• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अवामी लिगका २० नेता र तिनका परिवार समेत २९ जनाको लाश भेटियो


अवामी लिगका २० नेता र तिनका परिवार समेत २९ जनाको लाश भेटियो

काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कम्तिमा २० नेता तथा उनीहरूको परिवारसा सदस्यहरू समेत गरी २९ जनाको लाश फेला परेको छ ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाको पार्टी अवामी लिगका नेताहरु प्रदर्शनकारीको आक्रोशको सामना गरिरहेका छन् । अवामी लिगका २० नेताको शव फेला परेको छ । यी नेताका परिवारका सदस्यको पनि शव फेला परेको छ । धेरै पार्टीका नेता तथा कार्यकर्ताको घर तथा व्यापारिक प्रतिष्ठानमा तोडफोड र लुटपाट भइरहेको छ ।

बंगलादेशको सतखीरामा भएको हिंसामा १० जनाको मृत्यु भएको छ । कुमिल्लामा ११ जनाको ज्यान गएको छ भने बंगलादेशका पूर्व काउन्सिलर मोहम्मद शाह आलमको तीन तले घरमा प्रदर्शनकारीले आगजनी गर्दा छ जनाको ज्यान गएको छ ।

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि उनका पूर्व मन्त्रिपरिषद्का मन्त्रीहरु एक एक गरी भाग्न थालेका छन् । बंगलादेशका पूर्व विदेशमन्त्री हसन महमूदलाई ढाका विमानस्थलबाटै पक्राउ गरिएको छ । उनी भारतको उडानमा चढ्न गएका थिए । त्यसपछि उनलाई हिरासतमा लिइयो।

बंगलादेशमा कु हुनुअघि नै शेख हसिनाको पार्टी अवामी लिगका धेरै शीर्ष नेता र पूर्व मन्त्रीहरुले देश छोडिसकेका थिए । अवामी लिगका महासचिव तथा सडक यातायात मन्त्री अब्दुल कादेर आइतबार राति नै देश छोडेर भागेका थिए । यससँगै हसिनाको सरकारमा मन्त्री रहेका अनिसुल हक पनि हसिनाको राजीनामा अघि नै देश छाडेर अज्ञात ठाउँमा गएका थिए ।

बंगलादेश प्रहरी सेवा संघ (बिपीएसए)ले मंगलबार हडतालको घोषणा गरेको छ । उनीहरूले प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताए । बंगलादेशमा सोमबार ४०० भन्दा बढी प्रहरी चौकीमा हमला भएको थियो । यस अवधिमा धेरै प्रहरी मारिए।

शेख हसिनाले नियुक्त गरेका बंगलादेशका प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुनलाई मंगलबार राति बर्खास्त गरिएको छ । सार्वजनिक प्रशासन मन्त्रालयले मंगलबार ट्राफिक तथा ड्राइभिङ स्कुलका कमाण्डेन्ट मोहम्मद मैनुल इस्लामलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने घोषणा गरेको डेली स्टारले जनाएको छ । बर्खास्त गरिएका आईजीपी अल मामुन करारमा थिए । उनले दुई वर्षअघि अवकाशको उमेर पूरा गरेकाले अघिल्लो सरकारले उनको सेवा विस्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विस्थापित शेख हसिनाको पहिलो सन्देश, टापु नदिँदा अमेरिकाले आफूलाई हटाएको आरोप
  • २०८१ श्रावण २३, बुधबार २२:०५
  • In "BannerNews"
  • हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता
  • २०८१ श्रावण २३, बुधबार २२:०५
  • In "BannerNews"
  • बंगलादेशमा प्रदर्शनकारीद्वारा होटलमा आगजनी, २४ जनाको मृत्यु
  • २०८१ श्रावण २३, बुधबार २२:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

बंगलादेशमा प्रहरी नै आन्दोलनमा, आफ्नै सुरक्षाको माग गर्दै सुरु गरे हडताल

शपथग्रहणअघि बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने–अदभूत देश बनाउनु छ, सबै शान्त हुनुस्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version