• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सगरमाथामा सय वर्षदेखि हराइरहेका आरोहीको ‘बुट’ भेटिएपछि परिवारमा उत्साह


सगरमाथामा सय वर्षदेखि हराइरहेका आरोहीको ‘बुट’ भेटिएपछि परिवारमा उत्साह

टेसा वङ र फ्लोरा ड्ररी

बीबीसी न्यूज

सय वर्षअघि सगरमाथा क्षेत्रमा हराएका एक ब्रिटिश युवा पर्वतारोहीको परिवारले उनको माया मारिसकेको थियो।

गत महिना न्‍याश्‍नल जिओग्राफिकका निम्ति वृत्तचित्र बनाउन गएको पर्वतारोहीहरूको एउटा समूह हिमनदीको बरफ पग्लिँदा बाहिर निस्किएको एउटा ‘बुट’सँग ठोक्किन पुग्यो। उक्त ‘बुट’ सुरक्षित अवस्थामा थियो।

उक्त ‘बुट’ सन् १९२४ मा आफ्ना साथी जर्ज म्यालोरीसँग सगरमाथा चढ्ने क्रममा बेपत्ता भएका एन्ड्रयू कोमिन “स्यान्डी” अभिनको हो भन्ने विश्वास गरिएको छ।

त्यसबाहेक यसले एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शिखरमा पुग्नुभन्दा २९ वर्षअघि म्यालोरी र अभिनको जोडी सगरमाथा आरोहण गर्न सफल भएको थियो वा वा थिएन भन्ने रहस्योद्घाटन गर्न समेत मद्दत गर्न सक्ने ठानिएको छ।

न्‍याश्‍नल जिओग्राफिक समूहको नेतृत्व गरेका सुपरिचित साहसी आरोही जिम्मी चिनले खुट्टासहितको ‘बुट’ भेटिएको घटनालाई “महत्त्वपूर्ण र भावनात्मक क्षण” भनेका छन्।

तर नाताले अभिनकी नातिनी (ग्रेट–निस) जुली समर्सका निम्ति यो “असाधारण” घटना हो।

“म त जमे जस्ती भएँ… हामीले माया मारिसकेका थियौँ, उहाँको केही भेटिएला भन्ने चिताएकै थिएनौँ,” उनले बीबीसीसँग भनिन्।

अभिनले आफूँसँग धुलाउन बाँकी फिल्मसहितको क्यामेरा बोकेको र त्यसमा पर्वतारोही जोडीले शिखरमा खिचेको फोटो हुन सक्ने सम्भावना रहेको बताइने गरेकाले वर्षौँदेखि धेरै मानिसहरूले उनको शवको खोजी गरिरहेका थिए।

के ‘बुट’को प्राप्ति उनको शरीर क्यामेराको खोजीतर्फको पहलो कदम हुन सक्छ?

उक्त खुट्टा इर्विन भए वा नभएको पुष्टि गर्न सघाउनका निम्ति परिवारले डीएनएको नमूना दिएको छ।

वृत्तचित्र निर्माण टोली उक्त ‘बुट’ तिनै पर्वतारोहीको हो भन्नेमा विश्वस्त छ। ‘बुट’भित्र फेला परेको मोजामा धागोले “ए.सी. अभिन” लेखिएको छ।

“मेरो मतलब…त्यसमा ‘लेबल’ लगाइएको छ,” पत्नीसँग मिलेर बनाएको ‘फ्री सोलो’ शीर्षकको ओस्कर जित्न सफल पर्वतारोहणसम्बन्धी वृत्तचित्रका कारण कहलिएका चिनले न्याश्‍नल जिओग्राफिकको रिपोर्टमा भनेका छन्।

तस्बिर स्रोत,Jimmy Chin

तस्बिरको क्याप्शन,“ए.सी. अभिन” लेखिएको मोजा

उनको समूहले सेप्टेम्बरमा सगरमाथाको उत्तरी मोहडाबाट ‘सेन्ट्रल रोङ्बुक ग्लेसियर’ हुँदै ओर्लिने क्रममा उक्त खोज गरेका हुन्।

बाटोमा उनीहरूले सन् १९३३ को मिति अङ्कित अक्सिजनको एउटा बोत्तल पनि भेट्टाएका थिए। त्यस वर्ष एउटा सगरमाथा आरोहण दलले अभिनसँग सम्बन्धित एउटा सामग्री फेला पारेको थियो।

उनको शरीर नजिकै हुन सक्छ भन्ने सम्भावित सङ्केतबाट उत्साहित भएको टोलीका एकजनाले पग्लिइरहेको बरफमा ‘बुट’ देख्नुअघि उनीहरूले धेरै दिनसम्म हिमनदीमा खोजी कार्य गरेका थिए।

संयोगले मात्रै उक्त ‘बुट’ भेटिएको थियो, किनकि ‘बुट’ भेटिनुभन्दा एक साता अघिमात्रै बरफ पग्लिएको उनीहरूको अनुमान छ।

