• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा

एजेन्सी
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएपछि तिहाड जेलबाट रिहा भएका छन्। रिहा हुने क्रममा उनका समर्थकहरूले उनलाई भव्य स्वागत गरे। जेलबाट बाहिर आएपछि केजरीवालले आफू निर्दोष भएको र सत्यको जित भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिएका छन्।

केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको हो। अदालतले उनलाई मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत प्रदान गरेको हो। अदालतको आदेश अनुसार, केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने छ। न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले यो मुद्दाको सुनुवाइ गरेको थियो, जसको फैसला सेप्टेम्बर ५ मा सुरक्षित राखिएको थियो।

केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गरेका थिए, जसमध्ये पहिलो याचिका जमानत नदिने निर्णयको बिरुद्ध थियो। दोस्रो याचिका सीबीआईको गिरफ्तारीलाई चुनौती दिने सम्बन्धमा दायर गरिएको थियो। सीबीआईले उनलाई प्रवर्तन निर्देशनालय ९ईडी० को हिरासतमा रहेका बेला पक्राउ गरेको थियो।

मार्च २०२४ मा ईडीले केजरीवाललाई मदिरा नीति मुद्दामा पक्राउ गरेको थियो। त्यसपछि, जुलाई १२ मा सर्वोच्च अदालतले उनलाई ईडी मुद्दामा जमानत दिएको थियो। तर, यसअघि नै सीबीआईले उनलाई जुन महिनामा पक्राउ गरेकाले उनी जेलबाट रिहा हुन सकेका थिएनन्। लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा केजरीवाललाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्म अन्तरिम जमानत दिएको थियो।

यसै प्रकरणमा, दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि हालै जमानत पाएका छन्। उनी १७ महिनापछि जेलबाट रिहा भएका हुन्। यसअघि सञ्जय सिंह पनि धरौटीमा छुटेका थिए।

आम आदमी पार्टीले भाजपालाई केन्द्रीय एजेन्सीहरूको दुरुपयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपमा फसाएको आरोप लगाउँदै आएको छ। तर, भाजपाले भने कानुनको अगाडि सबै समान रहेको भन्दै यस्ता आरोपहरूको खण्डन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चार महिनापछि जेलबाहिर
  • २०८१ भाद्र २८, शुक्रबार २०:४५
  • In "देश"
  • दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
  • २०८१ भाद्र २८, शुक्रबार २०:४५
  • In "अन्तराष्ट्रिय"
  • जागिरको बदलामा जमिन मुद्दामा लालुप्रसाद यादव र उनका छोराहरू धरौटीमा रिहा
  • २०८१ भाद्र २८, शुक्रबार २०:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

एमाले साना पार्टी सक्ने खेलमा : माधव नेपाल

समाचारकै कारण पत्रकारमाथि मुद्दा हाल्नुे प्रहरीलाई छानबिन गरी कारवाही हाेस: साँसद चौधरी

सीताराम यचुरी: भारतीय बामपन्थी राजनीतिका ‘सीता’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version