No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

Oplus_16777216

दिपेश देव जोशी

राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिकामा कार्यरत सव-इन्जिनियर अजय कुमार चाैधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ।

चाैधरीले वेस्टर्न रिजन क्याम्पस पोखराबाट प्राप्त गरेको प्रमाणपत्रको वैधता संकाको विषय बनेको छ, जसका कारण नगरपालिकाका केही कर्मचारीहरूबीच गोप्य जानकारी बाहिरिएको हो।

२०७५ कात्तिक ११ गते तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले चाैधरीलाई बिना कुनै विज्ञापनको नियुक्त गरेका थिए। यो नियुक्ति प्रक्रिया र चाैधरीको शैक्षिक प्रमाणपत्रको विषयमा जनतामाझ चासोको विषय बनेको छ।

अख्तियारले छानबिन अगाडि बढाएपछि, नगरपालिकाले २०८१ पुस मसान्तमा चाैधरीको करार रद्व गरिसकेको भएपनि, चाैधरी अझै योजनाशाखामा कार्यरत रहेको पाइन्छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा भन्छन्, “हामीले चाैधरीको करार रद्व गरेका छौं, तर उनी अहिले पनि काम गरिरहेका छन्। यस विषयमा छानबिन भइरहेका कारण हामी थप कदम चालेका छैनौं।”
वडा अध्यक्ष किरण साहले चौधरी सब इन्जिनियरकै हैसियतमा अहिले पनि काम गरिरहेको बताए । अध्यक्ष साहले कानुन बिपरित काम गरिरहेका चौधरीलाई नगरपालिका प्रशासनले संरक्षण गरिरहेको अरोप लगाए।

यो घटनाले सार्वजनिक सेवा क्षेत्रको पारदर्शिता र अख्तियारीताका सवाल उठाएको छ। नेपाली कांग्रेसका स्थानीय युवा नेता राजकिसोर यादवले भने, “सार्वजनिक सेवामा नक्कली प्रमाणपत्रको प्रयोग हुनु गम्भीर समस्या हो। यसले अन्य योग्य व्यक्तिहरूको अवसरलाई पनि प्रभावित गर्न सक्छ।”

विभिन्न स्रोतका अनुसार, चाैधरीको प्रमाणपत्रको विषयमा नगरपालिकामा चर्चा शुरु भएपछि चाैधरीलाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको समर्थनमा भर्ना गरिएको भनिएको छ। यसलाई लिएर स्थानीय राजनीतिकर्मीहरूको पनि चासो बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, “हामीले यस विषयमा गम्भीर छानबिन गरिरहेका छौं। नक्कली प्रमाणपत्रको प्रयोग गर्ने कुनै पनि व्यक्तिलाई कानूनी कारवाही हुनेछ।”

सार्वजनिक सेवामा नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोगको घटना देशभरि नै चर्चा र आलोचनाको विषय बन्ने निश्चित छ। यस घटनाले एकपटक फेरि स्थानीय सरकारको सुशासन र पारदर्शितामा प्रश्न उठाएको छ र यस विषयमा आवश्यक सुधारको आवश्यकता रहेको कुरा सबैले चिर्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .