सिरहा । सिरहा जिल्लाको सर्रे खोलामा दीर्घकाल देखि पुल निर्माण नहुँदा बाढीको समयमा स्थानीय निवासीहरूले झेल्नुपरेको कठिनाइलाई केन्द्रित गरी अन्ततः पुल निर्माणको दिशामा ठोस पहल सुरु भएको छ। गतवर्ष तत्कालिन भौतिक पूर्वाधार मन्त्रि माननीय रघुवीर महासेठ स्थलगत निरीक्षण गरि रातो कितावमा समेत रहेको पुल सरकारको पुल होलिडेले गर्दा प्रक्रिया शुरु हुन् सकेको थिएन धनगढीमाईका स्थानीय तथा जनप्रतिनिधिहरूको लगातारको मागपछि युवा समाजसेवी अशोक खड्काको पहलमा जिल्ला अध्यक्ष अशोक यादव र नगर प्रमुख शिवशंकर महतोको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरी पुलको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपीआर) हस्तान्तरण गराउन सफल भएका छन्। यसले गर्दा पुल निर्माणको सुरुवाती प्रक्रियाले गति लिएको छ।
स्थानीयको दुःखद अनुभव
सर्रे खोलामा पुल नहुँदा विगतका वर्षहरूमा बाढीको मौसममा स्थानीय निवासीहरूले आफ्नो दैनिक जीवन, स्वास्थ्य सेवा, शिक्षा र आवागमनमा गम्भीर समस्या झेल्न बाध्य भएका थिए। विशेषगरी बालक, बृद्ध र महिलाहरूका लागि खोला पार गर्नु जोखिमपूर्ण स्थिति बनेको थियो। यस समस्याको समाधानका लागि स्थानीय स्तरमा पटक-पटक प्रयास भए तापनि वित्तीय तथा प्राविधिक अवरोधले पुल निर्माण अगाडि बढ्न सकेको थिएन।