• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कसरी दिने बालबच्चालाई यौन परामर्श ?


कसरी दिने बालबच्चालाई यौन परामर्श ?

हामीकहाँ खुलेर यौनबारे चर्चा गर्ने अभ्यास छैन । यौनलाई लाज वा छाडा विषयको रुपमा लिइन्छ । त्यसैले एकअर्कासँग यौनबारे चर्चा गर्दा पनि हामी भित्रभित्रै डर र लाजले खुम्चिन्छौं ।

जबकि हामो जीवनसँग अभिन्नरुपमा जोडिएको विषय हो, यौन । यद्यपि यसप्रतिको बुझाइ एवं सोचाइ नै स्पष्ट नहुँदा हामी अल्मलिएका छौं । एकातिर समाजमा बलात्कार वा यौन हिंसा बढ्दो छ, अर्कोतिर हामी यौनबारे खुला बहस गर्न धक मान्छौं । समस्या यहीँबाट सुरु भएको छ ।

हरेकको मनमा यौनबारे अनेकन जिज्ञासा हुन्छ । यौनमा हरेकको चासो र सरोकार रहन्छ । तर त्यसलाई खुला रुपमा व्यक्त गर्न वा बहस गर्न नसक्दा हामीमा भित्रभित्रै यौन कुण्ठा पलाउँछ । यसैले हो यौनलाई विकृत बनाउने।

यौनका सम्बन्धमा सही शिक्षा एवं जानकारी दिइएन भने त्यसले यौन विकार बढाउँछ । त्यसैले आफ्ना बालबच्चालाई यौनका विषयमा सही जानकारी गराउनु आवश्यक छ । यौन, यौनाङ्ग, प्रजनन स्वास्थ्य आदिबारे उनीहरूलाई स्पष्ट रुपमा जानकारी गराउनु उपयुक्त हुन्छ ।

यौनाङ्गको विकास एवं परिवर्तनसँगै हुने विभिन्न शरीरिक उथलपुथलबारे बच्चालाई मानसिक रुपमा तयार राख्नुपर्छ। यौनाङ्गको परिवर्तनलाई लिएर बच्चाहरूमा भय वा भ्रम पैदा नहोस् । मासिकस्रावको बेला उनीहरू हतास नहोऊन् भन्नको लागि। यस्ता प्राकृतिक प्रक्रियाबारे उनीहरूलाई समयमै जानकारी दिलाउनुपर्छ ।

सामान्यत ७-८ वर्षको उमेरमा बच्चाहरू कुरा बुझ्ने भइसकेका हुन्छन् । उनीहरूलाई यही समयमा यौन-परामर्श दिन उपयुक्त हुन्छ। हुन त बच्चाहरूले कतिपय प्रश्न सोध्न सक्छन्, जो यौनसँग सम्बन्धित हुन सक्छ । त्यस्ता प्रश्नसँग पन्छिने होइन, बरु सत्य/तथ्य खोजेर बुझ्ने ढंगले त्यसको जानकारी दिनुपर्छ ।

बच्चालाई निश्चित उमेरपछि मासिक श्राव हुन्छ, त्यो भनेको सामान्य प्रक्रिया हो भनेर बुझाउनुपर्छ । साथसाथै के पनि बुझाउनुपर्छ भने, मासिक श्रावको बेला के गर्ने ? के नगर्ने ? कसरी सावधानी अपनाउने भन्ने कुरामा उनीहरूलाई मानसिक रुपले तयार राख्नुपर्छ ।

किनभने मासिक श्राव कुनैपनि बेला हुन सक्छ । विद्यालयमा खेलिरहेको बेला, पढिरहेको बेला । त्यसैले ती अवस्थामा के गर्ने भनेर अभिभावकले पूर्वतयारी अपनाउनुपर्छ ।

यौनाङ्गमा हुने परिवर्तन, स्तनको आकार बढ्ने, रौं आउने जस्ता प्रक्रिया बारे पनि बच्चालाई जानकारी दिनुपर्छ ।

अक्सर बच्चाहरूले आफू परिपक्क हुँदै गएको भेउ पाउँदैनन् । तर कति बयस्क व्यक्तिहरू उनीहरूसँग नजिकिने, छुने, चलाउने गर्न सक्छन् । आफ्ना यौनकुण्ठा मेट्नका लागि बच्चाहरूसँग नजानिँदो ढंगले नजिकिने, विभिन्न प्रलोभन देखाउने प्रवृत्ति देखिन्छ । यस्ता व्यक्तिहरूको नियत खराब हुन सक्छ भनेर पनि बच्चालाई सचेत गराउनु आवश्यक छ ।

अलि किशोरवयमा पुगेपछि छोराछोरी विपरीत लिङ्गीप्रति आकर्षित हुन्छन्, यो स्वभाविक प्रक्रिया हो । यद्यपि यसबेला उनीहरूले आफ्नो होस् गुमाउन सक्छ वा उनीहरूमाथि यौन दुर्व्यवहार हुन सक्छ । त्यसैले किशोरवयमा पुगेका छोराछोरीलाई यस्ता कुरामा सर्तक गरानुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’
  • २०७७ श्रावण २८, बुधबार १२:४२
  • In "स्वास्थ्य"
  • आफ्ना छोराछोरीलाई यौन शिक्षा कुन उमेरमा दिनुपर्छ ?
  • २०७७ श्रावण २८, बुधबार १२:४२
  • In "शिक्षा"
  • महिलाले जीवनसाथीबाट कस्तो यौन–व्यवहार रुचाउँछन् ?
  • २०७७ श्रावण २८, बुधबार १२:४२
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?

कलेजो बिग्रिएको कसरी थाहा पाउने ? यस्ता छन् ५ संकेत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version