विवरणहरूका अनुसार कागहरूले सताएका कारण खुट्टालाई सगरमाथाको उत्तरी मोहडामाथि नियन्त्रण भएका चिनियाँ पर्वतारोहण अधिकारीहरूलाई जिम्मा लगाइयो।

हराएको एक शताब्दी पुगेका कारण पनि अभिनका वंशजका निम्ति यो खोज भावनात्मक बनेको छ।

समर्स आफ्नी हजुरआमाका साहसी र अक्सफोर्ड पढेका कान्छो भाइको कथाहरू सुनेर हुर्किइन्, जसलाई उनीहरू ‘अङ्कल स्यान्डी’ भनेर चिन्थे।

“मेरी हजुरआमासँग मृत्यु हुने दिनसम्म पनि उहाँको एउटा फोटो ओछ्यानमै थियो,” उनले स्मरण गरिन्, “हजुरआमा उहाँ अरूभन्दा राम्रो मान्छे भएको बताउनुहुन्थ्यो।”

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,स्यान्डी अभिनका नामले चर्चित उनी हराउँदाका बखत केवल २२ वर्षका थिए

ब्रिकनहेडमा जन्मिएका अभिन बेपत्ता हुँदा केवल २२ वर्षका थिए। उनी एक शताब्दीदेखि पर्वतारोहण जगत्‌लाई विस्मित बनाउँदै आएको उक्त आरोहण दलका कान्छा सदस्य थिए।

उनी र म्यालोरी चुचुरोतर्फ प्रस्थान गर्नुअघि सन् १९२४ को जुन ८ मा अन्तिम पटक जीवित देखिएका थिए।

म्यालोरीको शव सन् १९९९ मा एक अमेरिकी पर्वतारोहीले फेला पारेका थिए। हालका दशकहरूमा आरोहीहरूको शव स्थानान्तरित गरिएको आशङ्काका कारण खोजी कार्य विवादास्पद बनेको छ।

समर्सले सदैव त्यस्ता कहानी र आशङ्काहरूलाई नकार्दै आइन्। “अभिन अझै हिमालमै थिए” भन्ने चिनको भनाइले उनलाई “राहत” दिएको छ।

तर अभिन र म्यालोरी शिखरमा पुगेको प्रमाणित भयो भने के हुन्छ? उनीहरू सगरमाथामा विजय प्राप्त गर्ने प्रथम व्यक्तिहरू थिए भन्ने पुष्टि भयो भने के हुन्छ? समर्स सोच्छिन्, के यसले “पर्वतारोहणको इतिहास उल्टाइदिन्छ?”

“त्यो राम्रो हुने थियो– हामी सबैले निकै गर्व गर्ने थियौँ,” उनले भनिन्, “तर परिवार सधैँ रहस्यमा बसेको छ। उनीहरू कति टाढा पुगे र कति बहादुर थिए भन्ने कुराले निकै अर्थ राख्छ।”

“हामीले थाहा पाउने एक मात्र तरिका भनेको उहाँले बोकेको भन्ठानिएको क्यामेरामा एउटा तस्वीर फेला पार्नु हो।”

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,सन् १९२४ मा आरोहणका निम्ति प्रस्थान गर्नुअघि लिइएको म्यालोरी (बायाँ) र अभिन (दायाँ) को अन्तिम तस्बिर

उनलाई अब क्यामेराको खोजी जारी रहनेछ भन्ने लाग्छ। “मेरो विचारमा त्यो निकै लोभलाग्दो हुनेछ।”

उक्त क्यामेरा भेटिन्छ कि भेटिन्न भन्ने निश्चित छैन।

यसबीचमा चिन भने ‘बुट’को खोजी “आफू र त्यहाँ उपस्थित सिङ्गो टोलीका निम्ति महत्त्वपूर्ण र भावुक क्षण भएको” बताउँदै यसले “अन्ततः अभिनका आफन्तजन र समग्र पर्वतारोहण संसारका निम्ति मानसिक शान्ति ल्याउने” आशा व्यक्त गर्छन्।

समर्सका निम्ति यो ती मानिसबारे संसारलाई स्मरण दिलाउने मौका हो, जो “साँचो अर्थमा बाँच्यो” र हरेक अवसरलाई “रमाइलोसँग” अँगाल्यो।

तर आश्चर्यजनक कुरा के हो भने यो खोजीका बेला आफ्नो पुरानो पुस्ता उपस्थित नभएकोमा उनी र उनका भाइबहिनीहरू (कजन) धन्य भएका छन्।

“उहाँहरूका निम्ति सगरमाथा भनेको (अभिनको) चिहान हो,” उनले अर्थ्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतको ताकेता सफल : आकर्षक तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई
  • २०८१ आश्विन २६, शनिबार २०:१४
  • In "थप"
  • भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा भीषण आगलागी, श्रीलंकाले गर्‍यो चालक दलको उद्धार
  • २०८१ आश्विन २६, शनिबार २०:१४
  • In "अन्तराष्ट्रिय"
  • गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट
  • २०८१ आश्विन २६, शनिबार २०:१४
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

फाइभजी सेवा नेपालमा कहिलेबाट शुरू होला?

मेरो विद्यालयको अनुभव

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version