• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा पूजा गरिँदै


बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा पूजा गरिँदै

सिरहा । आज बडादशैं तथा नवरात्रको तेस्रो दिन, देशभरका दसैं घर र पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना भइरहेको छ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार चन्द्रघण्टा देवीको नाम उनको हातमा रहेको चन्द्रमाको आकारको घण्टाको आधारमा राखिएको हो। देवीको पूजा गर्नुले भक्तजनलाई शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाका अनुसार देवीको आराधनाले दानवीय शक्ति नाश गर्न सकिन्छ।

मार्कण्डेय पुराणमा चन्द्रमा जसको घण्टामा छ, त्यस देवीलाई चन्द्रघण्टा भनी वर्णन गरिएको छ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ, र उनी अत्याचारी दानवहरूको नाश गर्ने देवीका रूपमा परिचित छिन्। देवीको पूजा गर्दा मणिपुर चक्रलाई ध्यान गरिन्छ, जसबाट भक्तजनलाई अद्वितीय शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीको कृपा पाउँदा पापहरूको नाश हुन्छ। देवीको स्वरुप शान्त र करुणामयी छ, जसका कारण गीत–संगीत क्षेत्रमा लागेकाहरू विशेषतः उनीप्रति श्रद्धा व्यक्त गर्दछन्। चन्द्रघण्टा देवीको आराधना गर्दा ललाटमा चमक प्राप्त हुने विश्वास गरिएको छ।

यसअघि बिहीबार नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा सम्पन्न भएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको छ।

नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतजस्ता धार्मिक पाठहरू गरिन्छ। धार्मिक मान्यताअनुसार नवरात्रको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवमीसम्म दुर्गा देवीको विशेष पूजा हुन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म दसैं पर्व मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै
  • २०८१ आश्विन १९, शनिबार १०:०८
  • In "BannerNews"
  • बडा दशैंको तेस्रो दिन सोमबार चन्द्रघण्टा भगवतीको पूजा
  • २०८१ आश्विन १९, शनिबार १०:०८
  • In "देश"
  • नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
  • २०८१ आश्विन १९, शनिबार १०:०८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

नेपाल र भारतमा बाढीबाट जोगिने उपाय खोज्नु पर्नेमा वक्ताहरुको जोड

बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version