• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कार्यालय खुल्ने समयमा सार्वजनिक बिदा : समयमै निर्णय गर्न किन चुक्यो सरकार ?


कार्यालय खुल्ने समयमा सार्वजनिक बिदा : समयमै निर्णय गर्न किन चुक्यो सरकार ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीगण। तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय / रासस

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा अस्ताए। कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत ढुंगानाको ८३ वर्षको उमेरमा निधन भयो।

जन्मेपछि मृत्यु स्वाभाविक रहेको बताउने ढुंगानाले त्यसलाई स्वीकार्दै देह त्यागे। वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए।

उनको निधनपश्चात प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार नै एक दिन सार्वजनिक बिदा दिनुपर्ने बताएका थिए। तर, उनकै पार्टीले सरकारको नेतृत्व गरिरहेका बेलामा समेत उनको कुरा गम्भीरताका साथ लिइएन। र, सरकारले सोमबार बिहान मात्रै सरकारी अफिस खुल्ने समयमा सार्वजनिक बिदाको सूचना जारी गर्‍यो।

साढे ९ बजेपछि मात्र सार्वजनिक बिदाको हल्ला चल्दासम्म लामो यात्राका कर्मचारी कार्यालय जानका लागि बाटोमा गुडिरहेका थिए। धेरैले अफिस पुगेपछि मात्र सार्वजनिक बिदा दिइएको थाहा पाए। ढिलो गरी भएको निर्णयका कारण थुप्रैले समस्या खेप्नुपर्यो।

केपी शर्मा ओली नेतृत्वको सरकारले आज दिएको सार्वजनिक बिदा ‘जब पर्‍यो राति तब बुढी ताती’ भन्ने नेपाली उखानसँग मिल्दो भएको भन्दै धेरैले त खिसिटिउरीसमेत गरे। प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ३ बजे सामाजिक सञ्जालमार्फत् ढुंगानाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना,’ उनले लेखेका थिए। तर, सोमबार बिहानको नियमित मन्त्रिपरिषद् बैठकबाट मात्र ओली सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्‍यो।

बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए। तर, त्यो कार्यालय खुल्ने समयमा गरिएको अनौठो निर्णय थियो। गृह मन्त्रालयले सरकारको निर्णय औपचारिक रुपमा सार्वजनिक गर्दासम्म कार्यालय सुरू भइसक्ने समय साढे १० भइसकेको थियो।

ढिला गरी गरिएको निर्णयले अनावश्यक रुपमा कैयौंको तेल खर्च भयो, समय खर्च भयो, सडक जाम भयो, विद्यार्थी, शिक्षक, कर्मचारी सबै अन्यौलमा परे। र, सबैले सरकारले ढिला गरि गरेको निर्णयको विरोध गरे।

धेरैले सामाजिक सञ्जालमा सरकारले ढुंगानाको योगदानको सम्मान नभइ हचुवा तालमा दिइएको बिदाले अपमान भएको टिप्पणी गरेका छन्। उनीहरूले समयमै सार्वजनिक बिदा दिन किन चुक्यो सरकार भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्डको स्वागतमा दिएको बिदा रामगोपालपुर नगरपालिकाले सच्यायो, दुईदिन शैक्षिक संस्था बिदा
  • २०८१ मंसिर ३, सोमबार २१:२७
  • In "मधेश प्रदेश"
  • आउँदो वर्ष सरकारले ९५ दिन तोक्यो सार्वजनिक बिदा
  • २०८१ मंसिर ३, सोमबार २१:२७
  • In "BannerNews"
  • शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने
  • २०८१ मंसिर ३, सोमबार २१:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

महिला अधिकारमा सुझाव संकलन, मधेसमा छलफल सम्पन्न

मधेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको खुलासा

बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version