• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बंगलादेशमा अन्तरिम सरकार बन्ने सेना प्रमुखको घोषणा, सेनामाथि विश्वास गर्न आग्रह


बंगलादेशमा अन्तरिम सरकार बन्ने सेना प्रमुखको घोषणा, सेनामाथि विश्वास गर्न आग्रह

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको त्यहाँका सेना प्रमुखले पुष्टी गरेका छन् । उनले अब देश संचालनका लागि अन्तरिम सरकार बन्ने बताएको त्यहाँको प्रमुख अखबार प्रथम आलोले जनाएको छ ।

प्रधानसेनापति जनरल वकार–उज–जमानले देशवासीको नाममा सम्बोधन गर्दै अहिले देशमा राजनीतिक संक्रमणकाल चलिरहेको बताएका छन् । उनले अन्तरिम सरकार बन्ने बताए । उनले जारी प्रदर्शनका क्रममा ज्यान गुमाउने र घाइतेले न्याय पाउने बताउँदै भने ‘सबै हत्याको न्याय हुनेछ। सेनामा विश्वास गर्नुहोस्।’

देशवासीका नाममा सम्बोधन गर्दै सेना प्रमुखले भने ‘देशमा शान्ति सुव्यवस्था कायम होस् । तपाई मलाई विश्वास गर्नुहोस्, हामी सँगै काम गरौं। कृपया सहयोग गर्नुहोस्। लडाइँ गरेर केही पाउने छैनौं । द्वन्द्वबाट बच्नुहोस्। हामीले मिलेर सुन्दर देश बनाउनेछौं ।’

देशकी प्रधानमन्त्री शेख हसिनाले यसअघि नै देश छाडेकी छिन् । विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकै १०० भन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्रीले देश छाडेकी हुन् । प्रदानमन्त्रीले देश छाडेसँगै प्रदर्शनकारीहरूले प्रदानमन्त्री निवास बंगभवन र राष्ट्रपति निवास गणभवन कब्जा गरेका छन् ।

प्रदर्शनकारीहरूले हसिनाको राजीनामाको माग गरिरहेका थिए । बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।

त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

बीबीसीका अनुसार शेख हसिना बंगलादेशको प्रधानमन्त्री पद त्यागेर भारतको अगरतला सहर गएकी छिन् ।  हसिना सन् २००९ देखि बंगलादेशकी प्रधानमन्त्री थिइन् ।

यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ । शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन् । उनले त्यो मौका पाइनन् ।

यसअघि बंगलादेशमा जुलाई महिनादेखि नै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग छन् ।

हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।

यसमा सरकारको कर नतिर्न जनतालाई अपिल गरिएको थियो । रिपोर्टका अनुसार हजारौं आन्दोलनकारीले प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा ढुंगामुढा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बंगलादेशका विद्यार्थीले भने: सेनाले नेतृत्व गरेको सरकार स्वीकार गर्दैनौँ
  • २०८१ श्रावण २१, सोमबार १९:४५
  • In "BannerNews"
  • शपथग्रहणअघि बंगलादेशको अन्तरिम सरकार प्रमुखले भने–अदभूत देश बनाउनु छ, सबै शान्त हुनुस्
  • २०८१ श्रावण २१, सोमबार १९:४५
  • In "BannerNews"
  • बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि
  • २०८१ श्रावण २१, सोमबार १९:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मिडिया काउन्सिल विधेयकमाथि मंगलबार दफावार छलफल हुने

फेसबुक ह्याकगरी ब्ल्याकमेल गर्ने एक जना पक्राउ

गाली बिद्रोहले प्रधानमन्त्री नै लखेटिइन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version