• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?


पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?

विष्णु पोखरेल

बीबीसी नेपाली

घटस्थापनाका दिन नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह छिमेकी मुलुक भुटानको भ्रमणमा गएदेखि आइतवार उनी स्वदेश फर्किएपछिसम्म विभिन्न प्रकारका टिप्पणीहरू भइरहेका छन्।

कतिपयका भनाइमा “सामान्य नेपाली नागरिक”का रूपमा भुटान गएका उनलाई त्यहाँको राजपरिवारले दिएको सम्मान कुनै पनि “राष्ट्र प्रमुख”लाई दिए बराबर देखिएको छ।

नेपालको मुख्य पर्वकै बेलामा शाहले गरेको भ्रमणलाई केहीले “आशङ्कायुक्त” पनि भनेका छन्।

गणतन्त्रवादी नेताहरूले बेलाबखत उनको “सक्रियता”लाई लिएर पूर्वराजाको आलोचना गर्ने गर्छन्।

शाहका एकजना सचिवले चाहिँ उनको भ्रमण “निजी भएको र भुटानी राजपरिवारसँगको व्यक्तिगत सम्बन्धका आधारमा” उनले स्वागत र सम्मान पाएको बताएका छन्।

एकजना वरिष्ठ सम्पादकका दृष्टिमा शाहको भ्रमणलाई “अहिलेको व्यवस्थाप्रति देशभित्र बढ्दो असन्तुष्टि र राजसंस्थावादी शक्तिप्रति बढ्दो आकर्षणको कसीमा राखेर हेर्नुपर्ने” हुन्छ।

तर शाहको भ्रमण वा उनले पाएको भनिएको सम्मानको खासै राजनीतिक अर्थ नरहेको एकजना गणतन्त्र पक्षधर राजनीतिशास्त्री बताउँछन्।

‘निजी भ्रमण’

तस्बिरको क्याप्शन,पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणबाट स्वदेश फर्कँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका केही सदस्यहरूसहित गत बिहीवार थिप्पु गएका थिए। शाहका सम्वाद सचिव फणिराज पाठकका अनुसार उनको यो “निजी भ्रमण” हो।

आइतवार शाह स्वदेश फर्किएपछि उक्त भ्रमणको उद्देश्यबारे बीबीसीले सोधेको प्रश्नमा पाठकले भने, “यो उहाँको निजी भ्रमण हो र त्यहाँको राजपरिवारको निम्तोमा जानु भएको हो।”

शाहलाई थिम्पु भ्रमणको निम्ता भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले दिएको बताइएको छ।

शाहको भ्रमण दलमा छोरी प्रेरणा, भतिजी शिताष्मा उनकै परिवारका सदस्य राजु सिंहसहित पाँचजना रहेका थिए।

सामाजिक सञ्चालहरूमा सार्वजनिक भएका तस्बिरहरूमा शाहको टोलीलाई भुटानी राजकुमारीले विमानस्थलमै पुगेर स्वागत गरेको देखाइएको छ।

ती तस्बिरहरूमा उनलाई लामो रातो कार्पेट ओछ्याएर स्वागत गरिएको पनि ती तस्बिरहरूमा देखिन्छ।

यद्यपि भुटानका सरकारी सञ्चारमाध्यमहरूका अनलाइन पोर्टल, सामाजिक सञ्जाल र त्यहाँँका राजा एवं राजपरिवारसम्बद्ध सामाजिक सञ्जाल पेजहरूमा उक्त भ्रमणबारे खासै चर्चा भएको देखिँदैन।

नेपालका पूर्वराजा र भुटानी राजपरिवारका सदस्यहरूको भेटघाटका तस्बिरहरू पनि ती पेजहरूमा राखिएको भेटिएको छैन।

शाह उनले विद्यालय शिक्षा लिएको भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ्स् स्कूल, नर्थ प्वाइन्टका केही सहपाठीसहित पूर्वविद्यार्थीले थिम्पुमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा पनि सहभागी भएका थिए।

भुटानमा पाएको सम्मानको चर्चा

विशेषगरी नेपालमा राजसंस्था चाहिन्छ भन्नेहरूले उनले भुटानमा कुनै पनि राष्ट्राध्यक्षले पाउने जत्तिकै स्वागत पाएको भन्दै तस्बिरहरू शेअर गरिरहेका छन्।

उनीहरूले शाहको भुटान भ्रमणका तस्बिरहरू शेअर गर्दै नेपालमा राजसंस्था अपरिहार्य भएको अभिव्यक्ति पनि दिइरहेका छन्।

राजसंस्थावादी एउटा प्रमुख शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार ट्वीटरमा तस्बिहरू राख्दै लेखेका थिए, “राजसंस्था इतिहास र परम्पराको निरन्तरताका साथै राष्ट्रको मान, सम्मान र गौरवसँग सम्बन्धित विषय हो। थाहा भयो होला नि!”

