• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम


अतिवादी निसानामा हिन्दु,जोगाउँदै मुस्लिम

काठमाडौँ । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेको केही घण्टामा बंगलादेशको राजधानी ढाकामा रहेका एक हिन्दु युवा अविरुप सरकारलाई उनकी दिदीले फोन गरिन ।

९० प्रतिशत मुस्लिम बाहुल्य रहेको अविरुपको परिवार बङ्गलादेशमा बस्छन् । राजधानी ढाकाबाट १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा  उनीहरूको घर छ ।

अविरुपकी दिदी फोनमा निकै आतङ्कित सुनिएकी थिइन् । उनका श्रीमानको निधन भइसकेको थियो । दिदीको परिवार संयुक्त रुपमा बस्ने ठुलो परिवार रहेको अविरुपको भनाई छ ।

‘दिदी डराइरहेकी थिइन् । उनले आफ्नो घरमा भीडले हमला र लुटपाट गरेको बताइन,’ अविरुप भन्छन् । अविरुपका अनुसार उनकी दिदीले लाठी डन्डा बोकेको करिब सय जनाको भीड उनको घरमा पसेर फर्निचर, टेलिभिजन, बाथरुम फिटिङ र घरको ढोकाहरू फोडिदियो । निस्किनुअघि भीडले घरमा राखिएको सारा पैसा, गहना लुटेर लग्यो । तर, १८ जना घरका सदस्यलाई भने कुनै कुटपिट गरेन । घरमा १८ मध्ये ६ जना बालबालिका पनि थिए ।

भीडले निस्कने बेला चिल्लाएर ‘तिमिहरू आवामी लिगको वंशज हौं । तिमिहरूकै कारण देशको हालत खराब भएको छ । तिमिहरूले देश छाड्नुपर्छ’ भनेर गयो ।

हिन्दु किन निशानामा ?

अविरुपले यो घटनाका कारण आफूलाई धक्का लागे पनि हैरान भने नभएको सुनाए । बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुलाई आम तवरले हसिनाको पार्टी आवामी लिगकै समर्थक मानिने अविरुप बताउँछन् । यही कारण हिन्दुमाथि इस्लामिक देश चाहने अक्सर विरोधी समूह आक्रमण गर्छन् ।

हसिनाले देश छाडे पनि सामाजिक सञ्जालमा हिन्दुको सम्पत्ति र मन्दिरमा हमला जोडिएका खबरको बाढी नै आइरहेको छ । भारतका विदेश मन्त्री एस जयशंकरले ६ अगस्टमा भारतीय संसदमा नै यस विषयमा बोलेका छन् ।

जयशंकरले भनेका छन्,‘सबैभन्दा बढी चिन्ताजनक कुरा बङ्गलादेशमा बसोबास रहेका अल्पसङ्ख्यकको छ । उनीहरूका पसल र मन्दिरमाथि धेरै ठाउँमा हमला भएको जानकारी प्राप्त भएको छ । यद्यपि अहिले यसबारेमा पूरा जानकारी मिलेको छैन ।’

यस्तोमा यो सबै घटनाका बिचमा कैयौँ मुस्लिम युवाहरू नै हिन्दमाथिको यो बर्बरताविरुद्ध र धार्मिक संस्थाको रक्षाका लागि अगाडि आएका छन् । अविरुपले बिबिसी हिन्दीलाई भनेका छन्,‘बङ्गलादेशी हिन्दु सहजै निशाना बन्छन् । जब जब आवामी लिग सत्ता गुमाउँछ, हिन्दुमाथि हमला हुन्छ ।’

यसपटक अविरुपकी दिदीमाथि आक्रमण भए पनि यो पहिलो पटक भने नभएको अविरुप बताउँछन् । सन् १९९२ मा जब भारतको अयोध्यामा बाबरी मस्जिदमाथि विध्वंस भयो, त्यो बेला अविरुपकी दिदीको घरमा तोडफोड भएको थियो । त्यसको एक दशकसम्म पनि कैयौँ पटक हिन्दुमाथि आक्रमण भएका छन् ।

मुस्लिम गर्दै छन् हिन्दुको रक्षा 

बंगलादेशको एक मानवअधिकारवादी समूह एनओ सलिस केन्द्रको आँकडाअनुसार जनवरी २०१३ देखि सेप्टेम्बर २०२१ को बिचमा हिन्दु समुदायमाथि तीन हजार ६७९ हमला भएका छन् । यसमा तोडफोड, आगजनी र निशाना बनाएर कैयौँ हिंसा गरिएका घटना सामेल छन् ।

२०२१ मा दुर्गा पूजा भइरहेका बेला हिन्दु अल्पसङ्ख्यकको घर र मन्दिरमाथि हमला भएपछि मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले भनेको थियो,‘बङ्गलादेशमा पछिल्ला कैयौँ वर्षमा व्यक्तिमाथि लगातार हमला, साम्प्रदायिक हिंसा र अल्पसङ्ख्यकको घर र पूजा स्थललाई बरबाद गर्ने किसिमका घटना देखिइरहेका छन् । यी घटनाको न्यूनीकरण गर्न राज्य आफ्नो दायित्व पूरा गर्न विफल भइरहेको छ ।’

