• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजसंस्था फेरि खतराको रुपमा देखिन थालेको हो?


राजसंस्था फेरि खतराको रुपमा देखिन थालेको हो?

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते दिएको शुभकामना सन्देशपछि मुलुकमा फेरि एकपटक राजतन्त्रको बारेमा बहश सुरु भएको छ। पछिल्लो समय राजतन्त्रको पक्षमा माहोल देखिन थालेपछि राजतन्त्र पक्षधरहरु हैसिएका छन् भने गणतन्त्रवादीहरु आत्तिएका देखिन्छन्।

मुलुकबाट राजतन्त्र विदा भएको झण्डै दुई दशक भइसक्दा पनि बेला बेलामा पूर्वराजाले दिने अभिव्यक्तिले निकै चर्चा पाउने गर्दछ। पूर्वराजाले फागुन सातमा दिएको शुभकामना सन्देशले अहिले पनि नेपाली राजनीति तरंगित बनिरहेको छ। जसलाई राजावादीहरुले समर्थन र गणतन्त्रवादीहरुले आलोचना गरिरहेका छन्।

राजाको शुभकामना सन्देशको स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार राजधानीमा पूर्वराजाको पक्षमा र्‍यालीको आयोजना गर्दैछ। हाल पोखरामा रहेका पूर्वराजा आइतबार काठमाडौं फर्किने कार्यक्रम छ। पूर्वराजा फर्किँदा राप्रपाले विमानस्थलमा स्वागत गर्न आफ्नो पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर स्वागतमा जान आह्वान गरिसकेको छ।

यसरी राजावादीहरु पूर्वराजाको बक्तव्यबाट हौसिँदा गणतन्त्रवादीहरु भने आत्तिएको देखिएको छ। पूर्वराजाको अभिव्यक्तिप्रति चर्को टिप्पणी भइरहेको छ। पूर्वराजाको अभिव्यक्तिप्रति विरोध गर्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईदेखि प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेल अग्रस्थानमा छन्।

एमाले महासचिव पोखरेलले सामाजिक संजालमार्फत गणतन्त्रको विकल्प राजतन्त्र हुन नसन्दै भन्दै बेला बेलामा स्टाटस लेख्ने गरेका छन्। शुक्रबार पनि महासचिव पोखरेलले यही आशयको पोस्ट गरेका छन्।

‘‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्याँलिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं,’ उनले लेखेका छन्।

पूर्वराजाको सन्देशको प्रतिक्रिया प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दिएका छन्। बिहीबार महोत्तरीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजतन्त्र ब्युँतने सपना नेदेख्न आग्रह गर्दै मुलुकमा अब अराजकता, बलमिच्याँइ र जालझेल नचल्ने चेतावनी दिए। उनले मुलुकमा अब राजतन्त्र नफर्कने दाबी गर्दै सबै संविधान अनुसार चल्नुपर्ने बताएका थिए।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लेखेका छन्-अहिले कुनै दल वा व्यक्तिमाथि मात्र हैन जननिर्वाचित संविधानसभाबाट बनेको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डतामाथि प्रहार भैरहेछ। कुशासन, भ्रष्टाचार, वेरोजगारी, महँगी,आर्थिक संकट विरूद्ध आक्रोशित जनमतलाई प्रतिगमनतिर सोझ्याउने कसरत भैरहेछ।बाहिरबाट हेर्दा मिल्नै नसक्ने जस्ता पात्रहरू यो प्रतिगमनकारी हर्कतनिम्ति विभिन्न रूपले परिचालित भैरहेछन्। बेलैमा सतर्क रहौं! सम्भावित जनआक्रोशलाई पश्चगमनतिर हैन अग्रगमनतिर डोर्याऊँ! भोलि धेरै ढिलो हुनसक्छ!’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिए।

नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए।

उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पूर्वराजा समर्थकका चर्का नाराले गुन्जियो त्रिभुवन विमानस्थल क्षेत्र
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:१७
  • In "BannerNews"
  • विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:१७
  • In "देश"
  • छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस् : पूर्वराजा शाह
  • २०८१ फाल्गुन २३, शुक्रबार २०:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते

जनकपुरमा राजावादीको प्रदर्शन

मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version