• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु


प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु

काठमाडौं। संयुक्त राष्ट्रस.घको मुख्यालयमा जारी महासभाको ७९औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छनन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्।

सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेकाेमा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए।

त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए।

आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसंघको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै छन्।

यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल-खालेद अल-हमद अल-मुबारक अल-सबाहसँग द्विपक्षीय बैठक हुनेछ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

आजै प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरुको भेटलाई महत्वका साथ हेरिएको छ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। उक्त भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।

आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् र सोही अवसरमा आयोजित रात्रिभोजमा सरिक हुनुहुनेछ तालिका छ।

भोलि सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड-फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सोही दिन उनले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्यवक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गु्नेछन्।

मंगलबार विहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनेछन्। सोही दिन दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा उनी र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ।

सोही दिन नै प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमीसँग तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ।

बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ। उनले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्।

सोही क्रममा प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

बिहीबार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ। सोही दिन प्रधानमन्त्री ओली र महासभाका अध्यक्ष फिलिमेन याङबीच बैठक हुनेछ भने प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा विशेष सम्बोधन गर्ने तालिका छ।

असोज ११ गते शुक्रबार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ। त्यस्तैगरी उनी वासिङ्टनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंह, प्रमुख स्वकीयसचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतकुमार राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायत छन्।

प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्किने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत
  • २०८१ आश्विन ६, आईतवार २०:२२
  • In "BannerNews"
  • ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
  • २०८१ आश्विन ६, आईतवार २०:२२
  • In "देश"
  • ऊर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता
  • २०८१ आश्विन ६, आईतवार २०:२२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Next Post

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरामा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन

काठमाण्डौ स्पाइकर्सको ट्यालेन्टहन्ट इभेन्ट सम्पन्न, विजेता घोषित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version