No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

श्रीलङ्कामा वामपन्थी झुकाव भएका उम्मेदवार राष्ट्रपति निर्वाचनको मतगणनामा अगाडि

श्रीलङ्कामा वामपन्थी झुकाव भएका उम्मेदवार राष्ट्रपति निर्वाचनको मतगणनामा अगाडि

जोल गीन्टो

श्रीलङ्काको मतगणनाको प्रारम्भिक आँकडाले देशका वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकले अग्रता लिइरहेको देखाएको छ।

सुरुमा हुलाकबाट पठाइएका मतपत्रहरूको गणना गरेर शनिवार मतदानका क्रममा खसाइएका मतपत्रहरूको गणना गरिनेछ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि गए राति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्हसम्म कायम राखिएको छ।

उक्त निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो।

चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए।

कसले कति मत पाइरहेका छन्

सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिवारको पहिलो चुनाव भएको हो।

दिशानायकले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो।

श्रीलङ्का निर्वाचनमा प्रमुख उम्मेदवारहरू

तस्बिर स्रोत,Getty Images

आइतवार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायकले अग्रता हासिल गरेको देखाएको छ। गणना भएका मतमध्ये उनले ४२ प्रतिशत भोट पाएका छन्। विजेता हुनका लागि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था श्रीलङ्कामा छ।

विपक्षी नेता सजिथ प्रेमदासाले करिब ३२ प्रतिशत मत ल्याएका छन् भने दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १६ प्रतिशत मत ल्याएका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्‌ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। अपदस्थ राष्ट्रपतिका ३८ वर्षीय भतिज नमल राजपक्षले झन्डै ३ प्रतिशत मत पाएका छन्।

कस्ता प्रतिक्रिया आएका छन्?

शनिवारको निर्वाचनमा मत खसाल्न झन्डै एक करोड ७० लाख मतदाता योग्य रहेका थिए।

जित हासिल गर्नु अगावै दिशनायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिङ्घ र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका छन्।

विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल एक्समा प्रारम्भिक परिणामले दिशनायकको प्रस्ट जीतको सङ्केत दिएको बताए।

उनले लेखेका छन्, “राष्ट्रपति रनिल विक्रमसिङ्घको पक्षमा जोडदार ढङ्गले अभियानमा म सहभागी भए तर श्रीलङ्काका नागरिकहरूले निर्णय गरिसकेका छन् र म अरुना कुमारा दिशानायकलाई उनीहरूले दिएको जनादेशको पूर्ण सम्मान गर्छु।”

प्रेमदासालाई समर्थन गरेका सांसद हर्ष डी सिल्भाले आफूले टेलिफोन गरेर दिशनायकलाई बधाई दिएको बताए।

कोलम्बोबाट संसद्‌मा प्रतिनिधित्व गर्ने उनले आफूहरूले जोडतोडले अभियान चलाएको तर अब अनुरा कुमारा दिशनायक राष्ट्रपति बन्ने प्रस्ट भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन सफल नभएको खण्डमा अर्को चरणको गणनाबाट मतदाताको दोस्रो र तेस्रो रोजाइ समावेश गरिनेछ।

श्रीलङ्कामा सन् १९८२ यता भएका आठवटै राष्ट्रपतीय चुनावमा पहिलो चरणकै गणनाबाट विजेता छानिएका छन्। तर अहिलेको निर्वाचनलाई हालसम्मकै कडा प्रतिस्पर्धाको चुनावका रूपमा लिइएको छ।

अनुरा को हुन्?

राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा ५५ वर्षका अनुरा श्रीलङ्काका पहिलो मार्क्सवादी सरकार प्रमुख बन्नेछन्।

सन् २००० बाट उनी निरन्तर सांसद रहँदै आएका थिए। उनी श्रीलङ्काको न्याश्नल पिपुल्स पावर गठबन्धनका नेता हुन् जसमा मार्क्सवादप्रति झुकाव राख्ने उनको दल जभीपी आबद्ध छ।

उनको दलले परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ।

जीभीपीको संसद्‌मा जम्मा तीन सिट रहेको थियो तर गरिब पक्षधर नीति र भ्रष्टाचार विरुद्ध उभिने प्रतिबद्धताले उनलाई लोकप्रिय बनायो।

उनले आफूलाई परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्ने क्रममा सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भङ्ग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

आर्थिक सङ्कटसँग जुझ्ने चुनौती

श्रीलङ्काको एक किराना पसल

तस्बिर स्रोत,EPA

श्रीलङ्काका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र दशौँ लाख मानिसहरूलाई गरिबीबाट पार लगाउने चुनौती हुनेछ।

श्रीलङ्काको आर्थिक सङ्कटले सन् २०२२ मा राजपक्ष परिवारलाई सत्ताबाट बाहिर पुर्‍याएको थियो।

त्यो बेला श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति कमजोर भएको थियो भने उक्त देशले इन्धन लगायत अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन। सार्वजनिक ऋण वृद्धि भएर ८३ अर्ब डलर पुगेको थियो भने मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो।

सर्वसाधारणहरूलाई खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिन भएको थियो।

कैयौँ नीतिगत कमजोरी, कमजोर निर्यात र वर्षौँदेखि कर प्रणालीमा रहेका समस्या लगायतलाई त्यस्तो अवस्था आउनुको कारण मानिएको छ।

त्यसबाहेक कोभिड-१९ महामारीका कारणले पर्यटन क्षेत्र ओरालो लागेपछि अवस्था थप खस्किएको थियो।

तर धेरै जनाले भ्रष्टाचार र अस्तव्यस्तताले त्यस्तो परिस्थिति जन्माएको र त्यसका कारण १० वर्षसम्म सामूहिक शासन गरेका राजपक्ष र उनको परिवारमाथि रोष बढाएको टिप्पणी गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

Next Post
दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेटवार्ता

मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .