• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लेबननमा पेजर विस्फोटन : कैयौँ मानिसको मृत्यु र सयौँ घाइते, हिज्बुल्लाहले लगायो इजरेललाई दोष


लेबननमा पेजर विस्फोटन : कैयौँ मानिसको मृत्यु र सयौँ घाइते, हिज्बुल्लाहले लगायो इजरेललाई दोष

लेबननमा सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने ‘हाते पेजरहरू’ विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको उक्त देशका स्वास्थ्यमन्त्रीले बताएका छन्।

लेबननभरि एकैसाथ विभिन्न स्थानमा ती साना उपकरणहरू पड्किएका थिए। एउटा विस्फोटनमा बेइरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भए। हिज्बुल्लाह सशस्त्र समूहले इरानबाट समर्थन पाउँदै आएको छ।

अधिकारीहरूका अनुसार लेबननभरि २,८०० जना ‍घाइते भएका छन्।

हिज्बुल्लाहले ती पेजरहरू “हिज्बुल्लाह एकाइ र संस्थाका कर्मचारी”सँग रहेको जनाएको छ। विस्फोटनका कारण आफ्ना आठ लडाकुको मृत्यु भएको पनि उसले पुष्टि गरेको छ।

उक्त समूहले इजरेललाई “उक्त आपराधिक आक्रामक कार्य”का लागि दोष लगाउँदै बदला लिने उद्घोष गरेको छ।

पेजर विस्फोटनबारे इजरेली सेनाले भने टिप्पणी गर्न अस्वीकार गरेको छ।

विभिन्न सञ्चारमाध्यमका अनुसार इजरेलको गुप्तचर निकाय मोसादले हिज्बुल्लाहले सञ्चालन गर्ने पेजरमा विस्फोटन गराएको हो।

त्यसैले कसरी विस्फोटन भएको हो भन्ने विस्तृत जानकारी मोसादलाई नै थाहा हुने विश्लेषकहरूले बताएका छन्।

हिज्बुल्लाह-इजरेल तनाव

तस्बिर स्रोत,AFP

तस्बिरको क्याप्शन,हिज्बुल्लाहले पेजर विस्फोटनमा इजरेलको हात रहेको आरोप लगाएको छ

ती विस्फोटन हुनुभन्दा केही घण्टाअघि इजरेलले विस्थापित भएका आफ्ना बासिन्दालाई देशको उत्तरी भागमा सुरक्षित रूपमा फिर्ता गर्न हिज्बुल्लाहको आक्रमण रोक्नु आफ्नो युद्धको लक्ष्य भएको बताएको थियो।

गाजामा इजरेल र हमासबीच गत वर्षको अक्टोबर ७ देखि युद्ध सुरु भएयता इजरेल-लेबनन सीमामा दिनहुँजसो गोली हानाहान हुँदै आएको छ।

हिज्बुल्लाहले इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासलाई आफूले सहयोग गरिरहेको बताएको छ।

दुवै समूहलाई इजरेल, यूके र अन्य कतिपय देशले “आतङ्ककारी सङ्गठन” घोषणा गर्दै प्रतिबन्ध लगाएका छन्।

राष्ट्रसङ्घको चिन्ता

संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले अहिले विकसित घटनाक्रम “अत्यन्तै चिन्ताजनक भएको” बताएका छन्। उनले “विशेष गरी यो अत्यन्त अस्थिर सन्दर्भमा भएको” भन्दै चिन्ता व्यक्त गरेका हुन्।

अनपेक्षित प्रकृति र आकारको घटना भएकाले धेरै लेबननीहरू मङ्गलवार साँझ स्तब्ध र देखिन्थे।

मोबाइल फोन ‘ह्याक’ हुने र त्यसमा गरिएको कुराकानी ‘ट्र्याक’ हुने जोखिमका रहेको भन्दै हिज्बुल्लाहले पेजर प्रयोग गर्दै आएको छ।

तस्बिर स्रोत,Reuters

मङ्गलवार स्थानीय समयानुसार दिउँसो ३ः३० बजे राजधानी बेइरुत र अन्य धेरै क्षेत्रमा पेजरहरूमा विस्फोटन भएको हिज्बुल्लाहले जनाएको छ। पेजरको सङ्ख्या खुल्न सकेको छैन।

एउटा सीसीटीभी फुटेजमा एक व्यक्तिको झोला वा खल्तीमा विस्फोट भएको देखिन्छ।

त्यसपछि ती व्यक्ति भुइँमा लड्छन्। उक्त भिडिओमा पसले र अन्य व्यक्तिहरू सुरक्षित स्थानतर्फ भाग्दै गर्दा ती व्यक्ति पीडामा चिच्याइरहेको देखिन्छ।

अस्पतालहरू अस्तव्यस्त

घण्टौँसम्म पनि घाइते लिएर एम्बुलेन्सहरू अस्पतालतिर कुदिरहेका थिए। लेबननका स्वास्थ्यमन्त्रीले घाइतेमध्ये २०० जना गम्भीर अवस्थामा रहेको बताएका छन्।

