• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै


आज नवरात्रको छैटौं दिन : कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं। आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा-आराधना गरेर मनाउँदैछन्।

आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

त्रिलोकमा आतंक मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी भन्ने पुराणमा उल्लेख गरिएको छ।

अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ। कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो। त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ।

क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ। कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ। यी दुईमा एकदमै गहिरो भेद पाईन्छ। क्रोध केवल नकारात्मक गुण या शक्ति होईन। सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ।

सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ। क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ। अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ। त्यो नै देवी कात्यायनीको विशेषता हो।

महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो। कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ।

देवी कात्यायनीसँग जोडिएको कथा अनुसार कुनै समय एक कत नाम गरेका प्रसिद्ध ऋषि थिए। उनको पुत्र ऋषि कात्य नामले प्रसिद्ध थिए। उनकै नामबाट प्रसिद्ध कात्य गोत्रबाट नै विश्वप्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए।

ऋषि कात्यायनले भगवती पराम्बराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए। उनको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन्। भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बडादशैंको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै
  • २०८२ आश्विन १२, आईतवार १५:२४
  • In "BannerNews"
  • दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै
  • २०८२ आश्विन १२, आईतवार १५:२४
  • In "BannerNews"
  • आज वसन्तपञ्चमीः देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
  • २०८२ आश्विन १२, आईतवार १५:२४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

बेमौसमी फूलखेती गरेर १५ लाख आम्दानी

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version