• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कामनै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस !


कामनै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस !
मुकेश कुमार यादव

सिरहा । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमत्तोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिकोलागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ।

जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडकवती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाईएको हो।

आर्थिक वर्ष २०८०÷०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यकोलागी १० लाख रुपैयाँ बिनियोजन गरिएको थियो।

असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसंग २० प्रतिशत कमिशनमा कोटेसन मार्फत काम गराएको एक व्यबसायीले नै बताए। यो मात्र होईन अरुपनि योजनाहरु सम्पन्न नगरी उनले कार्यसम्पन्नताको सिफारिस दिनुलेपनि वडा अध्यक्ष र व्यसायीविच आर्थिक सेटिङको पुष्टि हुन्छ।

वडा अध्यक्ष यादवले कमिशनकै लागि अन्तिम समयमा योजना संशोधनगरी कोटेशनमा काम गराएको वडा नम्वर ४ का रविन्द्र साहले बताए। उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो। यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ।’

काम सम्पन्न नगरी व्यसायीसँगको मिलेमत्तोमा भुक्तानीको लागि कार्यसम्पन्नताको सिफारिसदिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन्।

सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेशनमा लागाएको छ। कोटेशनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भईनसक्दै उनले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ।

तर, वडा अध्यक्ष यादवले काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए। उनले सामाजिक सञ्जालमा, ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत, मध्ये यस आथिर्क मशान्त मा २ वटा को रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, धन्यवाद छ नगर प्रमुख ज्यु र तपाई को असल प्रशंसनिय कार्य लाई।’

यता, सडक वत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जनाए। प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ, तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्ने बताए।

काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ? भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसिले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिसदिनु नै गैर कानुनी हो। वडाले सिफरिस गरेको छ भन्ने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको हो।’

वडाले १० लाखको लागतमा १६० थान सडकवती जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाएको छ। उनले, ‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्विकार गरेका छन्। काम अहिलेपनि जारी नै छ। ठेक्केदारलाई छिटै सकाउन भनेको छु।’

काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दाँ वडा अध्यक्ष यादवले रकम निकासा नभएको दावी गरे। उनले, ‘रकम निकासा गरीएको छैन। समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफरिस गरी फाईल १८ नम्वरमा राखिएको उनको जिकिर छ।’

असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भैईसकेको योजनाको फाईल १८ नम्वरमा जाने गरेको जानकारहरु बताउँछन्। तर काम नै नगरेको फाईल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको भनाई छ।  न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गाउँपालिका अध्यक्ष यादवले सार्वजनिक जग्गा गरे व्यक्तिको नाममा सिफारिस
  • २०८१ श्रावण २३, बुधबार २०:२२
  • In "BannerNews"
  • नबराजपुर गाउँपालिकामा कामै नगरि रकम निकासा
  • २०८१ श्रावण २३, बुधबार २०:२२
  • In "मधेश प्रदेश"
  • आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि
  • २०८१ श्रावण २३, बुधबार २०:२२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

Next Post

पालिकाका अध्यक्ष विरुद्ध पत्रकारहरुले दिए प्रहरीमा जाहेरी

बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि

ट्रम्पको हत्याको षड्यन्त्र गरेको आरोपमा एक पाकिस्तानी नागरिक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version