• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जानकी मेडिकल कलेज धारासायी हुँदै


जानकी मेडिकल कलेज धारासायी हुँदै

धनुषा : कर्मचारी राजनीतिले गर्दा धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल धारासायी हुने अवस्थामा पुगेको छ ।

गत ७ महिनादेखि अन्य व्यवसाय एवं संस्था सरह लकडाउनको मार झेल्दै आएको अवस्थामा सो मेडिकल कलेज विरुद्ध कर्मचारी राजनीति हावी भएको छ । मात्र २ महिनाको तलब र पछिल्लो ६ सालको संचयकोष रकम बाँकी रहेको अवस्थामा केही कर्मचारीले धर्ना लगायतका आन्दोलन अघि बढाएका छन ।

पटक पटक विभिन्न मांग अघि सार्दै आन्दोलन गर्दै आएका ती कर्मचारीले लकडाउन खुलेपछि अवस्था सहज हुँदै गएको अवस्थामा कलेजको आम्दानी आउने अवस्थामा अनलाईन क्लास रुम, लेखाशाखा र प्रशासन शाखाको काम अवरुद्ध गरी आन्दोलनमा उत्रेका छन ।

कर्मचारी हकहित संरक्षण समितिका उमेश यादवको अगुवाईमा शुरु भएको सो आन्दोलनले गर्दा कलेजको कामकाज प्रभावित हुँदै गएपछि विद्यार्थीबाट असुल हुने २७ करोड रुपैया समेत रोकिन गएको आरोप कलेजका प्रमुख प्रशासक दयानन्द झाले लगाएका छन ।

कलेजको प्रांगणमै धर्नामा बसेका कर्मचारीहरुले आफ्नो हरहिसाब सार्वजनिक गर्न मांग गर्दै ३ महिनाको तलब, ६/६ वर्षको संचय कोष र दशैं पेश्की बक्यौता उपलब्ध नगराएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन ।

यसअघि लोकपुकार सँग कुरा गर्दै उमेश यादवले दशैं पेश्की संचय कोष सहित वर्तमान ८ महिनाको तलब, आ.ब. २०७४/०७५ को चैत बैशाखको तलब बक्यौता रहेको बताउंदै बक्यौता रकम मांग गर्दा ५ जनालाई निलम्बन गरिएको जनाएको थियो । तर शुक्रवार संचारकर्मीसँग भेटमा २ जनालाई मात्र हटाएको ३ महिनाको तलब बाँकी रहेको बताए ।

चिकित्सक बाहेकका केही कर्मचारीहरु आकस्मिक बाहेकाका सवै सेवा ठप्प गरेपछि राम्ररी सञ्चालन नै हुन नपाएको कलेज पुन बन्द भएको छ । कर्मचारीहरु अनावयश्क मांग राख्दै उपचार र अनलाइन कक्षा समेत ठप्प गरेको कलेज प्रशासनको आरोप छ ।

सन २००३ मा शिक्षण अस्पतालको रुपमा मान्यता पाएको जानकी मेडिकल कलेज शिक्षण अस्पताल पटक पटक विवादित हुदै पुनः कर्मचारीहरुको कारण अवरुद्व हुन गएको छ ।

कर्मचारीहरुको आन्दोलन बारे प्रशासन प्रमुख झाले अनुशासन विपरित र संस्थाको अहित हुने गरि काम गरेको भन्दै चारजनालाई स्पष्टीकरण कलेज मांग गर्दा र दुई जनाले स्पष्टीकरण नदिदा उमेश यादव सहितका दुईजनालाई बरखास्त गरिएपछि आन्दोलनमा उत्रेको बताए ।

करीब डेढ अर्ब रुपैया ऋणभार बोकेका कलेजले लकडाउन शुरु भएदेखि मासिक डेढ करोड रुपैया क्षति व्योहर्दै आएको अवस्थामा पनि कर्मचारीहरुको हकहितमा सोच्दै तलब भत्ता नियमित रुपमा दिदंं आएको छ । मात्र दुई महिनाको तलब बांकी रहेका विषयलाई लिएर कामै नगर्ने र अनुशासन विपरित काम गर्दा काम निकालिएका उमेश यादव सहितका केही स्थानीय कर्मचारीले अरु कर्मचारीलाई उक्साएर कलेजलाई धारासायी बनाउन खोजेको आरोप झाले शुक्रवार एक पत्रकार सम्मेलन गरी लगाए ।

कर्मचारीहरुलाई बरखास् त गरिएको संचारकर्मीहरुको जिज्ञासामा स्थानिय नै भएको कारण जागिर पाएका उमेश यादव सहितका केही कर्मचारी आफू अनुकुल कलेजलाई चलाउन, कर्मचारी र चिकित्सकहरुलाई धाकधम्कीका साथ दबाबमा राख्ने गरेकाले कलेज चलाउन अप्ठेरो भएपछि विधान तहत उनीहरुलाई हटाइएको प्रशासक झाले बताए ।lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो
  • २०७७ कार्तिक १५, शनिबार १५:४३
  • In "मधेश प्रदेश"
  • विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ
  • २०७७ कार्तिक १५, शनिबार १५:४३
  • In "थप"
  • मेडिकल र इन्जिनियरिङ छात्रवृत्तिमा पिनाकल कलेजकै वर्चस्व
  • २०७७ कार्तिक १५, शनिबार १५:४३
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

हिमाल मुस्कुराएका

अहिले सञ्चालन खर्च उठाउन धौधौ

एक विद्युत कर्मचारीको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version