• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश


मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेस प्रदेशमा जनमत पार्टीले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग मिलेर नयाँ सरकार गठनको दाबी पेस गरेपछि व्यापक आलोचना सुरु भएको छ। हालैको जेनजी विद्रोहमा बलिदान भएका युवाको रगत सुक्न नपाउँदै जनमतले यही आन्दोलनको मर्म विपरीत कदम चालेको भन्दै मधेसी जनताबीच आक्रोश फैलिएको छ।

बुधबार कांग्रेस, एमाले र जनमत पार्टीका शीर्ष नेताहरू संयुक्त रूपमा प्रदेश प्रमुखकहाँ पुगेर सरकार गठनका लागि दाबी पेस गरेका थिए। उक्त गठबन्धनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म जनमत पार्टीप्रति असन्तुष्टि देखिएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “जेनजी विद्रोह कांग्रेस र एमालेको असफल शासन र उदासीनताप्रति भएको असन्तोषको परिणाम थियो। अहिले त्यही असफल दलसँग जनमत पार्टीको हातेमालो जनताको म्यान्डेटको अपमान हो।”

मधेसको जनभावना परिवर्तन र सुधारका नारासहित उठेको जनमत पार्टी अहिले सत्ता समीकरणको भागीदार बनेको भन्दै उसमाथि ‘आन्दोलनको आत्मा बेचिएको’ आरोप लागेको छ। धेरैले यसलाई जनमत पार्टीको राजनीतिक दुर्भाग्य र स्वार्थका लागि जनभावनाको बलिदान भन्दै टिप्पणी गरेका छन्।

कांग्रेस, एमाले र जनमतका प्रदेश संसदीय दलका नेताहरू—कांग्रेसका कृष्णप्रसाद यादव, एमालेका सरोजकुमार यादव र जनमत पार्टीका महेशप्रसाद यादव—ले संयुक्त रूपमा प्रदेश प्रमुखकहाँ सरकार गठनको दाबीपत्र बुझाएका छन्।

तर जनमतका कार्यकर्ता र जेनजी आन्दोलनमा सहभागी युवाहरू भने पार्टीको निर्णयप्रति निराश छन्। उनीहरूको भनाइ छ, “हामीले रगत बगाएर ल्याएको आवाजलाई जनमतले आज बेचेको छ।”

मधेसको नयाँ सत्ता समीकरणले प्रदेशको राजनीति कस्तो दिशा लिन्छ भन्ने कुरा आउँदा दिनले देखाउनेछ, तर अहिलेको अवस्थाले जनमत पार्टी जनताको मन जित्नेभन्दा गुमाउने बाटोतिर लागेको स्पष्ट संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित
  • २०८२ आश्विन २२, बुधबार २०:०४
  • In "BannerNews"
  • जनमतको चाहना सरकार ढालोस्, काँग्रेस चान्छ आफै छाडोस्
  • २०८२ आश्विन २२, बुधबार २०:०४
  • In "BannerNews"
  • मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
  • २०८२ आश्विन २२, बुधबार २०:०४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version