• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण


जनकपुरमा कानुन व्यवसायीबाट पत्रकारमाथि आक्रमण

धनुषा। जनकपुरधाममा कानुन व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन्। गुठी संस्थानले नेपाल पत्रकार महासंघ मधेस प्रदेशलाई उपलब्ध गराएको जग्गा सम्बन्धमा नेपाल बार एसोसिएसन जनकपुरसँग विवाद हुँदा पत्रकारमाथि कानुन व्यवसायीको समूहले आक्रमण गरेको हो।

महासंघले संस्थानसँग भाडामा लिएको जग्गा कब्जा गर्दै कानुन व्यवसायीले आफूहरूमाथि कुटपिट गरेको महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले जानकारी दिए।

आक्रमणमा परी र महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव महतो, पत्रकार दिवाकर रायलगायत छ जनाभन्दा बढी पत्रकार घाइते भएका छन्। घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

महासचिव महतोको खुट्टामा चोट लागेको छ। अध्यक्ष बन्जाराको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ भने दिवाकरको टाउकोमा चोट लागेको छ।

जनकपुरधामस्थित भूतनाथ महादेवको दक्षिणतिर पत्रकार महासंघले चार कट्ठा जग्गा लिजमा लिएको छ। नेपाल बार एसोसिएसन जनकपुरधामले भने साउन २० गते सूचना जारी गर्दै २१ गतेदेखि सोही जग्गामा कानुन व्यवसायीलाई गाडी पार्किङ गर्न आह्वान गरेको थियो।

महासंघको जग्गा बारले बलजफ्ती कब्जा गरेपछि विवाद सुरु भएको हो। प्रदेश अध्यक्ष बनजाराले गुठीसँग विधिवत् रूपमा सबै प्रक्रिया पूरा गरेर वार्षिक रु तीन लाख एक हजार १०० भाडा तिर्नेगरी चार कट्ठा जग्गाको सम्झौता भएको बताए। उनले गुठीसँग २० वर्षका लागि जग्गाको सम्झौता भएको बताए। यसमा बारले भने विरोध जनाइरहेको छ।

अध्यक्ष बन्जाराले बारसँग वार्तासमेत भएको उल्लेख गर्दै भने, ‘बारसँग हाम्रो मौखिक सम्झौता पनि भएको थियो। हाम्रो जग्गाको पछाडि पनि जग्गा छ, यो जग्गा प्रयोग गर्नुस् बाटोको समस्या भए फुकाइदिन्छौँ भन्ने मौखिक सम्झौता भएको थियो, तर आज एकाएक उहाँहरू आक्रमणमा उत्रिनुभयो।’

अध्यक्ष बनजाराले यस विषयमा जिल्ला अदालतमा रिट परेको र भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएकाले त्यसैबाट टुङ्गो लाग्ने विश्वास व्यक्त गरे।

महासंघका महासचिव महतोले साउन १९ गते महासंघको गुठी संस्थानसँग चार कट्ठा जग्गाको सम्झौता भएको बताए। उनले जेठ ७ गते गोरखापत्रमा तीन वटा जग्गाको लागि सूचना प्रकाशित भएकामा विभिन्न संघ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासंघको प्रस्ताव पारित भएको बताए।

‘यस विषयमा साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरिएको छ। गुठीले साउन ९ गते हाम्रो प्रस्ताव स्वीकृत भएको जानकारी दिएपछि यही साउन १९ गते सम्झौता भएको हो’, महासचिव महतोले भने, ‘न्यायका लागि वकालत गर्ने कानुन व्यवसायी नै यसरी आक्रमणमा उत्रिनु निन्दनीय छ। हामी खेद प्रकट गर्दछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तरः ट्रम्प

“महान सहिद रामवृक्ष यादवको आत्मा रुदैछ, किनकि माओवादीहरू बाटोभुले”

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version