सोमबार अविरुप सरकारको परिवारका अन्य सदस्यले पनि हिंसाको सामना गर्नुपरेको छ । यद्यपि ढाकाबाट करिब १२० किलोमिटर टाढा किशोरगंजमा उनका आमाबुबाको घरलाई भने बचाइएको छ । यसको कारणबारे बोल्दै अविरुप भन्छन्,‘हाम्रो परिवार त्यहाँ प्रतिष्ठित परिवार हो । यस्तै छरछिमेकमा हामी सबैलाई चिन्दछौं ।’ अविरुपका अनुसार उनकी आमा एक विद्यालय चलाउँछिन् । उनको व्यापारिक साझेदारले फोन गरेर आक्रमणकारी समूह आक्रमण गर्ने हिन्दुहरूको सम्पत्तिको सूची बनाइरहेको जानकारी दिएका थिए । साझेदारले सचेत पार्दै भनेका थिए,‘तपाईंको नाम त्यो सूचीमा त छैन, तर अलि ख्याल राख्नुहोला ।’

त्यसपछि अविरुपका बुबाले एक सानो भीड आफ्नो घरबाहिर फलामको गेटमा जम्मा भइरहेको देखेपछि परिवारलाई भित्र बन्द गरिदिए । ‘बुबाले कसैले भनेको सुन्नुभएको रहेछ । त्यहाँ नजानु, त्यहाँ केही नगर्ने हो,’ अविरुपले भने । त्यसपछि भीड आफै तितरबितर भयो । तर, केही दूरी अगाडि किशोरगंजको नोगुआ इलाकामा हिन्दुको घरमा लुटपाटको खबर आएको उनले बताए ।

अविरुप भन्छन्,‘मैले सुनेअनुसार त्यहाँ २०–२५ घरमा हमला गरिएको छ । मेरो हिन्दु साथीको सुनको पसलका ढोका तोडी भित्र पसेर सबै गहना लुटिएको छ । यद्यपि तिजोरी तोड्न र लुटेर लैजान नसकेका रहेछन् ।’

अगाडि के हुन्छ ?

ढाकाबाट करिब दुई सय किलोमिटर उत्तर शेरपुर जिल्लाको एक टोलमा अविरुप सरकारकी श्रीमतीको घर पनि खतरामा थियो । यद्यपि उनको घरमा भने आक्रमण भएको छैन । तर भीडले छिमेकी एक हिन्दुको घरमा भने लुटपाट गरेका छन् । राम्रो पक्ष के भने हिंसाको खबर फैलनासाथ स्थानीय मुस्लिमले हिन्दु घर र मन्दिरलाई चारैतर्फबाट सुरक्षा घेरा हालेर बचाएका छन् । ‘पूरै बङ्गलादेशमा यही भइरहेको छ, मुसलमानले हिन्दुको सम्पत्ति रक्षा गरिरहेका छन्,’ अविरुप भन्छन् ।

तर जोखिम भने कम भएको छैन । सोमबार राति हुनासाथ ढाकामा अविरुप सरकारको १० तले अपार्टमेन्टको बाहिर भीड जम्मा हुन सुरु भएको थियो ।अविरुप आफ्नी श्रीमती र छोरीका साथ त्यहाँ बस्छन् ।

त्यो भीड त्यो भवनमा रहने आवामी लिगका एक काउन्सेलरको खोजीमा त्यहाँ जम्मा भएको अविरुपलाई लागेको थियो ।

‘म छैठौं तलाको बालकोनीमा आएर हेर्दा भीड भवनमा पत्थरले हानिरहेको र ढोका तोड्ने कोसिस गरिरहेको थियो,’ अविरुप भन्छन्,‘ढोका राम्रैसँग बन्द थियो, यस कारण भीड भित्र आउन पाएन । पार्किङमा राखिएका केही गाडी र झ्यालका सिसामा नोक्सान पुगेको देखिन्छ ।’

उता अविरुपकी दिदीले उनको परिवारलाई अझै पनि आक्रमणको डर रहेको सुनाएकी छन् । अविरुपले  सेनामा रहेको आफ्नो साथीलाई फोन गरेर अपिल पनि गरेका छन् सैन्य गाडीले आसपास गस्ती गरिदेओस् ।

‘यो एकदमै पीडादायक समय छ । यहाँ केही कानुनी व्यवस्था छैन । र, हामीलाई फेरी निशाना बनाइरहेको अवस्था छ,’ अविरुपको दुखेसो छ । बिबिसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा भइरहेको हिन्दूमाथिको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन
  • २०८१ श्रावण २३, बुधबार १४:३२
  • In "थप"
  • १७ वर्षकी चर्चित टिकटक स्टारको गोली हानी हत्या
  • २०८१ श्रावण २३, बुधबार १४:३२
  • In "BannerNews"
  • मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको घरमा पसेर कुटपिट गरे
  • २०८१ श्रावण २३, बुधबार १४:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

बलात्कारबारे सर्वोच्चको ऐतिहासिक व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

कामनै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version