राप्रपाकै नेता सगुन लावतीले शेअर गरेको तस्बिरलाई रिट्वीट गर्दै नेपाली कांग्रेस पार्टीमा समेतसम्बद्ध राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेलले चाहिँ “पूर्व राजाले नेपाली नागरिकका रूपमा पाएको सम्मान नेपाल र नेपालीको भएको” उल्लेख गरेका छन्।

उनले अङ्ग्रेजी भाषामा गरेको ट्वीटमा “राजनीतिक मत र पार्टी राजनीतिलाई छाडेर” त्यसलाई सम्मान गर्नु पर्ने जनाएका छन्।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले भने “नेपाल सरकारले उक्त भ्रमणलाई कुन रूपमा लिएको छ?” भन्दै प्रश्न गरेका छन्।

उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई ‘मेन्सन’ गर्दै ट्वीट गरेका छन्।

त्यसमा उनी लेख्छन्, “पूर्वराजाको भुटान भ्रमण’राजकीय’ सरह नै प्रदर्शन भयो र ज्ञानेन्द्र शाहलाई श्री ५ कै हैसियतमा प्रचार गरिएको पनि छ। भुटानसँगको कुटनीतिक सम्बन्धमा यो कुन रूपले अभिलेखित गरिन्छ होला? सरकारले यो भ्रमणलाई कुन रूपमा नोटिसमा लिएको छ?”

‘केही न केही राजनीतिक अर्थ’

देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरे नेपालमा “व्यवस्थाप्रति चरम असन्तुष्टि बढिरहेको र राजसंस्थाप्रति विश्वास र लोकप्रियता बढिरहेको” परिप्रेक्षमा यो भ्रमण भएकाले त्यसको केही न केही अर्थ हुने बताउँछन्।

उनले भने, “त्यहाँको राष्ट्रप्रमुखले बोलाएका हुन् र त्यो अनौपचारिक भने पनि त्यहाँ अघोषित राजकीय सम्मान दियो त्यसले एउटा सन्देश त दिन्छ।”

यद्यपि नेपाल र भुटानको राजसंस्थाबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहेको र वर्तमान भुटानी राजा नेपालमै जन्मिएकाले पनि उनीहरूबीच व्यक्तिगत सम्बन्ध राम्रो रहेको घिमिरे स्मरण गर्छन्।

पूर्वराजाको अहिलेको भ्रमणको राजनीतिक सन्देश हुने सङ्केत गर्दै घिमिरे भन्छन्, “भारतको अग्रसरतामा हटाइएको राजा राजसंस्थाको प्रतिनिधिलाई भारतको जानकारीविना वा कुनै किसिमको अनुमोदनविना त्यहाँ बोलायो भन्न सकिन्न।”

“त्यसैका आधारमा अहिले नै राजनीतिक निष्कर्ष चाहिँ निकाल्न सकिँदैन तर त्यसले नेपालमा कतिपयमा एक खालको डरको स्थिति भने बन्यो।”

उनी पूर्वराजा शाहको भुटान भ्रमणले नेपालमा एउटा राजनीतिक बहस भने निम्त्याएको बताउँछन्।

‘खासै अर्थ छैन’

प्रखर गणतन्त्रवादी राजनीतिशास्त्री कृष्ण खनाल भने नेपालमा राजनीतिक व्यवस्था, नेताहरू र सरकारले काम गर्न नसकेको भनेर निराशा बढेको भए पनि पूर्वराजा खासै लोकप्रिय नभएकाले यो भ्रमणले कुनै व्यापक अर्थ राख्ने नदेखिएको बताउँछन्।

उनी भन्छन्, “उनलाई एउटा साथीका रूपमा वा नागरिकका रूपमा कसरी स्वागत गरियो भन्नेको के अर्थ छ र?”

“यसै पनि ज्ञानेन्द्र शाह धेरै लोकप्रिय राजा पनि थिएनन्। अहिले पनि उनी लोकप्रिय व्यक्ति होइनन् त्यसैले यसको कुनै ठूलो अर्थ छ जस्तो लाग्दैन।”

यद्यपि खनाल गणतन्त्र नेपालमा पनि उनको सचिवालयले “श्री ५ महाराजधिराज” भन्दै विज्ञप्ती जारी गर्ने र “म राजै हुँ” भन्ने खालको गतिविधि गर्न नमिल्ने बताउँछन्।

“त्यस्ता गतिविधिमा त सरकारले रोक लगाउनु पर्छ। कसैले राजा ल्याउँछु भनेर गतिविधि गर्न पाउँछ तर गणतन्त्र नेपालमा राजा छन् जसरी उनको सचिवालयबाट वक्तव्यहरू दिन त मिल्दैन नि! कि पूर्वराजा भनेर सम्बोधन गरेर जारी गर्नुपर्‍यो।”

अहिले नेपालीहरूमा “चरम निराशाको अवस्था” बनेको भए पनि त्यसले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो राजसंस्था पक्षधरहरूको जनमत बढेको नदेखिएको खनाल बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा
  • २०८१ आश्विन २०, आईतवार २०:११
  • In "देश"
  • पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै
  • २०८१ आश्विन २०, आईतवार २०:११
  • In "BannerNews"
  • हाम्रो स्वास्थ्यमा चासो र चिन्ता लिनेलाई धन्यवाद : पूर्वराजा ज्ञानेन्द्र
  • २०८१ आश्विन २०, आईतवार २०:११
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

बडा दशैंको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेले दिए ५०/५० लाख

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version