कैयौँका आफन्तहरू आफ्ना प्रियजनको अवस्थाबारे जानकारी लिन अस्पतालबाहिर पर्खिरहेका थिए।

बेइरुतको अश्रफिहस्थित एलएयू मेडिकल सेन्टरले घाइतेहरूको भिड लागेपछि अस्पतालको मुख्यद्वार बन्द गरेको थियो र अस्पताल पस्ने मानिसको सङ्ख्यालाई सीमित पारिदिएको थियो।

“यो अतिसंवेदनशील छ र केही दृश्य भयानक खालका छन्,” उक्त सेन्टरका एक कर्मचारीले बीबीसीसँग भने।

धेरैजसो घाइतेहरूको कमर, अनुहार, आँखा र हातमा चोट लागेको थियो। “धेरै घाइतेले औँला गुमाएका छन् र कतिले त सबै आफ्ना औँलाहरू गुमाएका छन्,” उनले भने।

इरानी राजदूत घाइते

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएकाले अस्पतालमा चाप परेको थियो

लेबननका लागि इरानी राजदूतकी पत्नी मोज्ताबा अमानीले आफ्ना पति “सामान्य” घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको बताएकी छन्।

लेबननका प्रधानमन्त्रीले उक्त आक्रमण इजरेलले गरेको आरोप लगाएका छन्। उनले त्यसलाई “लेबननको सम्प्रभुता र सबै किसिमले अपराध” भनेका छन्।

इरानका विदेशमन्त्रीले आफ्ना लेबननी समकक्षीलाई सन्देश “इजरेली आतङ्कवाद”को कडा शब्दमा निन्दा गरेको बताएका छन्।

इजरेलको निकट सहयोगी राष्ट्र अमेरिकाले उक्त घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ र इरानलाई तनाव नबढाउन आग्रह गरेको छ।

मङ्गलवार साँझ इजरेली सेनाले जारी गरेको विज्ञप्तिमा उक्त पेजर आक्रमणबारे केही पनि उल्लेख गरिएको छैन।

हिज्बुल्लाह के भन्छ

हिज्बुल्लाको सञ्चार कार्यालयले आठ लडाकुको मृत्यु भएको र उनीहरूले “जेरुसलेम जाने बाटोमा हुँदा शहादत प्राप्त गरेको” जनाएको छ। उसले स्थान र परिस्थितिबारे तथा पेजरहरूमा कसरी विस्फोटन भयो भन्ने केही पनि बताएको छैन।

हिज्बुल्लाहसँग निकट एक स्रोतले समाचारसंस्था एएफपीलाई बताएअनुसार मृतकमध्ये हिज्बुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षे छोरी पनि छन्।

छिमेकी देश सिरियामा पनि पेजर विस्फोटनमा परेर १४ जना घाइते भएको सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ।

विस्फोटन कसरी भएको हुन सक्छ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,पेजरमा विस्फोटक पदार्थ राखिएको आशङ्का गरिएको छ

वाल स्ट्रीट जर्नलले एक स्रोतलाई उद्धृत गर्दै विस्फोटन भएका पेजरहरू केही समयअघि मात्र हिज्बुल्लाहलाई आपूर्ति गरिएको जनाएको छ। हिज्बुल्लाहका एक अधिकारीले उक्त पत्रिकालाई बताएअनुसार विस्फोटन हुनुअघि ती पेजरहरू निकै तातेका थिए।

लिथिअम ब्याट्री धेरै तात्दा आगलागी हुन सक्छ। तर विज्ञहरूले पेजर ह्याक गरेर त्यसलाई धेरै तातो बनाउँदा प्रायः विस्फोटन नहुने बताएका छन्।

विस्फोटक पदार्थका एक भूतपूर्व विशेषज्ञले पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अतिविस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। ती ब्रिटिश विशेषज्ञले आफ्नो नाम उल्लेख गर्न चाहेनन्।

फ्रान्सिस माओको थप रिपोर्टिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लेबननमा विस्फोटनपछि सबैखाले विद्युतीय उपकरणको सुरक्षामा आशङ्का
  • २०८१ आश्विन ३, बिहीबार ००:०६
  • In "BannerNews"
  • इजरेल-लेबनन सीमा क्षेत्रमा तनाव चर्कियो, बेइरुतको आकाशमा धुवाँको मुस्लो
  • २०८१ आश्विन ३, बिहीबार ००:०६
  • In "BannerNews"
  • हिज्बुल्लाहका सञ्चार उपकरण विस्फोटनबारे अनुत्तरित प्रश्न
  • २०८१ आश्विन ३, बिहीबार ००:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

मेलामा महिला नर्तकी नचाउन पाउनुपर्ने भन्दै जनकपुरमा प्रहरी र स्थानीयबासी बिच झडप अवस्था तनावग्रस्त

आज संविधान दिवस : कतै कालो,कतै उज्यालो दिन

लहानका नगर प्रमुख चौधरीद्वारा द्वन्द्व पीडितलाई अपमान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version