भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ। सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौं र चितवनमा छ। कोदो बारी र धान खेत मासेर यहाँका किसानले २०५० सालयता व्यावसायिक सुन्तला खेतीमा लागेका किसान अहिले धमाधम सुन्तला खेती विस्तारमा छन्। सिगानामा अबको पाँच वर्षमा गाउँ नै ढाकिने गरी सुन्तला खेती विस्तार भइरहेको छ। सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउने क्रम जारी छ।

गत वर्ष सुन्तला बिक्रीबाट तीन करोड ५० लाख भित्र्याएका सिगानाका किसानले यस वर्ष चार करोड रकम भित्र्याएका छन्। सिगानामा समग्रमा ५० लाखको सुन्तला उत्पादनमा गत वर्षको तुलनामा वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताए। उनले सहकारीमार्फत सुन्तला खेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा पनि वितरण गर्दै आएको जानकारी दिए।

गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो। यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक–फरक मूल्यमा ठेकेदारले पोखरासहितका अन्य बजारमा पठाउने गरेका छन्। वडा कार्यालयले सुन्तलाको तथ्यांक समेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष रामबहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्यांक संकलन गर्ने कार्य थालिएकाले यो वर्ष चार करोड बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताए।

सिगानामा २५० भन्दा बढी किसानको सानादेखि ठूलो सुन्तला बगैँचा छ। यस वर्ष ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन सुरु गरेका छन् । सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ। यहाँका अधिकांश किसान सहकारीमा आबद्ध छन् र वार्षिक रूपमा सुन्तला उत्पादन बढिरहेको पूर्व वडाध्यक्ष तथा सुन्तला किसान जितबहादुर जिसीले जानकारी दिए।

यहाँका टोपबहादुर खड्का, रामप्रसाद गौतम, राधा खड्का र गङ्गा केसीलगायत किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन्। बगैँचा विस्तार र मलजलका कारण सुन्तला खेती उत्पादन फस्टाउँदै गएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हरेकला हजब्बा : सुन्तला बेचेर स्कुल खोले, अहिले पद्मश्री पदक
  • २०८२ माघ २०, मंगलवार २०:४६
  • In "जीवनशैली"
  • सिरहाको लहानमा एक पुरुषको श व फेला
  • २०८२ माघ २०, मंगलवार २०:४६
  • In "मधेश प्रदेश"
  • व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
  • २०८२ माघ २०, मंगलवार २०:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

जग्गा प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई १० वर्ष जेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version